अंग्रेजीमा एउटा भनाइ छ ‘तिमी संग जीवनप्रति निराश हुने सय कारण होलान् तर जीवन संग आशाबादी हुने या यो जीवनलाई स्वर्णिम बनाउने हजार कारणहरू छन् ।’ हुन पनि हाम्रो जीवन अमूल्य छ । यो अमूल्य जीवनमा शृष्टि कै सक्षम प्राणी बनेर ग्रह, उपग्रह र सौर्य मण्डलसम्म चहार्न सक्षम हामी मानिस संग जिउने हजार होइन लाखाैं वा करोडौं कारणहरू छन् । यस्ता हजारौं, लाखौ र करोडांै जीबन जिउने कारणहरू हुदाँ हुँदै पनि एक या दुई कारण र त्यस्तै खाले परिस्थितिले मानिस आत्माहत्या सम्मको स्थितिमा पुगेका धेरै घटनाहरू हामीले सुनेका छौ, देखेका छौ । अझ बिगतका केहि हप्ताहरूमा घटेका यस्ता घटनाहरूले अष्ट्रेलियाको हाम्रो नेपाली समुदायलाई निक्कै दुखित बनायो ।

मानिस आत्महत्यासम्म गर्ने स्थितिमा किन पुग्छ ? भन्ने प्रश्नको उत्तर पक्कै पनि निक्कै जटिल छ, त्यहि जटिलता अध्ययन गर्दै मानिसले आँफूलाई त्यो स्थितसम्म पुग्न दिनु अगावै सरकारी या निजि विविध सेवा र काउनसिलि∙हरू लिएर त्यस्ता समस्याहरूमा न्यूनीकारण आएको यहाँको तथ्याड्ढले बताउँछ । तर हामी नेपालीहरू को सबालमा भने यो कुरा अलिकति फरक देखिन्छ जस्तो कि हामी सकेसम्म आँफूमा उत्पन्न बितिक्षणा या मानशिक समस्याको पहिचान र उपचार भन्दा पनि तिनीहरू लाई लुकाउन तिर लाग्छौ, आँफू भित्रको यो समस्या लुकाएर आफु ठिकठाक नै भएको देखाउन खोज्छौ । जसले गर्दा समस्या बढ्दै गएर उपचारको लागि पुग्दा सम्म निक्कै ढिलो भइ सकेको हुन्छ भने यस्तै बेलामा कतिले आफ्नो जीबन नै बेकार ठान्दै आँफैलाई चोट दिदै (सेल्फहार्म) आत्महत्या सम्मको स्थितिमा पुग्छन् ।

त्यसैले पनि मानसिक समस्या या मानसिक रोग र त्यसले निम्त्याउने दुष्परिणामका बारेमा कुरा गर्दै गर्दा हामी अष्ट्रेलियामा रहेका नेपालीहरूको हकमा अलिक फरक दृष्टिकोण बनाउनु जरुरी छ । त्यसैको आधारमा यसमा आबद्द रहेका या यसका लागि सहयोगको हात बढाएका सबै संघ संस्थाले आगामी आफ्ना कार्यक्रम या सहयोगको हात बढाएमा अपेक्षाकृत राम्रो नतिजा निस्कने छ । परदेशको बसाइ मनमा बिभिन्न कुराहरू खेलेका हुन्छन्, परिवारका सदस्य टाढा छन्, मन मिल्ने कोहि संग आफ्ना मनका कुरा खोल्न पाउन सहज छैन । यस्तै एक दुई कारण बढ्दै बढ्दै अन्त्यमा मानसिक समस्या, अनि त्यही मानसिक तनाब नै आत्महत्याको कारण बनिदिन्छ । त्यसैले मानसिक तनाव हुन नदिन आफ्नो मनको कुरा अरुसंग पोख्ने बाताबरण बनाउनु एकदमै जरुरि छ । आत्मा हत्या समस्याको समाधान हँुदै होइन, आत्माहत्या या आफुलाई हानी गर्ने नकारात्मक कुरा दिमागमा नल्याउनको लागि आफुलाई सकारात्मक सोच सहितको प्रेरणादायी बाताबरणमा अभ्यस्त गराउन सके आत्महत्या गर्ने त परै जाओस् यस्ता कुरा दिमागमा समेत आउदैन ।

आँफूमा समस्या भएपनि स्वीकार गर्न अप्ठ्यारो मान्ने र उपलब्ध सेवाहरू समेत समयमै नलिने प्रवृतिका कारण नेपालीहरू मा मानसिक रोगको समस्या दिन प्रतिदिन बढ्दै गएको यस्ता बिशेषज्ञकाहरू को भनाई छ ।

