एनआरएनए अष्ट्रेलिया नेतृत्व छनोटको तयारीमा साताैं महाधिबेशन क्वीन्सल्याण्डको ब्रिसबेनमा हुँदै

  • विविध परिस्थिति, उद्देश्य र भविष्य खोज्दै हामीले देश छोडयौ, बिश्वभर छरिएर रहेका हामीहरूलाई भावनात्मक रुपमा नजिकाइदिएको छ, गैह्र आबासीय नेपाली संघ अर्थात् एनआरएनएको बिश्व संजालले ।

  •  

    यति बेला अष्ट्रेलियामा बस्ने नेपालीहरू धेरैका फेसबुकका वाल एनआरएनको चुनाबी नारा र पोस्टरले रंगिएका छन् । मानौं या नमानौं स्वभावैले हामी धेरै नेपालीहरूलाई यस्ता कुराहरूले आकर्षण गर्छन् । केहि हप्ता अगाडिसम्म हामी मध्ये धेरैका आँखा नेपालको स्थानीय निर्बाचनमा थियो, त्यसैले पनि हामी नेपालीहरू राजनीतिक रुपमा सचेत छाैं भन्दा फरक पर्दैन । यहाँनेर राजनीति भनेको उतैको जुधाईको राजनीति भन्ने नबुझाैं । यसलाई आँफु र आँफु नजिकका साथीभाइ जस्का एजेन्डाहरू मिल्छन्, उनीहरूले मतदाता जो एनआरएनएका सदस्यहरू पनि हुन् उनीहरूको मन जित्न गरेको प्रयास हो भन्ने बुझ्दा सौहाद्रतामा झन् निखारता आउंछ ।

    हामी ग्लोवबको जुन सुकै कुनामा पुगौं प्रबिधिले आजको बिश्वलाई निक्कै सानो बनाएको छ । त्यसैले पनि भौगोलिक रुपमा टाढा भए पनि हामी अब कोहि कसैसँग टाढा रहेनौ । विविध परिस्थिति, उद्देश्य र भविष्य खोज्दै हामीले देश छोडयौ, बिश्वभर छरिएर रहेका हामीहरूलाई भावनात्मक रुपमा नजिकाइदिएको छ, गैह्र आबासीय नेपाली संघ अर्थात् एनआरएनएको बिश्व संजालले । अझ यसलाई संजाल भन्नु भन्दा पनि चौतारी भन्नु बेस होला, हो यहि चौतारीबाट हामी हाम्रो मातृभूमिको लागि सकेको गर्न सक्दछौं, गरिरहेका छौं र गर्नेछौं ।

    त्यसैले देश छोडियो, टाढा भइयो, हामी त परदेशी जस्ता नकारात्मक भाबका कुरा गर्नु भन्दा परदेश मै रहेर पनि देशको लागि गर्न सकिने अनेकन कुराहरू मध्ये आँफुलाई पायक पर्ने कुरामा हातेमालो गर्नु आहिले हामी सबैको कर्तब्य पनि हो । बिश्वका ६ दर्जन भन्दा धेरै देशमा फैलिएको एनआरएनए अष्ट्रेलियाको शाखा अर्थात एनआरएनए अष्ट्रेलिया बिश्व संजाल मै निक्कै क्रियाशील र छुट्टै पहिचान सहित रहेको छ त्यसको मतलब हामीहरू झन् जिम्मेवार छौं र हामीले धेरै कुरामा गर्ब गर्ने ठाउँहरू छन् । अष्ट्रेलियामा निक्कै लोकप्रिय र करिब साढे आठ हजार पञ्जीकृत सदस्य रहेको यस संस्थाको अबको २ बर्षको नेतृत्व र सातौं राष्ट्रिय महाधिबेशनको सेरोफेरोमा हामी मध्ये धेरै यति बेला कुनै न कुनै रुपमा जोडिएका छौं ।

    बिगतका एनआरएनए अष्ट्रेलियाका केहि छुटाउनै नहुने प्रोजेक्टहरूमा परोपकरी कोष, एनआरएनए बिजिनेस काउन्सिल, पाथिभरा श्रद्धाश्रम, एनआरएनए हेल्प डेस्क, एनआरएनए बुकलेट, स्किल नलेज र इनोभेसन ट्रान्सफर, पुन:निर्माण फण्ड राइजिङ्ग, सूचना प्रबिधि कमिटि, नेपाल फेस्टिभल, बिद्यार्थी कल्याणकारी कोष जस्ता प्रोजेक्टहरू

