नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा

-- / प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३

nepal-won-soli

काठमाडौं-नेपाल समूह विजेता हुँदै मलेसियामा जारी एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई नेपालले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

टीम नेपालका लागि नवयुग श्रेष्ठले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । भरत खवासले ७२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारे भने विमल घर्ती मगरले ८० औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे ।

समूह ‘ए’ विजेता नेपालले चार र उपविजेता ब्रुनाईले तीन अंक जोड्यो । नेपाल तीन दिनअघि टिमोर लिस्टेसँग गोल रहित बराबरी खेलेको थियो ।

हेर्नुस खेलको भिडियो