हुन त मानसिक समस्या या डिप्रेसन जसलाई पनि हुन्छ, त्यसैले यसको उपचार भनेको पनि व्यक्ति बिशेषमा फरक हुने नै भयो । जसका लागि बिज्ञको सुझाबको एकदमै जरुरी छ । तैपनि माथि भने जस्तै अष्ट्रेलियाको हकमा हेर्दा यहाँ आउने धेरै भन्दा धेरै नेपालीहरू युबा अवस्थाका छन्, उनीहरू उच्च शिक्षा र उज्जवल भविष्यको चाहना राखेर आएका छन् । विद्यार्थी बाहेक यहाँ आएका केहि नेपालीहरू आफ्नो पेशामा सिधै नेपालबाट नै स्थाई बसोबासको अनुमति लिएर पनि आउने गर्छन् । यी दुवै खालका नेपालीहरू ले यहाँको जीबन जिरोबाट नै सुरु गर्नु पर्ने हुन्छ । जुन पक्कै पनि सहज छैन, यस्तै सुरुका दिनमा आउने असहज परिस्थितिमा आइपर्ने समस्या संग जुध्न नसक्दा हुने मानसिक बिचलन र आत्महत्या जस्ता घटनाहरू बाक्लै घट्न थाले पछि यहाँ अबस्थित गैर आबसीय नेपाली संघ लगायतका नेपाली समुदायका संघ संस्था चिन्तित रहेको देखिन्छ । त्यसैले पछिल्लो समयमा यी समस्याहरू लाई केहि मात्रामा भए पनि सम्बोधन गर्न एनआरएनले हेल्प डेस्क पुन: सञ्चालनमा ल्याउने भएको छ ।

अष्ट्रेलियामा रहेर मानसिक रोग बिशेषज्ञका रुपमा काम गरिरहेकाहरूका अनुसार आँफूहरू संगको उपचारको शिलशिलाको भेटघाट या अनौपचारिक भेटघाटको आधारमा नेपालीहरूमा पछिल्लो समयमा मानसिक रोग बढ्दै गएको बताउछँन् । अष्ट्रेलियामा राष्ट्रिय तथ्यांक हेर्ने हो भने प्रत्येक ५ नागरिकमा एक जना मानसिक समस्याले पिडित छ त्यो नेपालीको लागि पनि लागु हुने उनीहरूको अनुभब छ । त्यसको मतलब नेपाली समुदायका सदस्यहरू मा पनि प्रत्येक ५ नेपालीमा एक ब्यक्तिमा कुनै न कुनै मानसिक समस्या रहेको उनीहरूको दाबी छ । बिशेष गरेर आँफूमा समस्या भएपनि स्वीकार गर्न अप्ठ्यारो मान्ने र उपलब्ध सेवाहरू समेत समयमै नलिने प्रवृतिका कारण नेपालीहरू मा मानसिक रोगको समस्या दिन प्रतिदिन बढ्दै गएको यस्ता बिशेषज्ञकाहरू को भनाई छ ।

अष्ट्रेलिया सरकारको सिड्नीस्थित टेबलल्याण्डस मानसिक स्वास्थ्य सेवाको प्रमुखका रुपमा काम गरिरहेका मानसिक रोग बिशेषज्ञ डा. घनश्याम चापागाईँ अहिले पनि आँफूले दर्जनौ नेपालीहरूलाई मानसिक स्वास्थ्य सेवा दिइरहेको सुनाउंछन् । उनका अनुसार उपचारका लागि आउने अधिकांश बिरामीहरूले शुरुको समयमा भन्दापनि रोग बढिसकेपछि मात्र आउने गरेकाले समस्या थपिने गरेको छ । एकातिर मानसिक रोगको उपचारका लागि नेपाली बिशेषज्ञ भेट्न नचाहने प्रवृति र अर्काेतिर मानसिक रोग भएपनि यसलाई कमजोरीका रुपमा लिने र स्वीकार नगर्ने चलन नेपालीहरूमा भएको उनको अनुभव छ ।

