प्रदिप खड्कालाई क्लिक २ सपोर्टको सहयोग 

-- The NTA / प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३
teej fund raiseक्यान्सर रोग सँग लड्दै गरेका ३० बर्षिय युवा प्रदिप खडकालाई हालै क्लिक २ सपोर्टले तीज कार्यक्रमको माध्यमबाट आर्थिक सहयोग गर्न सफल भएको छ । गत १३ अगस्तका दिन क्रोयडनमा आयोजित उक्त फन्ड राइजिङ्ग तीज कार्यक्रममा अभिभाबक र नानीहरु लगाएत करिब २०० जनाको सहभागिता थियो । साँझ चार बजे देखि १० बजे सम्म चलेको उक्त कार्यक्रमको टिकट सहयोग स्वरुप २५ डलर रखिएको थियो भने नेपालबाट आएका अभिभाबकहरुलाई १५ डलर र साना बाबु हरुको लागि निशुल्क प्रवेशको ब्यबस्था गरिएको थियो । सके सम्म धेरै रकम बचत गर्ने उदेश्यले क्लिक २ सपोर्टका स्वयमसेवकहरु लाक्पा शेर्पा र निराकार श्रेष्ठको नेतृत्वमा सबै खाना घरमा नै तयार गरेको सोपोर्ट टिमको तर्फबाट कल्याण कंडेलले द नेपाली टाईम्स अस्ट्रलियालाई जानकारी दिए । कडेलका अनुसार कार्यक्रममा ७ बर्ष देखि ११ बर्षका बाबु-नानिहरुको नृत्यलाई स्वेता देबकोटाले कोरियोग्राफी गरेकी थिइन् भने उक्त अबसरमा मुना लामाको नृत्य र सम लामा समुहको सांगेतिक प्रस्तुतिले दर्शकहरुको मन जितेको थियो ।IMG_3268
कार्यक्रममा प्रमुख अथिति क्लिक २ सपोर्टका सल्लहाकार एबम एनआरएनए ओसियानाका संयोजक महेन्द्र कुमार लम्सालले रुपमा संस्थाले गरेको यस कार्यको प्रसंशा गर्दै समुदाय पर्ने दुख-सुखमा यसरी युवाहरु स्वत स्फुर्त रुपमा सहभागी हुनु सराहनीय पक्ष रहेको बताउनु भयो । उक्त तीज कार्यक्रमबाट सम्पूर्ण खर्च कटाएर २१८० डलर प्रदिप खड्कालाई सहयोग गरिएको छ ।  Hodgkin Lymphoma नामक क्यान्सर सँग लडदै गरेका खड्काको उपचारको लागि ठुलो रकमको खाँचो पर्ने भए पनि सबैको सदभाब सहितको यो सानो सहयोगले उनलाई केहि भए पनि सहयोग हुने बिश्वास संस्थाले लिएको छ।
सांस्कृतिक परम्परा जोगाउदै आफ्नो अमुल्य समयमा खेटर उक्त कार्यक्रम सफल पर्ने सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु र सहभागीहरुलाई संस्थाले धन्यबाद व्यक्त गर्दै भविष्यमा सुमदाय पर्ने यस्ता भबितब्य घटनाहरुमा आफुहरु सहयोगी मन लिएर सधै अग्र पंक्तिमा उभिने पनि बताएको छ । यस अगाडी पनि क्लिक २ सपोर्टले बनिङ्ग वेरहाउस अगाडी ससेज बेच्ने लगाएतका कार्यहरुबाट फन्ड राइज गरि नेपालको पशुपति क्षेत्रका बृद्दहरुलाई सहयोग गर्ने लगाएतका कार्यहरु गर्दै आइ रहेको छ।