walk for

देश छोडेर परदेश पुगेका सबैका आ–आफ्नै कथा व्यथा छन् । संघर्षका सुरुका यी दिनहरूमा कसैले तपाईलाई कस्तो छ  ? ल है केहि साह्रो गार्हो परे सम्झनुस्, हामी सबै एकै परिवारका सदस्य हौं ! भनिदियो भने मात्र पनि त्यो लाख हुन्छ, त्यो ठूलो आधार हुन्छ । चाहे अरबको उखरमाउलो गर्मी होस् या सम्पन्न राष्ट्रका बातानुकुलित वातावरण एउटा भिन्न सपना र भबिष्यको सपना बोकेर विदेशिनेको ठूलो संख्या युवाहरू नै पर्दछन् । त्यसमा पनि हाम्रो घरेलु वातावरण र शिक्षाले हामीलाई प्रयोगात्मक भन्दा सधै सैदान्तिक शिक्षासंग मात्रै जोडी रह्यो । जसका कारण हामी भिन्न वातावरणसंग घुलमिल हुन नै गाह्रो र कमजोर आत्मबलको शिकार भइ रहयौं ।
माध्यमिक वा उच्च–माध्यमिक शिक्षासम्मको अध्ययन सकेर उच्चशिक्षाका लागि बिदेशीने एउटा ठूलो समुहको प्रतिनिधित्व गर्ने मध्यको देश हो अष्ट्रेलिया पनि । निश्चय नै यहाँ उच्च शिक्षाको सपना बोकेर बिमानबाट ओर्लनेमध्ये निकै कमसंग मात्र त्यस्तो सीपमूलक ज्ञान वा सीप होला जुन यहाँको श्रम बजारसँग सुहाउँदो हुन्छ । मध्यम परिवारका नेपाली बिध्यार्थीहरूको पहिलो प्राथामिकता नै हो सानो तिमो काम सुरु गर्ने अनि पढाईलाई निरन्तरता दिने । यहाँको बिल्कुल भिन्न परिस्थीति र प्रयोगात्मक ज्ञानको कमी अनि सुरु हुन्छ असन्तुष्टि, मनमा ग्लानी र नैराश्यता । कहिले काँही त्यो केहि दिनमा साथीभाइको सर सहयोग सुझाब वा वरपरका घटनाबाट सन्तुलित स्थितिमा फर्कन्छ त कहिले झन् बढ्न सक्छ ।
चिन्तित हुने, डिप्रेसन, मानसिक रोगी, मध्यपान र ड्रग्सको सहारा अथबा साथी संगतका कारण कुलत यो हाल हाम्रो नेपाली समुदायमा बढ्दै गरेको बिकराल स्थिति हो । गएका केही हप्ता हाम्रो समुदायमा देखिएका केहि दु:खद घटना यसका केहि प्रतिनिधि घटना हुन् । जसको लागि फेरी पनि नव आगन्तुक बिध्यार्थीहरूको लागि अभिभावकत्वको एकदमै आबश्यकता छ । केहि सुझाब सहयोग र आत्मियतासहितका सहयोगी हातहरूले यसमा एउटा ठूलो परिबर्तन ल्याउन सक्दछ ।
यहाँ धेरै संघ संस्थाहरू छन्, संघ संस्थाहरूको भीडमा एउटा छुट्टै पहिचान र उचाई राख्न सफल संस्था हो एनआरएनए अष्ट्रेलिया । त्यसैले बेला–बेलामा उठ्ने गरेका सुझाब र एनआरएनएप्रति उठने गरेका गुनासाहरू धेरै मानेमा जायज छन् र थिए । हुन् त विविध बेलामा एनआरएनएले बिभिन्न तरिकाले यहाँका बिध्यार्थीहरूलाई सहयोग गरि राखेको छ । त्यस्ता सहयोगहरू आर्थिकदेखि सल्लाह सुझाब र विविध बिषयमा रहदै आएका थिए । यहि अबधारणा अनुरुप बिध्यार्थीहरूलाई मात्रै मध्यनजर राखेर विद्यार्थी कल्याणकारी कोषको अबधारणा अगाडि सारिएको छ जुन एनआरएनए अष्ट्रेलियाको एकदमै स्तुत्य कदम हो ।
कोष भन्नासाथ सबैभन्दा ठूलो चुनौती अर्थ संकलन नै हो र त्यसको उचित ब्यबस्थापन हो । एनआरएनए अष्ट्रेलियाले यो कोषको लागि हाल एउटा राष्ट्रिय टिम बनाएको छ जसमा महेन्द्र लम्सालले बिध्यार्थी कल्याणकारी कोषको संयोजकको जिम्मा लिएका छन् भने सबै भन्दा चुनौतीको रुपमा रहेको कोष संकलनको संयोजकको जिम्मा लिएका छन् समिम अनावरले । र यो टिममा एनआरएनए अध्यक्ष सुरेन्द्र सिग्देल, कोषाध्यक्ष डिला खरेल, सचिब भिष्म भण्डारी, एनआरएनए भिक्टोरिया संयोजक केशव कंडेल, एनआरएनए क्वीन्सल्याण्ड संयोजक अभिमान सिंह बस्नेत, एनआरएनए संयोजक नबिन कंडेल, एनआरएनए संयोजक राज थपलिया रहेका छन् । त्यसो त यो टिमको काम कारबाही या जिम्मेवारी भन्दा अगावै एउटा ठूलो जिम्मेबारी छ त्यो हो कोषको लागि अर्थ संकलन गर्ने र माथि भने जस्तै यो चुनौती पूर्ण कार्यको जिम्मा सबै स्टेटको सहयोगमा समिम अनवरले लिएका छन् । यो महाअभियानको नाम दिइएको छ “वल्क फर वेलफेर” अर्थात कल्याणकारी कार्यको लागि संगै हिडौं ।