अष्ट्रेलियाको सरकारको तथ्यांक अनुसार प्रत्येक बर्ष २ हजार ७ सय ९५ जनाले आत्महत्या गर्ने गर्दछन भने सन २०१६ मा यो संख्या २ हजार ८ सय ६६ थियो । मानसिक रोग यहाँ मृत्युको कारक रोगमध्ये १३ औं नम्बरमा आउने तथ्यांकमा उपलब्ध छ । यहाँको केन्द्र र राज्य सरकारले मानसिक रोग भएकाहरूलाई उपचारका लागि बिभिन्न गोप्य परामर्श, उपचारहरू समेत उपलब्ध गराउने गरेको छ । यद्यपि मानसिक रोग अपेक्षित रुपमा नियन्त्रणमा आउन सकेको छैन ।

गैर आबासीय नेपाली संघ अष्ट्रेलियाकी वुमन को–अर्डीनेटर प्रतिज्ञा अधिकारीको नजरमा भिन्न उमेर समुह र लैंगिक रुपमा मानसिक समस्याका करण र असरहरू प्रष्टै रुपमा फरक फरक प्रकृतिका नेपाली समाजमा देखिन्छन् । दिनहु बढ्दै गरेका यस्ता समस्याले सबैलाई जस्तै आफुलाई पनि निक्कै चिन्तित बनाउने बताउँदै घरेलु हिंसा, सुत्केरी बेलामा हुने मानसिक तनाब र युबा बर्गमा देखिएको लागु औषधीको प्रयोग त्यसले निम्ताउने मानसिक समस्याको बढ्दो पिडितहरू को संख्या हाम्रो सुमुदयमा रहेको उनको अनुभब छ । आफ्ना समस्या अरुलाई भन्न नसक्ने वा कसरी कहाँ भन्दा ठीक हुने हो या होइन सो सम्बन्धि ज्ञान नहुने कारण पनि यो समस्या लुकाएर राख्ने प्रबृति बढ्दो छ, नतिजा स्वरुप अप्रिय घटनाहरू बृद्धि हुँदैछन् । अधिकारी अगाडि भन्छिन नब आगन्तुकहरूका आफ्नो नजिकको परिवार पनि आँफूसंग नहुने भएकाले मानसिक रोगले अझ समस्या सृजना गरेको हो ।

आँफुमा मानसिक समस्याको लक्षणको शंका वा छनक मात्र भएमा पनि डाक्टर संग भनेमा अबिलम्ब सेवाको सोधीखोजी गरि उपलव्ध सेवासुविधाबारे जानकारी प्राप्त गरि लाभान्वित हुन सकिन्छ । यस्ता सबै सेवा सुबिधा लिंदै गर्दा प्रत्येकको व्यक्तिगत विवरण गोप्य राख्ने यहाँको नियम पनि हो । त्यसैले बिज्ञहरू संग बिना हिचकिचाहट यस्ता समस्यामा परामर्श लिऔं ।

फेरि पनि आत्महत्या क्षणिक आवेग भन्दा पनि मानसिक स्वास्थ्य कै कारणले हुने गर्दछ भने मानसिक स्वास्थ्यका सयौं कारणहरू हुन सक्छन् । यसका लागि अत्यावश्यक आधार भनेका मानसिक स्वास्थ्य, समस्या र सेवाबारे जनचेतना तथा आवश्यक मानसिकसेवा सुविधाको सहजताका साथ उपयोग नै हो । स्वास्थ्यसेवा प्रणाली अन्तर्गत जति पनि अरु स्वास्थ्य समस्याको जनचेतना बढाउने कार्यक्रम छन् सोहि तहमा मानसिक स्वास्थ्य सम्बन्धी आवश्यक सत्यतथ्यको ज्ञान सबैमा पुराउन एकदमै आवश्यक रहेको हाम्रो समुदायमा कार्यरत संघ संस्था बुझ्न र बुझाउन जरुरि छ । जसले गर्दा परिवार र आफु वरपारकालाई यस्ता समस्याको छनक देखिना साथ सहयोग र सहि मार्ग निर्दिष्ट गर्न सकियोस् । यहाँ रहेका समुदायका सदस्यहरू र स्वयं युबा विद्यार्थीहरू नै यसमा सचेत र जागरुक बनिदिने हो भने मानसिक समस्याको रोकथाम, उपचार र पुन:स्थापन जस्ता बिभिन्न तहको काउन्सिलि∙ सहज बन्नपुग्छन् ।

