हामी जन्मभूमिबाट हामी हजारौं किलोमिटर टाढा छौं । पहिलो पुस्ताका हामी मध्ये धेरै यहाँ बिद्यार्थीको रुपमा आएका हाैं । ९० को दशकमा यहाँ आएकाहरू आहिले दोस्रो पुस्ता हुर्काउने तयारीमा छन् भने फेरि अर्को पुस्ताले अघिल्लो पुस्तालाई बिस्थापित गरेको छ, उनीहरूको आफ्नै संघर्षको कथा व्यथा छन् । युवा अवस्थामा नै बिदेशिएको यो पुस्ताको अबको चुनौती भनेको यहाँका सबै सानाठूला समस्याहरू संग संघर्ष गर्दै आफ्नो शिक्षा र उज्वल भविष्य सुरक्षित राख्ने हो । उचित आहार आहार बिहार साथी संगत लगाएतका बिषयहरूले यस्ता कुरामा ठुलो प्रभाब पार्दछ । यसै क्रममा गत केहि हप्ता हाम्रो समुदायमा । विविध दु:खद घटनाहरू घटे यसै सेरोफेरोमा डिजिटल जेब्रा क्रसिंग मार्च अंकका लागि हामीले हाम्रा पाठक समक्ष हाल हाम्रो समुदायमा देखिएको असामायिक मृत्यु, आत्महत्या र डिप्रेसन जस्ता । विविध समस्याहरूले सम्पूर्ण नेपाली समुदाय मर्माहत बनेको छ । बिशेष गरी युबा बर्ग र नब आगन्तुकमा देखिएको यो समस्या न्युनीकारणमा हामी र हाम्रा सङघ–संस्थाहरूको के भूमिका रहना सक्ला ? भनेर सोधेका थियाैं प्रस्तुत छ पाठकको विचार ।

सन्तोषी के सी,

सर्वप्रथम त नेपाली समाजमा घटेका यस्ता असामायिक घटनाले निकै स्तब्ध भएकी छु । आत्महत्याको निर्णय कसैले पनि सोचेर बिचारेर लिदैँनन् । डिप्रेशनले जाकेर अन्तिम रुप नै आत्महत्या हुन्छ । यस्तो अवस्थामा हामीले गर्न सक्ने भनेको सर्वप्रथम त डिप्रेशन या ब्लहष्भतथ को बारेमा फ्रि काउन्सिलिङको ब्यबस्था मिलाउने अथवा युवा बर्ग नब आगन्तुक र अन्य बर्गलाई समेत समेटेर डिप्रेशन सम्बन्धी एक दिने वर्कशप गर्न सकिन्छ । यसका लागि सबै संघ संस्थाहरूले हातेमालो गरेर कार्ययोजना बनाउनु पर्दछ । साथै आफ्ना वरिपरीका साथीभाई जो कोही पनि डिप्रेशनको शिकार भएका छन् या त डिप्रेश्ड जस्तो लाग्दछन् भने उनीहरूलाई तुरुन्त मनोचिकित्सककोमा जान प्रोत्साहित गर्नु पर्दछ । र आफुले पनि सक्दो चियो चर्चो गरिरहन पर्दछ जस्तो मलाई लाग्दछ ।

 

 