     

    एनआरएनए अष्ट्रेलियाको पूर्व घोषित कार्यतालिका अनुसार जुलाई ८ मा सबै स्टेटहरूमा नेतृत्व छनोटको लागि चुनाब र जुलाई २२ मा सातौ राष्ट्रिय अधिबेशन पश्चात यो संस्थाले आगामी २०१७—२०१९ का लागि उर्जावान चुस्त र नयाँ नेतृत्व पाउने छ । आगामी अंकमा नयाँ नेतृत्व र तिनका नयाँ कार्य योजना सहित हामी हाम्रा पाठकहरू माझ आउने नै छौं ।

    निर्बाचन भन्ना साथ पद संख्या भन्दा इच्छुक धेरै हुन्छन् त्यस मानेमा मतदाताहरू माझबाट राम्रा मध्येका झन् राम्रो छानिन्छ भन्ने सबैको बिश्वास हो । प्रतिस्पर्धामा पक्ष विपक्ष हुनु स्वभाबिक नै त हो तैपनि यो प्रतिस्प्रर्धा स्वस्थ होस्, मित्रबत होस्, किनकि भोलि हारजित पश्चात हामी सबै एकअर्काको पूरक बन्न सकेनौ भने समुदायको हितमा काम गर्न नसकिने कुरा घाम झैँ छर्लङ्ग छ । तैपनि बिगत केहि बर्षदेखिको संस्थाको सदस्यता बितरण, निर्बाचनमा देखिने पक्ष विपक्ष र प्यानलिंगले साँच्चि नै धेरैको मन दुखेको धेरै प्रश्नहरू उठेको र हाम्रो सामजिक सदभाबमा तिक्तता आएको हो कि भन्ने संशय उठ्नु स्वाभाविक हो । आफ्नो पारिबारिक समय, आफुले सकेको वा आफु सँग भएको सीप धेर थोर आर्थिक सर सहयोग गर्न भनेर संस्थाको नेतृत्वमा जानेहरू बीचमा यस्ता अबाञ्छनीय प्रतिस्प्रर्धाहरू हाम्रा लागि शोभनीय छैनन् ।

    एनआरएनए अष्ट्रेलियाले बिगतमा गरेका र भविष्यमा निरन्तरता दिने भनेका कयौं कार्य योजना र पोजेक्टहरू निक्कै सराहनीय र उच्च मूल्याड्ढन गरिनु पर्ने खालका छन् । जुन संस्थाको स्थापना कालदेखि हालसम्म संस्थामा सकृय अग्रज र नेपाली समुदायका सबैको सहयोगले मात्र सम्भब भएको हो । बिगतका एनआरएनए अष्ट्रेलियाका केहि छुटाउनै नहुने प्रोजेक्टहरूमा परोपकरी कोष, एनआरएनए बिजिनेस काउन्सिल, पाथिभरा श्रद्धाश्रम, एनआरएनए हेल्प डेस्क, एनआरएनए बुकलेट, स्किल नलेज र इनोभेसन ट्रान्सफर, पुन:निर्माण फण्ड राइजिङ्ग, सूचना प्रबिधि कमिटि, नेपाल फेस्टिभल, बिद्यार्थी कल्याणकारी कोष जस्ता प्रोजेक्टहरूले हामी गफ मात्रै गरिरहेका छैनौं जन्मभूमिको लागि केहि गर्दै पनि छौं भन्ने स्पष्ट सन्देश दिएका छन् ।

