ब्रिसबेनमा नेपाल परेड भब्य रुपमा सम्पन्न

-- The NTA / प्रकाशित मिति : शुक्रबार, कार्तिक २६, २०७३
pared-1अष्ट्रेलियाको तेस्रो ठुलो शहर ब्रिसबेनमा नेपाल फेस्टिभल ब्रिसबेनको ठिक अघिल्लो दिन ११ नोभेम्बर शुक्रबार नेपाली पर्यटन प्रबद्र्धन गर्दै र नेपाली कला संस्कृतीको पहिचान दिलाउदै नेपाल परेड भब्य रुपमा सम्पन्न भएको छ । दिउसो ४ बजे बाट सुरु भइ करिब ३  घण्टा चलेको उक्त परेडमा विदेशीहरुले पनि उत्साह र चासोका साथ सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागी सयौं नेपालीहरु नेपालका बिबिध रहन सहन झल्कने भेष भुषामा सजिएका थिए भने  हातमा नेपाली झण्डा, लाखे नाच, काँधमा धिमे बाजा सहित ठुलो संख्यामा नेपालीहरुले सक्रियताका साथ सहभागिता जनाएका थिए । कार्यक्रममा जिवीत देबीको रुपमा पुजिने कुमारीको प्रदर्शन गरिएको थियो भने झाक्री नाच पनि आकर्षणको केन्द्र बनेको थियो । यसैगरि बिभिन्न जातजातीहरुले समेत आफ्नो आफ्नो कला संस्कृती र परम्परा झल्काऊँदै सहभागिता जनाएका थिए ।
14976183_10154729077119776_1912191812_o
15008067_10154729077154776_1240013370_o
एनआरएनएले प्रत्येक दुई बर्षमा अष्ट्रेलियाका प्रमुख शहरहरुमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल महोत्सव आयोजना गर्दै आइरहेको छ जस अनुसार नेपाल महोत्सवको पहिलो चरणको कार्यक्रम ब्रिस्बनबाट शुरु हुदैछ र यसैको पुर्बसन्ध्यामा नेपाल परेडको आयोजना गरिएको एनआरएन उपाध्यक्ष तथा क्युन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले जानकारी दिए ।
नेपालको पर्यटन प्रबद्र्धन गर्ने मुख्य उद्देश्य नै कार्यक्रमको ध्येय रहेको एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देलले बताए । उनका अनुसार एनआरएनले अष्ट्रेलियाका सिड्नी, मेलबर्न, एडिलेड, ब्रिसबन लगायतका शहरहरुमा आयोजना गर्ने नेपाल महोत्सवको तयारी करिब पुरा भइसकेको छ, र पहिलो चरणको कार्यक्रमको पुर्ब सन्ध्याको यस परेडले धेरैलाई नेपाल फेस्टिभल प्रति झन् उत्सुकता थपेको छ । 15055594_10209250738040114_8004112832204913339_n
महोत्सवको कार्यक्रम अनुसार १२ नोभेम्बर शनिबार ब्रिसबनमा नेपाल महोत्सव आयोजना हुन गइरहेको छ । जसमा सांगितिक कार्यक्रम प्रस्तुत गर्न नेपालबाट कलाकारहरु कन्दरा ब्याण्ड, अञ्जु पन्त, सुगम पोखरेल लगायत आइसकेका छन् ।
भब्य रुपमा सम्पन्न उक्त नेपाल परेड कार्यक्रममाएनआरएनए केन्द्रिय संरक्षक इन्द्रा बन, केन्द्रिय प्रवक्ता रञ्जु पन्त, ओसिनिया संयोजक महेन्द्र लम्साल, आईसिसि सदस्य ईश्वर कुइकेल, एनआरएनए अस्ट्रेलियाअध्यक्ष सुरेन्द सिग्देल, सहसचिब भिष्म भण्डारी, प्रबक्ता डा ज्ञानेन्द्र रेग्मी, उपाध्यक्षहरु लगायतका अन्य बिभिन्न एनआरएन पदाधिकारीहरु र ब्रिसबेनमा रहेका नेपाली समुदायमा क्रियाशील सबै संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने स्थानीय लेबर पार्टीका सांसदको समेत उपस्थिती थियो । परेड पश्चात सहभागीहरुलाई मनोरञ्जन दिलाउन बिभिन्न नेपाली नृत्य गीतसंगीतहरुको प्रस्तुत गरिएको थियो ।
15045510_10154729076949776_981577498_o
15007676_10154729070794776_2136065333_o
15060360_10154729077089776_317001533_o
15052038_10154729077049776_2104658807_o