‘सेतो धरती’ का अमर न्यौपाने सिड्नीमा 

-- The NTA / प्रकाशित मिति : बुधबार, साउन ५, २०७३
seto dharti amar neupaneमदन पुरस्कार विजेता ‘सेतो धरती’ पुस्तकका चर्चित लेखक अमर न्यौपाने यति बेला अस्ट्रेलिया भ्रमणमा हुनुहुन्छ ।  अस्ट्रेलियाका भिन्न शहरहरुमा छुट्टा छुट्टै अन्तरक्रिया एबम साहित्यिक माहोलहरुमा सहभागी हुदै आउँदो २३ जुलाईका दिने न्यौपानेले सिड्नीका आफ्ना पाठक र साहित्य प्रेमी बिच समय बिताउदै हुनुहुन्छ ।
उहाँले लेखेका बहुचर्चित उपन्यासहरूबीच रहेर अन्तर्किया एबम कविता बचन सहित हुने उक्त कार्यक्रमको आयोजना नेपाली पत्र अस्ट्रेलिया र साताको साहित्यले संयुक्त रुपमा गरेको हो । यदि तपाई सिड्नी वा सिड्नी वरपर हुनुहुन्छ भने यो अवसर नछुटाउनका लागि आयोजकले अनुरोध गरेको छ । कार्यक्रम  ५५२ प्रिन्सेस हाइवे, रकडेलमा  २३ जुलाई शनिवार  दिउसो ३ः३० बजेबाट हुदैछौ ।
दिउसोको उक्त कार्यक्रम पश्चात सोहि साँझ साहित्यक माहोलका बीच नै  अमर न्यौपानेको बिशेष उपस्थितिमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलिया एनएसडब्लुले एक रात्रीभोजको कार्यक्रम आयोजना गरेको छ ।  युवा लेखक सँगको यो भेटघाटमा सहभागी हुनका लागि पनि आयोजक अनेसासले नेपाली साहित्यलाई माया गर्ने सबै नेपाली दाजु-भाई दिदि-बैनिहरुलाई बिशेष अनुरोध गरेको छ ।  रात्रीभोज १८ मार्केट स्ट्रीट, रकडेलमा बेलुका ६ बजे देखि शुरु हुने जनाइएको छ ।