स्थानीय राजनीतिमा हाम्रो उपस्थिति

-- सम्पादकीय अक्टाेबर अंक २०१६ / प्रकाशित मिति : सोमवार, कार्तिक १, २०७३

राजनीतिबाट वाक्क र दिक्क हुने कुनै पुस्ताको उदाहरण लिनु या दिनु परेमा निर्धक्क हाम्रो पुस्ताको उदाहरण दिदा हुन्छ । नेपालको अस्थिर राजनीतिले आक्रान्त यो पुस्ताले सधै आन्दोलन, आन्दोलन र फेरि आन्दोलन भन्दा अरु केहि देख्न पाएन । त्यसमा पनि विदेशिने यहि पुस्ताले आफु बिदेशिनुमा घुमाइ फिराइ होस् या सिधै नेपालको अस्थिर राजनीतिलाई दोष दिदै आइ रहन्छ । राजनीति भन्नासाथ नाक खुम्चाउने हाम्रो पुस्ताको प्रतिनिधित्व गर्दै देशमा होस् या बिदेशमा राजनीतिमा छिरेको यो पुस्ताका प्रतिनिधिहरू प्रति हामी सबैले गर्ब गर्नै पर्दछ ।

त्यसो त राजनीति भन्ना साथ उही खुरापाती या अनेक तिकडम हाम्रो दिमागमा आइहाल्छ । तर बिकशित देशका राजनीति भनेको यहाँको सामाजिक र आर्थिक व्यवस्थामा आफुलाई अभ्यस्त गर्दै बहुसांस्कृतिक समुदायमा आफुलाई स्थापित गर्न सक्नु राजनीतिमा लाग्नेहरूका लागि अहिलेको प्रमुख चुनौती हो । त्यसैले पनि एक कदम आगाडि बढेर कर्मभूमिको राजनीतिमा पाइला राख्नेहरू र अर्को एक कदम अगाडि बढेर यहाँको चुनाबमा सहभागी हुनेहरूको जोश र सहासलाई हामीले सराहना गर्नै पर्छ । बिगतमा अमेरिका, बेलायत र युरोपियन देशहरूमा त्यहाँको राजनीतिमा लागेकाहरू चुनाबी प्रतिस्प्रर्धामा उत्रदै जीत नै हात परेका वा सम्मान जनक मत प्राप्त गरेका समाचारहरू लेख्दै गर्दा र पढ्दै गर्दा समेत हामीलाई गर्बअनुभूति हुने गर्दथ्यो । तर आहिले अष्ट्रेलिया कै राजनीतिक चुनाबमा सहभागी हाम्रा दाजु–भाइहरूको खबर र प्रगति हाम्रो लागि गर्बको बिषय त छदैछ, अर्को तिर यो हाम्रो लागि दक्षिणी गोलार्दमा हाम्रो सशक्त उपस्थितिको गहकिलो नजीर पनि बन्नेछ ।

यस पटकको निर्बाचनमा भिक्टोरिया राज्यमा काउन्सिलरको पदमा छुट्टा–छुट्टै काउन्सिलबाट प्रतिस्पर्धा गर्दै गरेका डा. महेश भण्डारी र राजु शाक्य दुवैले अष्ट्रेलियन भूमिमा नेपाली प्रवेशको अधिकारिक इतिहास कोरेका छन् । यसको लागि डा. भण्डारी र शाक्य बधाईका पात्र छन् । त्यस्तै भिक्टोरिया राज्यकै फरक काउन्सिलमा मेयर पदमा उम्मेदवारी दिएका नेपाली भाषी परशुराम लुइँटेल हाम्रो पुस्ताको लागि अर्को उदाहरण र मार्ग दर्शक रहने छन् ।

त्यसो त राजनीति अन्तत जोड घटाउ र नम्बरको खेल हो त्यसैले त्यो दौडमा अगाडि पर्न सक्नु उम्मेदार बनेकाहरूको लागि अहम सबल हो नै । अर्को तिर यहाँको चुनाबी छनोट प्रकृया केहि नियमहरू र पहिलो प्रतिस्पर्धीमा पर्न नसक्नु हाम्रो केहि हतारोपन या आफु आबद्द राजनीतिक पार्टी भित्रैको अल्प तयारीको रुपमा लिदा यसले भविष्यमा झन् तयारी साथ आगाडि बढ्न मद्दत पुग्नेछ ।

फेरि पनि राजनीतिमा असम्भब भन्ने केहि छैन र राजनीति पथमा लागिसकेको जो सुकैको लागि पनि सम्भावनाहरू प्रचुर छन् या एक पछि अर्को आइ रहन्छन । त्यसैले यस पटकको निर्बाचनमा भिक्टोरिया राज्यमा काउन्सिलरको पदमा छुट्टा–छुट्टै काउन्सिलबाट प्रतिस्पर्धा गर्दै गरेका डा. महेश भण्डारी र राजु शाक्य दुवैले अष्ट्रेलियन भूमिमा नेपाली प्रवेशको अधिकारिक इतिहास कोरेका छन् । यसको लागि डा. भण्डारी र शाक्य बधाईका पात्र छन् । त्यस्तै भिक्टोरिया राज्यकै फरक काउन्सिलमा मेयर पदमा उम्मेदवारी दिएका नेपाली भाषी परशुराम लुइँटेल हाम्रो पुस्ताको लागि अर्को उदाहरण र मार्ग दर्शक रहने छन् । भुटानदेखि अष्ट्रेलियासम्मको यात्रा तय गरि त्यति माथिल्लो पदमा उम्मेदवारी दिएका लुइटेल र छोटो समयको अन्तरमा भिक्टोरियामा स्थापित डा. भण्डारी र शाक्य सबैको बिजयी या सम्मानजनक मतको लागि हार्दिक शुभकामना ।