कोमल राज पाठक , सिड्नी

यस्ता खाले । विविध घटनाहरू बढ्नुका पछाडिका कारणहरू का बारेमा जानकार हुनु र त्यसको सम्भावित समाधानको अध्ययन गर्नु निक्कै आवश्यक छ । जसले गर्दा रोक्न नसके पनि यस्ता घटनाहरू कमी गर्न सकियोस् । मेरो विचारमा मनोरञ्जनात्मक गतिबिधि खेलकुद ध्यान योग जस्ता कुराहरूले तनाब घटाउन र सकारात्मक सोच ल्याउन धेरै हदसम्म सहयोग गर्न सक्छ । त्यसैले यहाँका सामाजिक संघ संस्थाहरूले त्यस्ता खाले कुराहरूमा समेत चासो लिएर नब आगन्तुक विद्यार्थीहरूमा आउन सक्ने फ्रस्ट्रेसन र चिन्ता एवं कामको प्रेसरलाई सम्बोधन गर्न सक्ने या सहयोगी हुन सक्ने खालको कार्यक्रमहरू ल्याउनु जरुरी देखिन्छ । सबै भन्दा ठूलो कुरो आहार, बिहार, योगा, ब्यायाम जस्ता कुराहरूमा नयाँ आउने विद्यार्थीले ध्यान नदिने हँुदा बिज्ञहरू कै सहयोग लिएर यस्ता कुरामा वर्कशप गर्नु पर्ने देखिन्छ ।

 

 

बसन्त पौडेल, ब्रिसबेन

बिशेष गरि विद्यार्थीकालमा रहंदाका अबस्थामा हुने असमाहिक निधन, आत्महत्या र डिप्रेशन जस्ता समस्या दिन प्रतिदिन बढ्नु प्रमुख समस्याका रुपमा रहेको छ र यसको समाधानका लागि हामी र हाम्रो संघ–सस्थाहरूले समय समयमा नव आगन्तुकहरू सँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरि उनीहरूका समस्याका बारेमा छलफल गर्ने र समाधानका उपाय निकाल्ने प्रयास गर्नु पर्दछ । यहाँ रहँदा पालना गर्नु पर्ने नियमका बारेमा जानकारी गराउनु पर्दछ । कलेज नियमित नजाने, तोकिएको भन्दा धेरै समय काम गर्ने, आफ्नो स्वस्थ एवं स्वस्थ बिमाको बारेमा ख्याल नगर्ने जस्ता कार्य गर्दा भबिष्यमा पर्न सक्ने कानुनी जटिलताका बारेमा सम्बन्धित बिज्ञहरूबाट परामर्श दिनु पर्दछ ।

 

भरत देबकोटा, सिड्नी

मानिस सामाजिक प्राणी हो र स्वाभाबिक रूपमा उसको समुदायसँग अन्र्तनिहित सम्बन्ध रहेको हुन्छ । यद्यपि जीबनका कतिपय घटनाक्रमले उसलाई एक्लो र निरास बनाएको हुनसक्छ । बिशेष गरि नेपालीयुवा बिद्यार्थीको हकमा बिदेशी पारीबेसमा सँग सस्थाको अझ बढी साथ र सहयोगको जरुरी हुन्छ । सामाजिक सस्था र ब्यक्तीहरूले बिद्यार्थी बर्गलाई मागिखाने भाँडोको रुपमा प्रयोग होइन, उनिहरूलाई उचित सल्लाह, अध्ययन सम्बन्धी सहि मार्गदर्शन, सामाजिक गतिबिधीमा भागलिने बातावरण र भबिष्य सम्बन्धी उत्प्रेरणा जगाउने बाटो देखाउनु पर्दछ । यसको अलबा मानसिक तनाबको अर्को पाटो अनावस्क पारिवारिक अपेक्षा र छिटो निर्णय लिने कम उमेरका कारण भोग्नु परेको दु:खद घटनाक्रमले हामीलाई, बिद्यार्थी र अभिभाबक दुबैलाई समेट्ने चेतना अभियानको कार्यक्रम अगाडि बढाउनुको बिकल्प छैन ।

 