अन्त्यमा हामीहरू सुबिधा सम्पन्न देशमा छौं यहाँ रहँदा मानसिक स्वास्थ्य र समस्याबारे यथार्थ जानकारी र कम्तिमा समस्या देखिए के गर्ने भन्ने ज्ञान सबैमा हुन जरुरि छ । जुन सुकै लि∙बाट होस् घरेलु हिंसा शून्य सहनसिलाता (जिरो टोलारेंस) हुन जरुरी छ । अष्ट्रेलियाको हकमा आँफूले कुनै कुरा शेयर गर्ने साथी परिवार सदस्य बाहेक पहिलो बिन्दु भनेको सुरुमा चेकअप गर्ने डाक्टर ( जि.पि) हुन् । यसैले आँफुमा मानसिक समस्याको लक्षणको शंका वा छनक मात्र भएमा पनि डाक्टर संग भनेमा अबिलम्ब सेवाको सोधीखोजी गरि उपलव्ध सेवासुविधाबारे जानकारी प्राप्त गरि लाभान्वित हुन सकिन्छ । यस्ता सबै सेवा सुबिधा लिंदै गर्दा प्रत्येकको व्यक्तिगत विवरण गोप्य राख्ने यहाँको नियम पनि हो । त्यसैले बिज्ञहरू संग बिना हिचकिचाहट यस्ता समस्यामा परामर्श लिऔं । अहिले आँफूलाई नचाहिए पनि कुनैपनि बेला कसैलाई पनि यस्तो मानसिक सेवाको जरुरत पर्नसक्छ । त्यसैले, यो मलाई चाहिने कुरा होइन भन्ने नसोचौं । मानसिक समस्या र घरेलु हिंसा जस्ता कुरामा आफ्नो ठाउँबाट गर्न सक्ने सहयोग सबैले आ–आफ्नोतर्फबाट सक्दो योगदान गरौं । मानिस आत्महत्यासम्म गर्ने स्थितिमा किन पुग्छ ? भन्ने प्रश्नको उत्तर पक्कै पनि निक्कै जटिल छ, त्यहि जटिलता अध्ययन गर्दै मानिसले आँफूलाई त्यो स्थितसम्म पुग्न दिनु अगावै सरकारी या निजि विविध सेवा र काउनसिलि·हरू लिएर त्यस्ता समस्याहरूमा न्यूनीकारण आएको यहाँको तथ्याड्ढले बताउँछ ।

 

डा. घनश्याम चापागार्इँ

कुनैपनि व्यक्तिको स्वईच्छाले आँफूलाई पुऱ्याउने आघातले हुने मृत्युलाई आत्महत्या भनिन्छ । आत्महत्या एउटा मुख्य जनस्वास्थ्य सरोकारको विषय हो । अष्ट्रेलियन तथ्याङ्क विभागको लेखा अनुसार सन् २०१२ देखि २०१६ को बीचमा औषत प्रति वर्ष २७९५ जनाको आत्महत्याले मृत्यु भएको पाइन्छ । सन् २०१६ को मात्र तथ्याङ्क हेर्दा प्रतिदिन ७.८५ मृत्यु आत्महत्याबाट भएको पाइन्छ । आत्महत्याको कोशिष महिलाहरूले बढी गर्ने भएपनि आत्महत्याले मृत्युको दर पुरुषहरूमा महिलामा भन्दा लगभग तीन गुणा बढी छ ।

माया, नजिकका सम्बन्धहरू, व्यक्तिगत सफलता, स्वाधिनता आँफूलाई नियन्त्रण गर्न सक्ने क्षमताको विकास तथा प्रतिबाद गर्ने क्षमता आदि मानबमात्रका मनोवैज्ञानिक आवस्यकता पूरा गर्ने माध्यमहरू हुन् ।

आत्महत्याको कुनै एक कारण किटेर भन्न नसकिएपनि लामो समय सम्मका विभिन्न अध्ययनहरूले यसका Risk Factor हरू पत्ता लगाएको पाइन्छ । लगभग ९०.५ प्रतिशत आत्महत्या गर्ने व्यक्तिहरू कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित भएको पाइन्छ । मानसिक रोगहरूमा डिप्रेसन आत्महत्याको प्रमुख कारण भएतापनि अन्य कडा किसिमका मानसिक रोगहरू (Schirophrenia, Ripolan disorder) अल्कोहल तथा लागु पदार्थको दूव्र्यसन आदिले पनि आत्महत्या निम्त्याउन सक्दछन् ।

अष्ट्रेलियामा नेपाली समुदाय बढ्नुको साथसाथै आत्महत्याका घटनाहरू पनि बढीरहेको सुन्न पाइन्छ । यस्ता अप्रिय घटनाहरू संचार माध्यमहरूमा आउँदा यसका पछाडिका कारक तत्वहरू का बारेमा सर्वसाधरणमा खुल्दुली हुनु स्वभाविक विषय हो । यिनै विभिन्न तत्वहरूलाई नियाल्दै आत्महत्याका विविध पाटोहरूलाई संक्षिप्त रुपमा उल्लेख गर्ने प्रयास तलका पंक्तिहरूमा गरिएको छ ।

