मर्कामा मलेसियाका नेपाली

-- NTA REP. / प्रकाशित मिति : शनिबार, पुस २३, २०७३

केही महिनायता मलेसियाली मुद्रा कमजोर हुन थालेपछि त्यहा कार्यरत नेपाली कामदारलाई घाटा भएको छ । अघिल्ला महिनाको तुलनामा मलेसियाली मुद्रा कमजोर हुँदै आएको छ । रिंगिटको भाउ घट्दै गएपछि आफ्नो कमाई नेपाल पठाउँदा कामदारलाई घाटा भएको हो । करिव ५ लाखभन्दा बढी नेपाली कार्यरत मलेसियाबाट वर्षेनी अर्बौं रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिने गरेको छ । दु:ख गरेर कमाई नेपाल पठाउँदा कम रकम पुग्ने भएपछि नेपाली कामदार मर्कामा परेका हुन् । अघिल्लो महिना प्रति रिंगिट करिब २६ रुपैयाँमा कारोबार भइरहेकोमा हाल यो दरमा झण्डै १ रिंगिटभन्दा कम्ती भाउमा कारोबार भइरहेको बताइन्छ । अमेरिकी डलर बलियो बन्दै जाँदा नोभेम्बर २५ का दिन एक अमेरिकी डलरको ४ रिंगिट ४० सेनमा कारोबार भयो । मलेसियामा कामदारले न्युनतम एक हजार रिंगिट मासिक कमाउँछन् तर उक्त रकममध्ये केही रकम लेभी, खाना आदि विभिन्न शीर्षकमा खर्च हुन्छ ।