ब्ल्याक्टाउन नेपालीज कम्युनिटीको तीज दर खाने कार्यक्रम संपन्न 

-- The NTA / प्रकाशित मिति : बिहिबार, भदौ ९, २०७३
13939332_1249132238460310_6082502229717670384_nगत मे महिनामा स्थापना भाई बिबिध सामाजिक कार्यहरुमा सक्रिय ब्ल्याक्टाउन नेपालीज कम्युनिटी (बिएनसी) ले महिलाहरुको महान चाड हरितालिका तीज हालै उल्लासमय बाताबरणमा मानाएको छ । ब्ल्याकटाउनको माडूनसाइड स्थित हलमा गत अगस्ट २० का साँझ सम्पन्न उक्त तीज दर खाने कार्यक्रममा ब्ल्याक्टाउन क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा स्थानिय कलाकारहरु नृत्य निकै रोचक देखिन्थ्यो भने बालकलाकारहरु ‘पानि पर्यो असिना झर्यो ‘ बोलको गीतमा गरेको नृत्यले सबैलाई मनोरन्जन दिएको देख्न सकिन्थियो । यसै गरि गरी सदिक्षा शर्मा, रेश्मा अर्याल, शैलजा लुइटेल, मेरिन लुइटेल अनी श्रेया शाहको नृत्यले कार्यक्रम झन् रोचक बनाएको थियो।
डिजे सेसनमा बजेको तीज गीतले नेपालबाट आउनु भएका बुवा-आमाहरु लाई एकै छिन् भए पनि नेपाल कै गाउ ठाउ पुराएको थियो ।  डिजे सेसनलाई समिश शर्माले संचालन गर्नु भएको थियो भने उज्ज्वल अर्यालले गीत गाएका गीतहरुले कार्यक्रम साच्चै नै संगीतमय बनेको थियो।
कार्यक्रममा बोल्दै कम्युनिटीका अध्यक्ष कृष्ण निरौलाले बिएनसीले  नेपाली संस्कृतिकको प्रबर्धन गर्ने सबै खले कार्यहरुलाई प्राथमिकता दिने बताउनु भयो । कम्युनिटीलेअहिले नेपाली नृत्य कक्षा र नेपाली भाषाका कक्षाहरुको संचालन गरिरहेको छ।  तिज कार्यक्रमकी कोअर्डिनटोर प्रतिज्ञा अधिकारिले कार्यक्रम सफल पार्न सहयोग पुराउने सबैलाई धन्यवाद दिदै आगामी दिनेमा अझै शसक्त कार्यक्रमहरु लिएर आउने बताउनुभयो ।