एनआरएन अमेरिकाद्वारा देवघाटमा अशक्त वृद्धाश्रमको शिलान्यास

-- / प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३

अमेरिका, पवित्र धार्मिक एवम् ऐतिहासिक नगरी देवघाटधाममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाले अशक्त वृद्धाश्रम निर्माण गर्ने भएको छ . गलेश्वर आश्रम परिसरमा अशक्त र विभिन्न कुटीहरुमा छरिएर रहेका वृद्धवृद्धाहरुलाई सामूहिक रुपमा भोजन तथा सेवा पु¥याउने उद्देश्यले दुई तले भवन निर्माण गर्न लागेको हो । शनिबार एक कार्यक्रमबीच एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले भवनको शिलान्यास गर्नुभयो ।

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा पौडेलले अशक्त आश्रमका लागि ५० लाख रुपैयाँको बजेट छुट्याइएको र लागतअनुसार आवश्यक रकम बढ्न सक्ने बताउनुभयो । उहाँले प्रवासमा रहे पनि सामाजिक उत्तरदायि¤व अन्तर्गत सामाजिक र मानवीय सेवामा एनआरएनले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
उहाँले एनआरएन अमेरिकाले स्वास्थ्य तथा मानवीय संवेदनासँग जोडिएका घटना/दैवीविपत्तिहरुमा सहयोग पु¥याउँदै आएको उल्लेख गर्दै महाभूकम्पका बेला बीपी चिन्तन प्रतिष्ठानसँगको सहकार्यमा राहत तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

सो अवसरमा अमेरिकामा रहेका नेपाली सहयोगी हातहरुबाट एनआरएन ग्लोबललाई भूकम्पपीडितको सहयोगार्थ दुईकरोड रुपैयाँ उपलब्ध गराइएको उहाँले स्मरण गर्नुभयो । एनआरएन अमेरिकाले धादिङ, गोरखा, सिन्धुपाल्चोक, रामेछापलगायतका जिल्लामा पाँच वटा विद्यालय निर्माण गरिरहेको जानकारी दिनुभयो ।

समाजसेवी जोशीले आगामी दिनमा एनआरएन अमेरिकाले एकता र एकीकृत रुपमा परोपकारी कार्यक्रममा लगानी भित्र्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

गलेश्वर आश्रमका उपाध्यक्ष उद्धैतानन्द गिरीले देवघाटका विभिन्न स्थानमा छरिएर रहेका वृद्धवृद्धालाई सामूहिक भोजन तथा सेवा पु¥याउन अशक्त वृद्धाश्रम कोशेढुङ्गा सावित हुने बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘देवघाटमा विभिन्न स्थानमा २४९ वटा कुटीमा वृद्धवृद्धा हुनुहुुन्छ । उहाँहरुलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ । कतिपय वृद्धवृद्धा हिँड्डुलसमेत गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । उहाँहरुका लागि कुटीसम्म खाना लैजाँदा चिसो भइसक्ने र आवश्यक जनशक्ति पनि नहुँदा अशक्त वृद्धाश्रम बनाउनु आवश्यक भएको हो ।’

उहाँले एनआरएनहरुमा आगामी दिनमा परोपकारी भावना बढ्दै जाओस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो । एनआरएन अमेरिकाले निर्माण गर्न लागेको अशक्ताश्रममा ३० जना वृद्धवृद्धा रहनेछन् । सामूहिक बसोबासका लागि निर्माण हुने आश्रमको समन्वय एनआरएन अमेरिकाकी उपाध्यक्ष रवीना थापाले गरेकी छन् ।