प्रशन्न थपलिया, मेलबर्न

म अष्ट्रेलिया आएको जम्मा दुई हप्ता भयो । नेपालमा हुँदा फेसबुक र अनलाइन पत्रपत्रिकाबाट अष्ट्रेलियामा भईरहेको असामायिक मृत्यु, आत्माहत्या र डिप्रेसनको समाचार सुनिरहन्थे र दिक्क पनि लाग्थ्यो । यहाँ आएपनि मैले नेपाली समुदायका केही मान्छेहरू देखेँ । उहाँहरू एकदमै व्यस्त, परिवारलाई समय पनि नदिएको देखेँ । नेपालमा भन्दा बढी रिलाक्स र घुमेको पनि देखेँ । यी सबै कुरा मलाई नेपालमा भन्दा फरक लागेको थियो । सायद यही व्यस्त, तनाव जीवन र बढी रिल्याक्स जीवनले यस्तो समस्या निम्त्याएको हुन सक्छ । त्यसैले यहाँको संघ संस्थाले चेतनामूलक कार्यक्रम गरिरहनुपर्छ । धेरै तनाव, व्यस्त र रिल्याक्स जीन्दगीले निम्त्याउ सक्ने बारे वर्कशप गर्न सक्नुपर्छ । समुन्द्रमा जाँदा अपनाउन पर्ने समाधानको बारेमा जानकारी दिनुपर्छ जस्तो लाग्छ मलाई ।

 

रबिन्द्र शर्मा, सिड्नी

नजिकको अभिभाबक वा साथीभाइले आँफूले चिनेका विद्यार्थीहरूले निरन्तर आफ्ना अभिभाबकसंग सम्पर्क गरेका छन् कि छैनन् जानकारी लिने । नेपाली दुताबासले वा अन्य संघ संस्थाले अष्ट्रेलियामा भएका हरेक विद्यार्थीहरूलाई सम्पर्क फोन नम्बर र इमेल दिन लगाउने र यस्ता कुराहरू सुरक्षित राख्ने र आबश्यक सूचनाहरू पठाई रहने । हरेक सबअर्ब र रियल स्टेटसंग को–अर्डिनेशन गरेर सो सबअर्बमा बस्ने नेपालीको डाटा संकलन गर्ने, भिसा स्ट्याटस ठिक छ कि छैन इमिग्रेसन बिज्ञको सहकार्यमा बेला–बेला । विविध जानकारीमूलक कार्यक्रम गर्ने । केहि समस्या परेमा आफ्नो मनको कुरा सम्बन्धित निकाय वा सरोकार वाला संग आएर भाब व्यक्त गर्न सक्ने अभिभाबक वा साथीभाइ बनाउन विद्यार्थीहरू लाइ प्रोत्साहन गर्ने । युबा बर्ग वा बिद्यार्थीहरूलाई पब पोकर वा क्यासिनोमा सके प्रतिबन्ध वा निश्चित रकम जस्तो ५० वा १०० डलर सम्म मात्र खेल्न पाउने नियम बनाउने ।

 

अच्युत अधिकारी, ब्रिसबेन

आहिले जुन गतिले नेपाली समुदायमा घटनाहरू भएका छन् त्यो साह्रै दुख लाग्दो कुरा हो । अष्ट्रेलियामा नेपाली समुदाय दिन प्रतिदिन बढ्दै छ र यो संगै बढ्दै गएको छ असामायिक मृत्यु, आत्महत्या र डिप्रेसन । मलाई लाग्छ नँया आउने युवाहरूलाई यहाँ को बस्तु स्थिति नबुझी आएका छन् । उनीहरूलाई उचित परामर्शको आवश्यक छ । चाहे हाम्रो ब्यतिगत तबरले होस् या संस्थागत तबरले होस् यहाँका अग्रजहरूले केहि न केहि गर्नु जरुरी देखिन्छ । घटना घट्नु आघि नै यसको रोकथाम गर्न सके बेश हुन्छ होला । नयाँ आउनेहरूलाई हेल्प डेस्क, स्वागत कार्यक्रम, चेतना मुलक कार्यक्रम वा सामाजिक संजाल मार्फत संदेशहरू दिएर पनि केहि हदसम्म यसलाई कम गर्न सकिन्छ कि ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार