तम्लाई चट्ट सलाम छ भन्दै आए गायक समिर ( भिडियो सहित)

-- The NTA / प्रकाशित मिति : आइतवार, मंसिर १९, २०७३
samir-geet
नेपालको दाङ जिल्लामा जन्मेर बिगत केहि बर्ष देखी अष्ट्रेलियाको सिड्नीलाई कर्म थलो बनाउदै आएका गायक समिर आचार्यले नेपाली संगीतको दुनियामा बिल्कुलै नयाँ प्रयोग गर्दै नयाँ गित सार्बजनिक गरेका छन । सुदुर पश्चिममा बोलिने ठेट नेपालि लबजलाई ‘तम्लाइ चट्ट सलाम छ.…. ‘ शिर्षकको गितमा उतारेका समिरलाई गायिका टिका प्रशाइले साथ दिएकी छन । उक्त गितको रचना गायक समिर आचार्य आफैले गरेका हुन ।
आकर्षक म्युजिक भिडियो सहित दर्शकहरु का लागि आइसकेको यस गितमा नम्रता सापकोटा र निराजनको अन स्क्रिन रोमान्स दृश्य देख्न पाइन्छ। यस गितको म्युजिक भिडियोलाई प्रशान्त तामांगले कोरियोग्राफि गरेका हुन भने अमृत सुनुवारले खिचेका हुन । गितको भिडियो निर्देशन मोहन राज अधिकारिले गरेका हुन ।
यसअघि पनि उनका थुप्रै गितमा स्वर दिइ सकेका समिरले केहि समयअघि मात्र निक्कि कार्किको साथमा ‘दुनिया बेग्लै छ.…’ बोलको गित गएका थिए जुन सर्बाधिक सफल भएको थियो । युटुबमा मात्र २ मिलियन भन्दा बढिले उक्त गित पश्चात आफ्नो यो अर्को प्रयासलाई पनि दर्शक/श्रोताले उतिकै माया गर्ने बिश्वाश गरेको गायक समिर आचार्यले बताए द नेपाली टाईम्स संगको कुराकानीमा बताए ।