विद्यार्थी कल्याणकारी काेषका लागि सिड्नीमा वाक फर वेयलफेर सम्पन्न

-- NTA REP. / प्रकाशित मिति : शनिबार, चैत्र ६, २०७२

welfare (3)

सिड्नी, चैत्र ६, – विद्यार्थी कल्याणकारी काेषका लागि सिड्नीमा अाज शनिबार वाक फर वेयलफेर कार्यक्रम सम्पन्न भएकाे छ ।  बिहान झिसमिसेमै सिड्नीस्थित ब्राइटन बिचमा  करिब ३ सय नेपालीहरु हातमा नेपाली झण्डा लिएर एकै किसिमको पोशाकमा  उपस्थित भएका थिए ।साे कार्यक्रमलाई हौसला दिनकाे लागि त्यस क्षेत्रका मेयर पनि उपस्थित थिए । भेला भएका नेपालीहरुको एउटै उद्देश्य भनेको परोपकारी कामका लागि रकम संकलन गर्नु थियो ।

एनआरएनले आयोजना गरेको साे कार्यक्रममा अष्ट्रेलियाको सिड्नीका सबै क्षेत्र र तहका ब्यक्तिहरुकाे उपस्थिती  थियो । ‘वाक फर वेलफेयर’ नाम दिएर करिब ३ किलोमिटरको पैदलयात्रा गरेका नेपालीहरुलाई अन्य विदेशी समुदायका ब्यक्तिहरुले समेत हौसला दिइरहेका थिए । उनीहरु उत्सुकतापूर्वक कर्यक्रम हेर्नुका साथै फोटो पनि खिचेका  थिए ।

एक करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने उद्देश्यले अायाेजित साे कार्यक्रम करिब ३ महिनादेखिको दौडधुप पश्चात सफल भएकाे हाे ।   यो कार्यक्रमले  यहाँ रहेका र नेपालबाट उच्च शिक्षा अध्ययनका लागि आएका नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले राखेकाे छ । अष्ट्रेलियाका प्राय: सबै मुख्य सहरहरुमा आयोजना गर्न लागिएको यस कार्यक्रमले रकम संकलन गर्ने मात्र नभएर नेपाली पहिचानलाई पनि फाईदा पुर्‍याउने सहभागीहरुको दाबी थियो ।

 

welfare (2)

कार्यक्रमको संयोजन गरेका समीम अनवरले भने– ‘यसले अष्ट्रेलियाजस्तो देशमा नेपाली समुदायको एकता र आपसी विश्वास समेत झल्काएको छ ।’ सबै सहरहरुको कार्यक्रम सम्पन्न भएपछि उक्त कोषलाई पारदर्शी किसिमले सञ्चालन गर्न एनआरएन ओसिनिया संयोजक महेन्द्र लम्सालको संयोजकत्वमा समिति समेत बनाइएको छ । समितिले बिद्यार्थीहरुलाई समस्या परेमा आवश्यकता अनुसार सहयोग गर्ने लम्सालले जानकारी दिए । आउँदो दुई महिनासम्म अष्ट्रेलियाका मेलबर्न, ब्रिसबेन, पर्थ र एडिलेड शहरमा यस्तै कार्यक्रम आयोजना गरिने एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

कार्यक्रमको अन्तमा कार्यक्रम सफल पार्न अहोरात्र खटिनेहरु लाई धन्यवाद दिदै एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एनआरएनए अष्ट्रेलिया नेपाली बिद्यार्थीहरु को सर्बोपरी हितका लागि जस्तो सुकै जोखिम मोल्न पनि तयार रहेको बताउनु भयो। आफु पनि बिद्यार्थी हुँदै आज अध्यक्ष हुन सफल भएको स्मरण गर्दै उनिहरुकाे हितमा सदैब लागि पर्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथी तथा एनसडब्लूका महाबाणिज्य दूत दिपक खड्का, एनआरए ए आआइ सि सि का प्रबक्ता रन्जु थापा, एन आर एन ए कि पाय्ट्रोन इन्दिरा बन , एन आर एन ए स्टेटका अध्यक्ष दिनेश पोख्रेल लगायतकाले एन आर एन ले स्टुडेन्ट वेलफेयर मार्फत ल्याएको वाक फर वेलफेयर प्रोग्राम अत्यन्तै फल्दाइ हुने विश्वाश ब्यक्त गर्नु भयो ।

welfare (4)