संज्ञात्मक सिद्धान्त (Cognitivi Theary) ले आत्महत्या गर्ने व्यक्तिको सोचाइलाई अध्ययन गरेको पाइन्छ । यस अनुसार मानिसको लामो समयसम्मको उदासिनताले आशाहिनता (Hoplessness) निम्त्याउँछ । आशाहिनताले व्यक्ति विशेषलाई आँफूलाई हेर्ने दृष्टिकोण, आफ्नो वर्तमान तथा भविष्यको बारेमा नकरात्मक सोचाइहरूको जन्म दिन्छ । यसले गर्दा ऊ आँफूलाई असमर्थ, असाय, घृणित र दोषीको रुपमा हेर्न थाल्दछ भने आफ्नो भविष्य पनि दु:खी, अप्ठ्यारो, चढ्न नसकिने पहाड जस्तो र एक्लो देख्दछ । यसको साथसाथै उसलाई आफ्नो वर्तमान पनि कहाली लाग्दो, कुनै उपाय नभएको जस्तो लाग्छ र जीवनदेखि भाग्नु नै समाधानको उपाय हो भन्ने सोच्दछ ।

समाजशास्त्रको सिद्धान्त (Socialogical Theary) अनुसार समाजका दुई भिन्न तत्वहरूको समिश्रणलाई आत्महत्या सँग जोडेर हेरिएको पाइन्छ । ती हुन् सामाजिक एकिकरण (Social Integration) र सामाजिक नियम (Social Regulation) ।

नेपालबाट अष्ट्रेलिया बसाइ सराइले उत्पन्न गराउने तनाब यहाँको नयाँ समाजमा घुलमिल गर्न नसक्नु आफ्नो तथा परिवारको अपेक्षा गरे अनुसारको प्रगति हाँसिल गर्ने असम्भाव्यता, आर्थिक र अन्य कठिनाइहरू बाह्य तनाबका कारणहरू बन्न सक्दछन् ।

सामाजिक एकिकरणले मानिस र उसको सामाजिक संजालबीचको सम्बन्धलाई अध्ययन गरेको हुन्छ भने सामाजिक नियमको सिद्धान्तले समाजले व्यक्ति उपर पार्ने प्रभावको अध्ययन गर्दछ । समाजशास्त्रीहरूले यसको आधारमा आत्महत्यालाई तीन किसिममा विभाजन गरेको पाइन्छ । समाजसँग घुलमिल नभएका वर्ग वा मानिसहरू (जसको सामाजिक आवद्धता अपर्याप्त छ )ले गर्ने आत्महत्यालाई Egoistie Suicide भनिन्छ। यस्ता व्यक्तिहरूलाई नयाँ समाजमा घुलमिल हुन नसक्नाले आफ्नो मृत्युले अरुहरूमा पर्ने असरको प्रयाप्त ज्ञान नभएको पाइन्छ । तर Altruistic Suicide गर्ने व्यक्तिहरू आँफू आबद्ध समाज बेगर आफ्नो जीवनको अस्तित्वलाई स्विकार गर्न सक्दैनन् । परापूर्वकालको सतीप्रथा, आजकाल देखिने बम पड्काएर आत्महत्या गर्नेहरू (Suicide Bombblasty) यसका उदाहरणहरू हुन् यस किसिमको आत्महत्या लामो समयसम्म अरुको सेवा गर्ने प्रोफेसनहरू जस्तै : केयरर, नर्सहरूमा पनि पाइन्छ । Anomic Suicide समाजमा आउने विखण्डनको बेला पाइन्छ । जसले गर्दा सामाजिक नियममा गडबड आउँदछ । यसको मुख्य कारण सामाजिक तथा आर्थिक बेथितिहरूले गर्दा व्यक्ति विशेषले जीवनको मार्ग (Semse of dorection of living) विराएकाले भन्ने मानिन्छ । अवकास प्राप्त आर्मीहरू, लामो समयसम्मको आर्थिक र राजनैतिक कठिनाइबाट गुर्जेको समाजमा बढ्दो आत्महत्या इत्यादि यसका उदाहरणहरू हुन् । प्रसिद्ध मनोवैज्ञानिक फ्रायडले व्यक्तिको आत्महत्यालाई स्वउन्मुख उदण्डता (Aggression turned inwards) भनेर व्याख्या गरेका छन् । उनी पछिका मनोवैज्ञानिकहरूले नकरात्मक भावना (Negative emotion) र मेट्न नसकिएका मनोवैज्ञानिक आवस्यकताहरूलाई आत्माहत्याको कारकको रुपमा लिएका छन् । उनीहरूले विभिन्न कारणबाट हुने मनोवैज्ञानिक दुखाइहरू (psychache) ले हुने पीडा सहन नसकेर मानिस आत्महत्या तर्फ उन्मुख भएको बताएका छन् । माया, नजिकका सम्बन्धहरू, व्यक्तिगत सफलता, स्वाधिनता आँफूलाई नियन्त्रण गर्न सक्ने क्षमताको विकास तथा प्रतिबाद गर्ने क्षमता आदि मानबमात्रका मनोवैज्ञानिक आवस्यकता पूरा गर्ने माध्यमहरू हुन् । यिनीहरूमा आउने कमी कमजोरीबाट हुने भावनात्मक विचलन आत्महत्याको कारण बन्न सक्दछ ।

