दिल तामाङको ‘ज्यान खाने माया’ सार्वजनिक 

-- The NTA / प्रकाशित मिति : बिहिबार, साउन ६, २०७३
dil tamangअष्ट्रेलियालाई कर्मभूमि बनाएर संगीत साधनामा सक्रिय दिल तामाङले हालै “ज्यान खाने माया”  बोलको गीत र म्युजिक भिडियो सार्बजनिक गरेका छन् । अष्ट्रेलिया को सिड्नी वरपर छायान्कन गरिएको उक्त म्युजिक भिडियोको गीत राजन राज शिवाकोटीको शब्द संगीत र  बिशाल गुरुङको संगीत सम्योजन दिल तामाङ आफ्नो मिठास स्वर दिएका छन् ।  सिड्नी मै रहेका अर्का प्रतिभा संगीतकार किरण भण्डारीले यस गीतलाई अतिनै फरक शैलीमा र समसामयिक कथा सहितको म्युजिक भिडियोको रुपमा निर्देशन गरेका हुन् । अमित सेन्चुरीको छायांकन रहेको उक्त भिडियोमा आभास सिम्खडा  र सरस्वती लामाको बेजोड अभिनय रहेको छ । गायक दिल तामाङ र निर्देशक किरण भण्डारी बिदेशमा रहेर पनि यसरी नेपाली गीत संगीतलाई  निरन्तरता दिन पाएकोमा र सबैको माया सल्लाहा सुझाब पाएकोले यस क्षेत्रमा लागि रहन अझै पेरणा मिलेको बताए ।

गीत हेर्नको लागि तलको लिंकमा जान सक्नु हुनेछ।

https://m.youtube.com/watch?feature=youtu.be&v=Xz_mzqAnJRk