तिज धमाका २०१६ का कलाकार सिड्नीमा 

-- The NTA / प्रकाशित मिति : बिहिबार, साउन १३, २०७३
manju 1बिएम्एस फिल्मस अष्ट्रेलियाले मोर्टगेज एम्पायरको सहकार्यमा गर्न लागेको तीज धमाका २०१६ का कलाकारहरु सिड्नी आइपुगेको आयोजकले जनाएको छ । नेपालबाट ख्यातिप्राप्त गायक पशुपती शर्मा र गायिका मन्जु पौडेल सिड्नी आइपुगेको र सम्पुर्ण तयारि पुरा भईसकेको बिएम्एस फिल्मसको तर्फबाट बिरेन्द्र मल्लले नेपाली टाईम्स अस्ट्रेलियालाई जानकारी दिए । जुलाई ३० तारिख शनिबारको साँझ ६ बजे देखि सिड्निको हर्सभिलमा अबस्थित मरना अडिटरियम हलमा हुन लागेको उक्त कार्यक्रमको अब एकदमै सिमित टिकटहरु मात्र बाँकि रहेको छ, कार्यक्रमको गायक पशुपती शर्मा र गायिका मन्जु पौडेलको अलाबा स्थानिय कलकार नरेश रेग्मिले पनि आफ्नो प्रस्तुती दिनेछन । कार्यक्रमको सामान्य टिकट $२५  र १० बर्ष मुनिका बालबालिकालाई निशुल्क: प्रबेश छ भने नेपाली अबिभाबकको लागी $१५ रहेको छ । कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि बिरेन्द्र मल्ललाई  0413 433 515 मा सम्पर्क गर्न सकिनेछ ।
manju 2