    यसै गरि एनआरएनएहरू बाट व्यक्तिगत वा समुहगत तबरमा शिक्षा क्षेत्रमा गरेका लगानी विविध छात्रवृति त्यस्तै स्वस्थ क्षेत्रको लगानी अर्को सरहानीय पक्ष हो । शिक्षित र स्वस्थ नागरिकहरू नै भोलिका नेपालका भविष्य हाँक्न सक्ने आधारशिला हुन् । त्यसै गरि एनआरएनए अष्ट्रेलियाको भगिनी संस्थाको रुपमा सक्रिय नारी निकुञ्ज अष्ट्रेलियाको महिला स्वस्थ्य क्षेत्रमा गरेको कार्य पनि यहाँ बिर्सन नहुने कार्य हो । त्यसो त अत्याधिक बिद्यार्थीको संख्या रहेको अष्ट्रेलियामा बिद्यार्थी र भर्खरै अध्ययन सकेकाहरूको लागि एनआरएनएले अघिल्लो पटक बन्द गरेको ढोकालाई यस पटक अलिकति खुकुलो पार्दै बिद्यार्थी सदस्यको अबधारणा ल्यायो यसले धेरै हदसम्म विद्यार्थीहरू लाई पनि संस्था भित्र समेट्न मद्दत पुग्ने नै छ । हिजो सुरु भएको विद्यार्थी कल्याणकारी कोषलाई सक्दो छिटो कार्यन्वयनको दिशा, संधै जस्तो परिबर्तन भइ रहने यहाँको इमिग्रेसन सम्बन्धी नियममा विद्यार्थीहरू लाई जानकारी दिन सक्ने जानकारीमूलक सेशन र भर्खरै अध्ययन सकेकाका लागि करियर डेभलपमेण्टका सल्लाह र सुझाब दिनको लागि त्यस्तै खालको सेमिनारहरू गर्न पनि एनआरएनएले पहल गरोस् । जसले बिदेशी भूमिमा हाम्रा विद्यार्थी भाइबहिनीहरूलाई अभिभाबकत्वको महशुस गराइरहने छ ।

    नबिर्साैं अहिलेको यो दौड हाम्रो सुरुवात हो र दौडका हामी सहपाठी देश छोडेको पहिलो पुस्ता हाैं, हामीले हाम्रो कला संस्कृति रहन सहन र पहिचान दोश्रो पुस्तामा जोगाउनु छ । जसरी हामीले यहाँ बसेर देशको लागि गर्न सक्ने विविध प्रोजेक्टहरूका कुरा माथि गर्यो त्यसै गरि त्यसरी नै यहिँ बसेर आउने पुस्तालाई ‘हामी नेपाली हाम्रो नेपाल’ भनेर चिनाउन एनआरएनएको यो चौतरी उपयोगी हुन सक्नु पर्दछ ।

    अन्त्यमा, हामी सामाजिक प्राणी हाैं, आफ्ना न्यूनतम आबश्यकताहरू पूर्ति गरिसके पछाडि समाजको लागि केहि दिनु, केहि गर्नु हाम्रो सामाजिक दायित्व पनि हो । त्यसैले पनि आफ्नो र परिबारको समय बचाएर सामाजिक संस्था मार्फत समाज सेवामा लाग्छु भन्ने सबै धन्यबादका पात्र छन् । मात्र कुरो प्रक्रिया को हो, हामी बीचको सदभाब सामाजिक भावना कहिल्यै न भत्कोस न बिग्रियोस । नबिर्साैं अहिलेको यो दौड हाम्रो सुरुवात हो र दौडका हामी सहपाठी देश छोडेको पहिलो पुस्ता हाैं, हामीले हाम्रो कला संस्कृति रहन सहन र पहिचान दोश्रो पुस्तामा जोगाउनु छ । जसरी हामीले यहाँ बसेर देशको लागि गर्न सक्ने विविध प्रोजेक्टहरूका कुरा माथि गर्यो त्यसै गरि त्यसरी नै यहिँ बसेर आउने पुस्तालाई ‘हामी नेपाली हाम्रो नेपाल’ भनेर चिनाउन एनआरएनएको यो चौतरी उपयोगी हुन सक्नु पर्दछ । यो त्यति बेला मात्र सम्भब छ जति बेला हामीले उतैबाट आयातित भिन्न भिन्न परिचय छोडेर मात्र नेपाल र नेपाली परिचयमा रमाउन सक्छौं । त्यो अभियान हामी सबैले खुद आँफु बाटै शुरु गराैं आजैबाट सुरु गरौं । बिदेशी भूमिमा सहकार्यको मूलमन्त्रलाई हामी संधै आत्मसाथ गरौं सकारात्मक सोचको विकास गरौं । एनआरएनए अष्ट्रेलियाले सक्षम नेतृत्व पाओस, आउँदै गरेको अधिबेशन सफल रहोस् हामीबीचको भावनात्मक एकता कहिल्यै छिन्न भिन्न नबनोस् ।

     

    को को छन् त यसपटकको एन आरएनए हाँक्न चाहने आंकक्षीहरू

    चुनाबमय बनेको एनआरएनए अष्ट्रेलियाका नेतृत्वका आंकक्षीहरू परिचित अनुहार नै छन् । कुनै न कुनै रुपमा एनआरएनए अष्ट्रेलिया संग वा यहाँका समुदायमा सक्रियहरू नै फेरि पनि आरएनए हाँक्न आंकक्षी बनेर आउनु आँफैमा निक्कै राम्रो कुरो हो ।

    अध्यक्ष पदका लागि चार जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । वर्तमान कार्यसमितिका उपाध्यक्ष अभिमानसिंह बस्नेत, वर्तमान कार्यसमितिका महासचिव टोनु घोताने, यस अघिको कार्यसमितिमा उपाध्यक्ष रही सकेका स्वतन्त्र प्रताप शाह र भिक्टोरियाको स्थानीय राजनीतिमा काउन्सिलर सदस्यको रुपमा चुनाब लडि सकेका डा. महेश भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।

    निर्वाचनले माथि उल्लेखित केन्द्रिय समितिका बाहेक ८ वटै राज्यहरूमा अलग अलग राज्य समिति समेत चयन गर्नेछ । राज्य समितिका संयोजकहरू पदेन केन्द्रिय उपाध्यक्ष हुनेछन् ।

    त्यसै गरि महासचिव पदका लागि डा. ज्ञानेन्द्र रेग्मी, राजु मानन्धर, नारायण कोइराला र राजन सिटौलाले उम्मेदवारी दिएका छन् भने सचिव पदका लागि देव बहादुर गुरुङ, डिला खरेल र बिकास केसीले दाबी प्रस्तुत गरेका छन् । यसैगरि कोषाध्यक्षका लागि अच्युत शर्मा थपलिया, अनिल पोखरेल र कुशल केसीले उम्मेदवारी दिएका छन् । महिला फोकल पोइन्टमा प्रतिज्ञा अधिकारी र युवा संयोजकमा धर्मराज अधिकारी र कोमलराज पाठकले आफ्नो नाम दर्ता गराएका छन् ।

    निर्वाचनले माथि उल्लेखित केन्द्रिय समितिका बाहेक ८ वटै राज्यहरूमा अलग अलग राज्य समिति समेत चयन गर्नेछ । राज्य समितिका संयोजकहरू पदेन केन्द्रिय उपाध्यक्ष हुनेछन् । यसरी राज्य समितिमा उम्मेदवार दिनेहरूमा उपाध्यक्ष पदमा न्यु साउथ वेल्सबाट दिनेश पोखरेल, नन्द गुरुङ, केशव जोशी, दक्षिण अष्ट्रेलियाबाट अशोक केसी, प्रजिता गेलाल, क्यानबेराबाट राजु अधिकारी, राजनप्रसाद ढुङ्गेल, नर्दन टेरिटोरिबाट बाबुराम भट्टराई, हरिराम रिजाल, क्वीन्सल्याण्डबाट सन्तोष कुंवर, भिक्टोरियाबाट केशव कंडेल र माधव पौडेल, पश्चिम अष्ट्रेलियाबाट नवीन बिडारी र दीपक शर्मा र तास्मानियाबाट विश्वेश्वर खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । क्वीन्सल्याण्ड र तास्मानियाबाट एक मात्र आंकक्षीको उम्मेवार परेकाले उपाध्यक्ष पदमा सर्वसम्मत भएको छ ।

    यस पटक अष्ट्रेलियाबाट ६ जना सदस्यहरूले अन्तराष्ट्रिय समन्यव समितिमा प्रतिनिधित्व गर्नेछन् ति ६ जना सदस्यहरू पनि यसै समितिले छान्नु पर्नेमा ११ जनाको उम्मेदवारी परेको छ । जसमा गोकुल घिमिरे, दीपककुमार भट्टराई, जानकी पौडेल, केदार रिजाल, मधु पन्थी, निरन्जन प्रसाई, राजकुमार अधिकारी, राजकुमार थपलिया, उषाकिरण बरिया, सन्तोष दाहाल र रमेश पौडेल छन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार