तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न 

-- The NTA / प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३
imageनेपाली भाषा सँस्कृती र मौलिक चाड  पर्वलाई माया गर्नु पर्छ भन्ने उद्देश्य रहेको एक अत्यन्तै पृथक कार्यक्रम “तीज विशेष साहित्यिक कार्यक्रम”  हालै सिड्नीमा साहित्य पारखीहरु बिचमा सम्पन्न भएको छ ।  गत अगस्ट २१ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले हरितालिका तीजको उपलक्ष्यमा सो कार्यक्रम सम्पन्न गरेको थियो । संस्थाको तर्फबाट अध्यक्ष सानु घिमीरे र महासचिव महेश्वर शर्माले एक प्रेस बिज्ञप्ति जारि गरि बिल्कुलै नौलो यस कार्यक्रमका बारेमा जानकारी दिदै सहभागी हुने सबै सहभागीहरुलाई हार्दिक धन्यबाद दिनु भएको छ ।
कार्यक्रम गाउँ घर तिरकाका र लोप हुन लागेका बिभिन्न पुराना तिज लय भाकाका गीतहरुले गुञ्ज्यामान बनेको थियो । कार्यक्रममा साहित्यकारहरु केदार पोखरेल, उमा कार्कि, सुर्यप्रकास जमरकटेल, वेद कुमारी न्यौपाने, अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरे, कवि तथा पूर्व अनेसास एनएसडब्लुका सचिव सुरेन्द्र दवाडी गजलकार जितेन्द्र मल्ल, अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्मा, सचिव दिपक निरौला साथै शिलु कईरालाले आ-आफ्ना रचनाहरु वाचन गरेका थिए भने साहित्यकार उमा कार्कि, एनआरएन अष्ट्रेलियाकी सल्लाहाकार जानकी पौडेल, अनेसास एनएसडब्लुकी कोषाध्यक्ष ममता तिवारी, सदस्य तृप्ती पाण्डे तथा सारदा पौडेलका साथै नेपालबाट आउनुभएका नेपाली महिला अविभाभकहरुले पुराना नेपाली तिज लयमा गित प्रस्तुत गरेका थिए।
सोहि अबसर पारेर नेपालको चितवनमा बसोबास गर्दै आउनुभएकी र हाल सिड्नीमा रहनुभएकी साहित्यकार उमा कार्किलाई विदाई पनि गरिएको थियो, कार्किलाई अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले खादा लगाई मायाको चिनो प्रदान गरि बिदाइ गर्नु भएको थियो। image (1)
बिल्कुलै भिन्न तर साहित्यिक माहौल बिच सम्पन्न उक्त तीज विशेष साहित्यिक कार्यक्रममा रचनाहरु सुन्ने सुनाउने तथा तिज लयमा गित सुनाउनुका साथै सबैलाई दर पनि खुवाईएको थियो ।  कार्यक्रममा नेपाली पत्रका ऋषि आचार्य, समाजसेबि भरत पोखरेल, नेपाली युथ फोरम अष्ट्रेलियाका अध्यक्ष भरत देवकोटा, नेपाली युथ फोरम अष्ट्रेलियाका सचिव सागर अधिकारी, एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिस तथा नाईफाका सदस्य भुवन पाण्डे, रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका महासचिव कृष्ण गैरे, समाज सेवि तथा व्यवसायी युवराज भट्टराई लगायत थुप्रै नेपाली समुदायको बाक्लो उपस्थित रहेको थियो । अनेसास एनएसडब्लुका महासचिव महेश्वर शर्माले संचालन गरेको सो कार्यक्रममा  संस्थाकी अध्यक्ष सानु घिमीरेले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनु हुने र साहित्यलाई माया गरेर कार्यक्रममा उपस्थिती जनाउनुहुने सबै प्रति आभार प्रकट गर्दै धन्यबाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।