वल्क फर वेलफेर
कल्याणकारी कोषका लागि १ लाख डलरको अर्थ संकलन गर्ने यो महत्वकांक्षी महाअभियान मार्चदेखि मे महिनासम्म अष्ट्रेलियाका पाँच भिन्न–भिन्न शहरहरूमा वल्क फर वेलफेर कार्यक्रम अन्तरगत हुँदै छन् । जसमा प्रत्येक व्यक्ति, बिध्यार्थी वा परिवारलाई सहयोग रकम तिरी आफ्नो नाम ( http://walkforwelfare.org.au ) मा रजिष्टार गर्न अनुरोध गरिएको छ । सामुहिक रुपमा नेपालको राष्ट्रिय झण्डा र देश झल्कने अन्य झाँकीसहित तोकिएको ठाउँमा संगै हिड्दै एकातिर बिदेशी माझ राष्ट्र चिनाउँदै त अर्कोतिर जिम्मेवारीका लागि अर्थ संकलन हुनेछ । जस अनुसार सिड्नीमा शनिबार १९ मार्च, बिर्सबेनमा शनिबार २ अप्रिल २०१६, पर्थमा शनिबार ९ अप्रिलमा, मेलबर्नमा आइतबार १७ अप्रिलमा र एडिलेडमा ७ मे २०१६ का दिन वल्क फर वेलफेरको कार्यक्रम हुदैछ । वल्क फर वेलफेरको अर्डिनेटर समिम अनवरले जनाए अनुसार सबै स्टेटका साथीहरूसँग समन्वय गरी वल्क फर वेलफेरलाई निक्कै सशक्त ढंगले अगाडि बढाईएको छ । कार्यक्रम हुने सबै स्टेटका को–अर्डिनेटरहरूले त्यहाँका अन्य संघ संस्थाहरूसंग समन्वय गर्दै व्यापक सहभागिताको लागि अगाडि बढेका छन् । जसमा सिड्नीको जिम्मा भुपाल सिटौला, ब्रिस्बेनका अभिमान सिंह बस्नेत, मेलबर्नकी दिपाश्री शाह, पर्थका शेखर गुरुङ, एडिलेडका नारायण गुरुङ सम्बन्धित स्टेटको संयोजकको जिम्मेवारी भूमिकामा छन् ।

फण्ड कसरी व्यबस्थापन हुन्छ ?
वल्क फर वेलफेर विद्यार्थी कल्याणकारी कोष अभियानको एउटा पहिलो सुरुवात हो । यसबाट उठेको रकम स्वत: बिध्यार्थीकल्याणकारी कोषमा जानेछ । तत्पश्चात कोष संचालक समितिले यो कोषको ब्यबस्थापन प्रयोगको जिम्मा लिन्छ । यो समिति एनआरएनए अष्ट्रेलिया अन्र्तगत नै रहनेछ । यस समितिमा विविध संघ संस्थाका प्रतिनिधी बिध्यार्थीका प्रतिनिधिहरू रहनेछन् । आबश्यकता हेरी या परेका समस्याहरूलाई कसरी सम्बोधन गर्ने कस्तो किसिमको सहयोग गर्ने कोषले स्वयंसेवीको रुपमा सल्लाह सुझाब लिने या व्यबसायिक बिज्ञहरूबाट यसको कार्य र ब्यबस्थापनमा सहयोग लिने छ ।
यो फण्डबाट कसरी लाभान्वित हुन्छन्
नेपालबाट पढ्न आएका बिध्यार्थी भिषामा रहेका बिध्यार्थीहरू नै यो कोषबाट लाभान्वित हुनेछन् । बिध्यार्थीहरूलाई पर्ने सुरुका समस्याहरू बसोबासको व्यबस्था पार्ट टाइम जागिर खोज्दाका अप्ठ्यारादेखि घर छोड्दाको पीडा, होमसिक, अन्य चिन्ताको शिकार जस्ता दर्जनौ समस्या हुन् सक्छन् जसमा यो कोष र आबद्ध समितिले धेरै कुरामा सहयोगीको भूमिका खेल्न सक्छ । त्यसको अलावा विविध कानुनी सल्लाहहरूमा बिज्ञको सल्लाहदेखि तत्कालिन सहयोगको लागि सानो ठूलो आर्थिक सहयोग जस्ता विविध कुराहरूबाट बिध्यार्थीहरू लाभान्वित हुन सक्दछन् । जब यो कोष संचालनमा आउँछ तब यी त यस्तै खाले विविध समस्याहरूमा सम्बन्धित विद्यार्थीले वा बिद्यार्थीले नसक्ने स्थिति रहेमा उसको नजिकको मनिसले निबेदन दिन सक्नेछ र आबश्यकता हेरी तत्काल या निरन्तर गर्नु पर्ने सहयोग र सल्लाह जस्ता कुरामा कोषले सहयोगी हात बढाउने छ ।

रकम कसरी दीर्घकालिन बनाउने
फण्ड ससस्टेनएबल बनाउनका लागि एनआरएनए अष्ट्रेलिया र बिध्यार्थी कल्याणकारी कोष दुवैले ब्यबसायिक लेखापालबाट संधै यसका हिसाब किताबहरू दुरुस्त राख्दै बेला–बेला विविध फण्ड राइजि∙ इभेन्टहरू गरि रहनेछ । त्यसको अलावा अष्ट्रेलियामा रहेका अष्ट्रेलियन माइग्रेसन एजेन्टहरूको संस्था, विविध सरकारी संस्था, बिभिन्न शैक्षिक संस्थाहरू लाई सीड फण्डमा कन्ट्रिब्युट गर्न निरन्तर अनुरोध गरि रहनेछ । जुन कार्यमा प्रत्येक एनआरएनए अष्ट्रेलियाका प्रत्येक स्टेटका समितिहरूले यो अभियानमा निरन्तर सानो ठूलो फण्ड कन्ट्रिब्युसन गरि रहनेछन् । यस बाहेक पनि फण्डको सस्टेनएबल बनाउन सबैको सल्लाह सुझाब र सानो ठूलो सबै आर्थिक सहयोगहरूलाई आत्मसात गर्दै अगाडि बढ्ने छ ।
अन्त्यमा, दुइ–चार जोर कपडा सुटकेसमा हालेर हामीमध्ये धेरैले जन्मभूमि छोडेका हौ । लगनशिलता, इमान्दारिता र कर्तब्यनिष्ठका कारण धेरै नेपालीले बिदेशी भूमिमा गगन चुमेका छन् त्यसैका पछिल्ला उदाहरणहरू हुन् शेष घले, उपेन्द्र महतो, जिबा लामिछाने र भबन भट्टहरू । संघर्षका यी दौरानमा आवश्यक पर्ने आउने उतार चढाबमा साथ चाहिने भनेको आफना हुन् आफ्नोपन हो । त्यहि आफ्नो पनको लागि यहाँ विविध संघ संस्था छन् । बिभिन्न बहानामा हामी साना ठूला जमघट गर्छौं विविध चाडबाडहरू मनाउछौं । त्यसको एउटै जड फेरि पनि आफ्नोपन नै हो । यहि आफ्नोपनले दोहोराएर यहाँका पुराना अग्रजहरू र नयाँ सबै मिलेर गर्न लगिएको विद्यार्थी कल्याणकारी कोष र त्यसको पूर्वसन्ध्यामा हुन लागेको वल्क फर वेलफेरमा एक पटक सबै पुराना र अग्रजहरूको साथ त चाहिन्छ नै यहाँ पढ्दै गरेका विद्यार्थीहरूले पनि यसलाई आफ्नोपन महशुस गरि सोहि अनुसार आफु समेटिनु र आफ्ना वरपर सबैलाई समेट्नु जरुरी छ । किनकी यो कोषको भोलिको काम भनेको निकै फराकिलो र बढ्दो हुनेछ । दु:ख र भवितब्य या सम्भावित दु:ख परेकालाई सहयोग गर्ने त लगभग अन्तिम उदेश्य हो त्यो भन्दा आगाडि विद्यार्थीका हर समस्यामा सहयोगीको भूमिकाको रुपमा काम गर्न यो कोष सफल हुन सक्नु पर्दछ । पार्ट टाईम जब खोज्ने, रेजुमे बनाउने, सहि बिषयको छनोट गर्ने, विविध इमिग्रेसनका अलमलमा बिज्ञको सहयोग लिने, स्वस्थ बीमा र अन्य बीमा सम्बन्धि समस्याहरूमा बिज्ञको सहयोग लिने । यी र यी जस्तै बिभिन्न समस्याको लागि नब आगन्तुक र समस्या परेका विद्यार्थीहरूले ढोका ढक्ढकउन मिल्ने र लौ है केहि परे सोध्ने ठाउँ छ है भन्ने अभिभाबकत्वको रुपमा बिध्यार्थी कल्याणकारी कोष रहन सक्नु पर्दछ । जसको लागि फेरि पनि हामी सबैको सद्भाब सहयोग र सामिप्यताको आबश्यकता छ ।

———————————————————————————————————————————

सुरेन्द्र सिग्देल
अध्यक्ष, एनआरएनए अष्ट्रेलिया

अष्ट्रेलिया बसाइको क्रममा मैले धेरै विद्यार्थीहरू धेरै र भिन्न भिन्न समस्याहरूबाट पीडित भएको देखेको छु । उनीहरूको समस्या निक्कै नजिकबाट सुन्ने र बुझ्ने अबसर पाएको छु । तैपनि हामीसंग त्यसलाई सम्बोधन गर्ने खालको संयन्त्र कुनै पनि संघ संस्थाभित्र वा स्वतन्त्र रुपमा समेत नभएका कारण एनआरएनए अष्ट्रेलियाले धेरैको सल्लाह सुझाबलाई समेटेर विद्यार्थी कल्याणकारी कोषको अबधारण अगाडि ल्याएको हो । नि:सन्देह यसको उदेश्य बिध्यार्थीहरूको हितको लागि उनीहरूलाई पर्ने विविध समस्यामा सक्दो सहयोग गर्दै एउटा अभिभाबकीय भूमिका खेल्नु नै हो । त्यसको अलबा यस कोषबाट विद्यार्थीलाई आई पर्न सक्ने बिभिन्न किसिमका समस्याहरूको निवारणको लागि बिभिन्न प्रकारका कार्यक्रमहरू ल्याइने छन् । यस कोषको स्थापना walk for welfare : welfare for students  भन्ने नाराबाट सुरु गरिएको छ । यसको ब्यबस्थापन एउटा समिति बनाएर गरिनेछ जसमा एनआरएनएमा काम गरेका अनि बिध्यार्थीसंग सम्बन्धित संघ संस्थाको प्रतिनिधिहरू राखिने छ । जसले सबैको सल्लाह सुझाबलाई आत्मा साथ गर्दै एकदमै पारदर्शिताको साथ काम गर्नेछ । कोषले अधिकारिक काम शुरु गर्नु अगावै एउटा निर्दिष्ट कार्य पुस्तिका बनाउने छ । त्यसैलाई केन्द्रमा राखी बिध्यार्थीको हक हितमा कोषले सक्दो काम गर्नेछ । यस अभियानमा सबैले सहयोग गरि पहिलो कार्यक्रम अन्तर्गत आ–आफ्नो स्टेटमा हुने वल्क फर वेलफेर कार्यक्रमलाई सफल पारिदिनु हुन पनि म सबैलाई हार्दिक अनुरोध गर्दछु ।

महेन्द्र कुमार लम्साल
संयोजक, विद्यार्थी कल्याणकारी कोष

अष्ट्रेलियामा प्राय:जसो नेपाली समुदायको सुरुवात विद्यार्थी जीवनबाटै हुन्छ । आजका विद्यार्थी भोलिका एनआरएन नै हुन् । उच्च शिक्षा हाँसिल गर्ने अभिलाषा बोकी अष्ट्रेलिया झरेका बिद्यार्थीहरू लाई सकेसम्म उचित सल्लाह, सुझाव अनि उनीहरूको सुख दु:खमा सहभागी बन्नु, परेको बेलामा सहयोग गर्नु समस्त एनआरएनको सामाजिक कर्तब्यभित्र पर्दछ । सन् २०१२ मा स्थापित सामाजिक कल्यणकारी कोषबाट पनि बिगतका बर्षहरूमा नेपालीहरूमाथि परेको दु:ख र पीडामा मल्हम लगाउने काम भएकै हो ।
सामाजिक कल्याणकारी कोषको अतिरिक्त पनि केवल विद्यार्थीको हितलाई ध्यानमा राखी १ लाख अष्ट्रेलियन डलर बराबरको विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने लक्ष्यका साथ एनआरएन अष्ट्रेलिया जुटेको छ । यो लक्षित फण्डलाई आर्थिक रूपमा बलियो बनाउन सकियो भने आउँदा दिनहरूमा दु:ख मर्कामा एनआरएनले गर्ने सहयोगको दायरा फराकिलो हुन सक्छ ।
आर्थिक संकलनका लागि प्रमुख इभेन्टको रूपमा गर्न लागिएको अष्ट्रेलियाब्यापी “वाक फर वेलफेयर” सफल पार्नको लागि समुदायका सम्पूर्ण जिम्मेवार सदस्यहरूको दायित्व हो । फण्डको ब्यबस्थापन, संचालन तथा बितरण निष्पक्ष, पारदर्शी तथा व्याबहारिक बनाउन एनआरएन अष्ट्रेलियाले उच्च प्राथमिकताका साथ काम गर्नेछ । यस्ता सामाजिक कार्यले नेपाली समुदायलाई एकतामा बाँध्ने कार्य गर्दछ । जसबाट नेपाली समुदायमा परेका हरेक पीडा एक आपसमा साटफेर गरेर सबै नेपाली एकताबद्ध छन भन्ने सन्देश पनि जानेछ । यस अभियानमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग हुनेछ भन्ने विश्वास छ ।

समिम अनावर
संयोजक, वल्क फर वेलफेर

वल्क फर वेलफेर पांच वटा स्टेटमा गरिदै छ र यसमा सहभागिता बढाऊन हामीले सबै स्टेटका बिद्यार्थीहरूसंग हातेमालो गर्दै काम गरिरहेका छौ । त्यसैगरी एन आर एन का सबै स्टेट कॉउसिलहरूले बिध्यार्थी इन्फोरमेसन सेसन गरि रहेका छन् । यसका साथ् साथै हामीले यहाका कमुनिटी संस्था, लोकल काउन्सिल र बिध्यार्थी संग सम्बन्धित विभिन्न व्यसायीहरूसंग मिलेर काम गरिरहेका छौ । यसका लागि विविध फल्यार, भिडियो क्लिप्स, फेसबुक पेज, भाइबर ग्रुप सबै ससियल मिडिया र नेट्वोर्कि∙ को हामीले प्रयोग गरेका छौ । त्यो भन्दा पनि वोर्ड अफ माउथ निक्कै उपयोगी हुने हुनाले यो इभेन्ट र हाम्रो उदेश्य को बारेमा थाहा पाउने सबैले कम्तिमा आफु नजिकका बिध्यार्थी वा अन्यलाई बताइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु । यो पुण्य कार्यमा सहभागी हुन हामी कोहि नछुटौ हामीले सुरू गरेको यो अभियान अष्ट्रेलिया मात्र नभई डायस्पोरा का नेपाली माझ समेत निक्कै उदहरणिय बन्नेछ ।

दिपाश्री शाह
स्टेट इभेन्ट संयोजक, भिक्टोरिया 

सबैजना एकजुट भएर यो अभियानलाई सफल पारौँ
अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको हितमा गरिन लागिएको वल्क फर वेलफेयर अभियानको भिक्टोरीयाको लागि संयोजकको भूमिकामा जिम्मेवारी बोक्न पाउँदा एकदमै खुसी लागेको छ । म आफै यहाँ एक अन्तर्राष्ट्रिय बिध्यार्थी भएर आएको हुँ र त्यतिखेर मेरो मनमा विभिन्न कुरा लिएर कति असुरक्षित र अभाव महसुस गर्थे त्यो मलाई राम्ररी थाहा छ । भोलि मलाई केही नराम्रो घटना घटेर अस्पतालको बेडमा पुगे भने तत्काल मेरो उद्दार कसरी हुन्छ होला भनेर म सोचिरहेको हुन्थे । मैले सोचेको जस्तै कति बिध्यार्थीहरूले सोचिरहेका हुन्थे र कतिले अहिले पनि सोचिरहेका होलान् । हो उनीहरूको यही सोचलाई सुरक्षित गर्नको लागि भए पनि यो अभियान एकदमै जरुरी रहेको छ ।
भिक्टोरीयामा भन्दा पनि सिड्नीमा यो कार्यक्रम पहिले हुने भएकोले पहिले त्यो कार्यक्रम कस्तो होला भनेर हेर्नेछु । त्यो कार्यक्रमले भिक्टोरीयामा अप्रिलमा हुने कार्यक्रमलाई धेरैनै सघाउने मेरो धारणा छ । यहाँ पनि मानिसहरूले कार्यक्रमको बारेमा चासो दिइरहेका छन् । लगभग हामीले दुईसय भन्दा बढीको मानिसहरूको उपस्थिती आशा गरेका छौँ । कार्यक्रमबाट उठ्ने पैसा र स्पोन्सरबाट आएको पैसा गरेर भिक्टोरीयाबाट बीस हजारदेखि पच्चीस हजार डलर जति संकलन गर्न सकिन्छ कि भन्ने हाम्रो अपेक्षा रहेको छ । हाम्रो यो अपेक्षालाई मूर्तगति दिन यहाँका समुदायका व्यक्तिहरूको विशेष भूमिका रहेको हुन्छ । यो एउटा एकदमै शुभ र महत्वपूर्ण अभियान रहेको छ । अहिले तत्काल हामीले बिध्यार्थीहरूको स्वास्थ्यको लागि फण्ड खर्च गरिने भनिएपनि समयको माग र परिस्थिती हेरेर अन्य चरम समस्याको लागि पनि उपयोग गर्न सकिनेछ । त्यसैले सबैलाई म रजिस्टेसन छिटो गरेर यो कार्यक्रमलाई सफल बनाउन आह्वन गर्दछु ।

भुपाल सिटौला
स्टेट इभेन्ट संयोजक, एनएसडब्लु

आफु पनि बिध्यार्थी कै रुपमा अष्ट्रेलिया आएकोले गर्दा र आफ्नो पालामा यस्ता किसिमको कोष नहुँदा धेरै अप्ठ्यारो र गाह्रो दिनहरू सामना गर्नु परेको अझै स्मरणहरू अझै ताजै छन् । धेरै साथी भाइलाई आबश्यक पर्दा पनि त्यसपछि पनि राम्रो सहयोग पुऱ्याउन सकेनौ । हुन त अष्ट्रेलियामा अन्य सामुदायिक संस्थाहरू पनि थिए तर अन्यलाई यस्ता कुरा बताउन पनि एक किसिमको लाज लाग्थ्यो । अब आफ्नै समुदायको वेलफेर फण्ड हुँदा हामी हाम्रो भाषा संस्कृति र आफै त्यहि अवस्था बाट हिडेको हुँदा धेरै कुरा र समस्याहरू बुझ्न र बुझाउन सजिलो हुन्छ त्यसैले यो भइ परि आउने विविध समस्या सामना गर्ने दह्रो माध्यम हुनेछ । साँच्चै भन्ने हो भने एउटा लेगेसी बन्नेछ जुन आजको परिस्थितिमा एकदमै जरुरी पनि छ ।
यसैले अष्ट्रेलियाभर हामीले यसलाई महत्वका साथ क्याम्पियन गर्दैछौ । यो इभेन्टको सहभागिता शुल्कदेखि हरेक चिज वल्क फर वेलफेरको वेबबाट गर्न सकिन्छ र पाइन्छ । एकदमै प्रबिधिमैत्री बनाउने कोशिसमा छौ । अहिलेसम्म एनएसडब्लुबाट मात्रै ५० जनाभन्दा धेरैको राजिस्टेसन आइ सकेको छ । अन्य स्टेटबाट पनि उत्साहित खबर आई रहेका छन् । मार्चको पहिलो हप्ताबाट यो संख्या निक्कै बढ्ने छ । हामीले कम्तिमा ५०० भन्दा बढी अनुमान गरेका छौ । सबै मिडिया, सामाजिक संजालबाट यसको व्यापक प्रचार प्रसार हुदै छ । आबस्यक परे हामी घर दैलोको रुपमा पनि यसको अझ व्यापक प्रचार प्रसार गर्ने छौ । हामी सबै यो पुण्य कार्यको लागि एक पटक एकताबद्ध भएर अगाडि बढौ ।

अभिमान सिंह बस्नेत
स्टेट इभेन्ट संयोजक, क्वीन्सल्याण्ड

हामी नेपालीहरू परोपकारी छौ, हिजो हामी विद्यार्थी भिसामा हुँदा अग्रजहरूले निक्कै सहयोग गर्नु भएको थियो । म आफु नै आठबर्ष अगाडी पनि बिध्यार्थी भिसामै अष्ट्रेलिया आएको हुँ । त्यतिबेलाका अग्रजहरूको सहयोग मलाई अझै ताजै छ । आज हामी पनि अष्ट्रेलिया आउने नयाँ नेपालीलाई एअरपोर्ट पिकअप देखी रोजगारी खोज्नेसम्मका सहयोग गरी रहेकाछौ । अष्ट्रेलियाको नागरिक वा स्थायी बासिन्दा भईसकेकालाई यहाँको सरकारले नै हेर्छ खास्सै चिन्ता गर्नु पर्दैन । तर अष्ट्रेलियाको नियम अनुसार बिध्यार्थीहरूले आफ्नो हेल्थ कभर लगायत खाने बस्ने अनि आपद बिपद पर्दा परिवारले नै बेहोर्ने भन्ने शर्तको पालना गर्नुपर्ने हुन्छ । बिध्यार्थीको बढ्दो संख्या संगसंगै समस्याहरू पनि बढीरहेका छन । जस्तै अष्ट्रेलियाको सामुन्द्रिक परिस्थिती थाहा नहुँदा हुने दुखद घटना, पारिवारिक बिछोडको पिडाले हुने डिप्रेशन अनि त्यसले निम्त्याउने खतरनाक रोग धेरै बिधार्थीहरू यी र यस्तै परिस्थितीसंग जुध्नु परीरहेको छ । यस्तै समस्याहरू र आपदबिपद आई पर्दा सहयोग गर्नका लागि एनआरएनएले एक लाख डलरको कोष बनाउने निर्णय गरेको छ । बिगतमा परिआएको बेला आपदबिपद ब्यवस्थानमा एनआरएनले महत्वपूर्ण भूमिका निभाउदै आएता पनि यो कार्यक्रम बिशेष रूपमा बिध्यार्थीप्रति समर्पित भएकोले हुनाले बिध्यार्थीलाई अझ बढी सहयोग गर्न सकिन्छ ।
क्वीन्सल्याण्डको नेपाली समुदाय सामाजिक कार्यमा प्राय सधै अगाडि रहदै आएको छ । आजको दिनसम्ममा यस कार्यक्रममा पनि सहभागीताको हिसाबले अगाडि नै छ । हामीले सहभागीता बढाउनका लागि केही चरणको अन्तरक्रिया गरीसकेका छौ भने आगामी दिनमा पनि बिध्यार्थी, अग्रज नेपाली समुदाय, व्यवसायीहरूसँग छलफल गरीरहेका छौ । एनआरएनए तथा स्थानीय समुदायहरूका सदस्यहरूमा ईमेलद्वारा जानकारी गराउने काम गरीरहेकाछौ । सोसिअल मिडियामार्फत अनि व्यक्तिगत रुपमा पनि प्रचारप्रसार तीब्र गरिरहेका छौ । परिणाम स्वरूप फेब्रुअरी महिनाको अन्त्यसम्ममा रजिष्ट्रेशनको हिसाबले हामी नम्बर १ मा छौ र आशा छ आगामी दिनमा पनि सो स्थान कायम राख्ने छौ । हामीले यो कार्यक्रम आउँदा गर्ने कि नगर्ने भन्दा पनि राम्रा काम सबै गर्ने नीति अनुसार गर्ने निर्णय लिएका थियौ । नेपाली समाजको प्रगति अनि सामाजिक सेवामा रुची हुनुभएका हाम्रा आदरणीय दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरू अनि जसको लागि हामीले यो कार्यक्रम गरिरहेक छौ हाम्रा बिध्यार्थी साथीहरूको सहभागिताले गर्दा २०० जना जतिको सहभागीता अनुमान गरेका थियौ । तर उत्साह हेर्दा लाग्छ ३०० देखी ४०० को सहभागीता रहने विश्वास लिएका छौ ।

नारायण गुरुङ
स्टेट इभेन्ट संयोजक, साउथ अष्ट्रेलिया

खासमा भन्नु पर्दा म आफै पनि “बोटल्स फर स्कूल” नामक परोपकारी संस्थामा संलग्न छु । भर्खरै पनि साउथ अष्ट्रेलियामा हामीले ‘बोटल्स’ र ‘क्यान’ हरू संकलन गरेर धादि∙मा गएर स्कूल बनाएर आएका छौ । यो कुरा गर्नुको मुख्य आशय के हो भने अष्ट्रेलियामा फण्ड रेजिंग गर्न वा राम्रा कामका लागि कोष जुटाउन त्यति गाह्रो छैन । हाल आएर मलाई यस्तो अनुभूति भैरहेको छ कि तरिका पुरयायो भने श्रोतहरू धेरै रहेछन् भन्ने कुरा अझ बढी महशुस गरेको छु । जस्तै बार्बिक्यु गर्ने, कुनै पनि ‘अफिस वर्कस’ मा गएर सामुदायिक सेवा गर्ने, ‘च्यारिटी डिनर’ जस्ता कामहरू पनि फण्ड रेजिंग का लागि उपयोगी हुन्छन । त्यसरी नै ध्बपि ायच ध्भािबचभ पनि फण्ड रेजिंगको एउटा प्रक्रिया हो जुन हामीले विभिन्न स्टेटहरू मा गर्न गइहेका छौ । मलाई लाग्छ यस किसिमको फण्ड रेजिंग महत्वपूर्ण पनि छ किनकि तथ्या∙का अनुसार सन् २००६/०७ देखि नै नेपाली बिद्यार्थी अष्ट्रेलिया आउने क्रम बढ्दो देखिन्छ । कतिपय बिद्यार्थीहरू धेरै पहिले नै आएतापनि अझै संघर्षरत स्थितिमा छन् । बिदेशी भूमिमा उनीहरूलाई पढाई खर्च र बसोबासको मात्र नभएर अन्य विभिन्न समस्या तथा असुविधाहरू भैरहेका हुन्छन् र उनीहरू त्यसैमा धेरै लामो समयसम्म अल्झिनु पर्ने स्थिति हुन्छ । कहिलेकाही उनीहरूलाई भेट्न आएका अविभाबकहरूको दुर्घटना हुन्छ त कहिले उनीहरू आफै बिरामी परेर लामो समयसम्म अस्पतालको सैयामा बस्न पुग्छन् जसको खर्च यहाँको स्वास्थ्य बीमाले नबेहोर्ने स्थिति पनि हुन सक्छ । यस्तो परिस्थितिमा बिद्यार्थी कल्याणकारी कोष अत्यन्तै महत्वपूर्ण देखिन्छ ।
स्वाथ्य प्रति चाख राख्नेकालागि यस्ता कार्यक्रमले स्वाथ्य प्रबर्दन गर्ने हुनाले बिस्वश्नियता कायम राख्न सकेमा यहाँका अष्ट्ेरलियाली बासिन्दा पनि यस्ता गतिबिधिमा संलग्न हुन निकै रुचाउँछन । प्राय:जसो यस किसिमका कार्यक्रम सफल भएकै देखिन्छ । जहाँसम्म साउथ अष्ट्रेलियाको सहभागिताको कुरा छ, हामीले प्राय: बिध्यार्थी माथि नै बढी ध्यान केन्द्रित गरेकाछौ । यहाँका विभिन्न युनिभर्सिटीहरूमा नेपाली लगायत अन्य मुलुकका बिद्यार्थीहरूको बर्चस्व देखिन्छ र उनीहरू सबैको आ–आफ्नो युनियन पनि रहेका छन् । यस कार्यक्रमको बारे वहाहरूलाई हामी जानकारी गराउँछौ । त्यसरी नै यहाँ भएका कन्सल्टेन्सीहरूलाई पत्राचार गरेर वहाँहरू मार्फत बिध्यार्थी माझ खबर पुर्याउने र बिध्यार्थीहरूको संलग्नता भएको खण्डमा वहाँहरूलाई केहि मात्रामा छुट दिने योजना गरेका छौ । त्यसैगरी यहाँ बसोबास गर्दै आउनु भएका हाम्रा नेपाली परिवारहरूलाई पनि हामी पत्राचार गर्छौ र यहाँ हुने अन्तरक्रिया कार्यक्रमहरूमा बिशेष उल्लेख गर्छौ ।
साउथ अष्ट्रेलियामा यो कार्यक्रम अन्य स्टेटको तुलनामा अलिक पछि ‘मे’ महिनामा हुने भएकोले हामी अहिले कार्यक्रम आयोजना गर्ने स्थान सम्बन्धी यहाँको काउन्सिलसंग वार्तालाप गर्ने जस्ता आन्तरिक तयारी मै बढी लागिपरेका छांै । यो टुंगो लागेपछि हामी बिद्यार्थी युनियन मार्फत अनि आ–आफ्नो क्षेत्रमा काम गर्ने ठाउँहरूमा पोस्टरहरू मार्फत प्रचार प्रसार गर्नेछौ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

पहिचानको लागि जुट्दै हामी

/शुक्र, मंसिर २९, २०७४