माथि उल्लेखित सिद्धान्तहरूको अलवा विज्ञानमा आएको अभूतपूर्व विकासले आत्महत्याको जैविक कारणहरू पनि पत्ता लगाएको छ । आत्महत्या गर्ने व्यक्तिहरूको दिमागमा सेरोटोनिन, डोपामिन, नरएड्रिनालिन जस्ता रसायनिक तत्व कमी भएको पाइन्छ । यिनै रसायनिक तत्वहरूको कमी तथा असन्तुलनले गर्दा दिमागका कतिपय भागहरूको काममा असर पर्दछ । यसले निम्त्याउने भावनात्मक परिवर्तन, कार्य दक्षताको कमी तथा निर्णय क्षमतामा आउने ह्रास आदि आत्महत्याका कारण बन्न सक्दछन् ।

माथिका विभिन्न सिद्धान्तहरूलाई सरसर्ती केलाएर बर्तमान नेपाली समाजमा देखिएको आत्महत्याका कारणहरूलाई हेर्न सकिन्छ । समष्टि रुपमा हेर्दा आत्महत्या मूलत: मनोवैज्ञानिक पीडा र आशाहिनता (Psychplogical pan and hopelessness) सँग प्रत्यक्ष जोडिएको पाइन्छ । आत्महत्या गर्ने व्यक्तिहरूमा यो पीडा मुख्यत: तीन कारणले आएको देखिन्छ । बाह्य तनाब (Stresses), आन्तरिक मनोवैज्ञानिक तनाव (Psychological conflict) र दिमागमा हुने रासायनिक परिवर्तनहरू । नेपालबाट अष्ट्रेलिया बसाइ सराइले उत्पन्न गराउने तनाब यहाँको नयाँ समाजमा घुलमिल गर्न नसक्नु आफ्नो तथा परिवारको अपेक्षा गरे अनुसारको प्रगति हाँसिल गर्ने असम्भाव्यता, आर्थिक र अन्य कठिनाइहरू बाह्य तनाबका कारणहरू बन्न सक्दछन् । यी बाह्य घटनाहरूले व्यक्ति विशेषमा ल्याउने परिवर्तन उसको मनोवैज्ञानिक तथा भावनात्मक स्थायित्वमा भर पर्दछ । लामो समयसम्मको तनाबले व्यक्ति विशेषको भावनामा असर गर्दछ । र यसले पैदा गर्ने मनोवैज्ञानिक विचलन माथि भनिए जस्तै आशाहिनतामा परिणत हुन्छ । यस्ता व्यक्तिहरू प्राय:जसो उदासिनता (Depression) बाट पीडित हुन्छन् । बाह्य तनाब र व्यक्ति विशेषमा आउने भावनात्मक द्धन्दको साथसाथै आत्महत्या गर्ने व्यक्तिहरूको दिमागमा आउने रासायनिक परिवर्तनले दिमागको अगाडिको भाग (Prefrontal Contex) को काममा गडबडी आएको पाइन्छ ।

आत्महत्या गर्ने ९० प्रतिशत मानिसहरू कुनै न कुनै मानसिक रोगबाट पिडित भएका हुन्छन् । यी मानसिक रोगहरूको समयमै पहिचान र उपचार गरेमा धेरै जसो आत्महत्याका घटनाहरू रोक्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार