यसको शाब्दिक अर्थ हो (धागो, डोरी आदीको जेलिएको डल्लो, ग्रन्थी । यति मात्रै बुझ्दा पनि यसको अर्थ स्पष्ठ हुन्छ । आंख्लालाई पनि गाँठो नै भनिन्छ । कुट रहस्यलाई बुझाउनु पर्दा पनि गाँठो शब्दकै प्रयोग गरिन्छ । गाँठोको अर्थ वास्तवमा त्यत्तिले मात्रै पूरा हुंदैन । गाँठो धेरै प्रकारको हुन्छ । टाइको गाँठो बेग्लै हुन्छ । मार्शल आर्टका खेलाडीले कम्मरमा बांध्ने बेल्टको गाँठो बेग्लै हुन्छ । सुरूवालको गाँठो बेग्लैहुन्छ । मधेसीको धोतीको गाँठो बेग्लै हुन्छ । रिवनको गाँठो, डोरीको गाँठो बेग्लै हुन्छ । कपालको चुल्ठोको गाँठो बेग्लै हुन्छ । फांसिमा झुन्ड्याइँदा बनाइने गाँठो बेग्लै हुन्छ । झुन्डिएर आत्महत्या गर्नेहरूले बनाएको गाँठो बेग्लै हुन्छ । सियोमा राखेको धागोको गाँठो बेग्लै हुन्छ । गाँठो जसरी बांध्दा पनि हुन्छ तर फुकाउनु पर्दा चांहि निकै सजगता अपनाउनु पर्नेहुन्छ । जानिएन भने त्यहि गाँठो घांडो बन्दछ । गुजुल्टियो भने धागोको डल्लै फ्याँक्नु पर्ने हुन्छ ।

 गाँठो त एक प्रतीक मात्रै हो । हाम्रो जीवनमा त्यस्ता गांठाहरूसंग हामीले कतिपटक सामना गर्न‘ पर्छ कति पटक, गनि साध्य हुंदैन । त्यस्ता गांठाहरूलाई फुकाउंदै गयौं भने खासै समस्या पर्दैन तर फुकाउन जानेनौं भने एकपछि अर्को गर्दै समस्याहरू बल्झिदै जान्छन् । २००७ सालमा ल्याएको प्रजातन्त्रले राणाहरू त फालिए तर राजतन्त्र र प्रजातन्त्रबीचको असमझदारीका कारण गाँठो कसिदै गयो । राजाले दिन्छु भनेर घोषणा गरेको संबिधानसभाको निर्वाचन गराउन उनी तयार भएनन् । कांग्रेसले पनि त्यो गाँठो फुकाउन जानेन । गाँठो कसिंदै गयो । अन्तत: कांग्रेसले संसदको निर्वाचनमै चित्त बुझाउनु पर्यो । गाँठो फेरी डेढ बर्षमै बल्झियो । राजा महेन्द्रले पारेको गाँठो बि पीले फुकाउन सकेनन् । नतिजा के भयो त्यो जगजाहेरैछ । मुलुक तीस बर्ष पछि धकेलियो । सत्र सालमा बल्झेको गाँठो २०४६ सालमा आएर बल्ल फुक्यो । २०५१ सालमा आएर गाँठो फेरी गुजुल्टियो । दलहरूले फुकाउन सकेनन अथवा फुकाउन चाहेनन् । गाँठो फुकाउनुको साटो गुजुल्टाउंदै लगियो र २०५९ सालमा त्यसको नाजायज फाइदा ज्ञानेन्द्रले लिन खोजे । २०५१ सालमा गुजुल्टिएको गाँठोलाई उनले झनै गुजुल्टाइदिएका कारण २०६३ सालमा मात्रै फुकाउन सकियो त्यसको दोषी ठहर गर्दै उनको ताज खोसियो । ताज खोसेर उनलाई नागार्जुन त पुर्याइयो तर २०६४ सालदेखिनै गाँठो फेरी गुजुल्टियो । यतिबेलासम्म त्यो यति गुजुमुजु परिसक्यो कि दलहरूका हातबाट त्यो फुकाउन संभबै देखिदैन । गाँठो फुकाउन लेण्डुप दोर्जीहरू अगाडि बढेका छन् । लेण्डुपहरूको कामै हो गाँठो फुकाउनु भन्दा झन गुजुल्टाउने र फाल्ने । त्यस्ता लेण्डुपहरू पहााडे समुदायमा छन्, थारू समुदायमा छन, मधेसी समुदायमा छन् । राजतन्त्र कालमा उनिहरू भन्ने गर्थे राजतन्त्रले बिगार्यो । गणतन्त्र आयो भने नेपालमा स्वर्णयुग फर्किन्छ । जब गणतन्त्र आयो तिनैहरूले भन्न थाले – ‘संबिधान बन्यो भने देशको कायापलटहुन्छ’ । त्यतिबेला देशको कायापलट हुने भविश्यबांणि गर्नेहरू यतिबेला भन्दैछन् जातीय संघीयता दिइएन भने देश बिखण्डनमा जान्छ । त्यसलाई रोक्न कसैले सक्दैन । मधेसीहरू त अझ एक कदम अघिबढेर भन्दैछन देशलाई बिभाजन गरेरै छाड्छौं ।

 संघियताको रटान लगाउदा लगाउँदै गाँठो कतिसम्म गुजुल्टी सक्यो भन्नेकुरा कुनैपनि दलका कुनैपनि नेतालाई थाहा छैन । जनता संत्रस्त छन् देश कतै सिक्किम बन्ने त हैन भनेर । हिन्दूहरू आक्रोशित छन् चौरान्नब्बे प्रतिशत ओमकार परिबारका सदस्य भएको देशलाई धर्म निरपेक्ष बनाइ दिएकोमा । धर्म निरपेक्षताका आडमा अबैध तरिकाले बालगृह संचालन हुनथाले । आमा बुवा भएका बालबालिकालाई बालगृहमा राख्न नपाउने कानुनी प्राबधानलाई लत्याउँदै बाल बालिका राख्ने, तिनलाई जबरजस्ती क्रिस्चियन बनाउदै बाइबल घोक्न लगाउने काम यत्र तत्र सर्बत्र चलिरहेको पाइएकोछ । कास्कीको पछिल्लो घटना त्यसको प्रमाण हो । मेरै गांउंको एउटा घटना मेरो मानसपटलमा अझै ताजै छ । लामो समयपछि म आफ्नो पैतृक थलो गएको थिएँ । गाउँ घुम्ने क्रमा मैले एउटा नयाँघर देखें । कसको घर रहेछ, जान्ने जिज्ञासाले आंगनमा गएँ । एक चिरपरिचित बृद्ध पिंढीमा बसेका रहेछन् । उनका पत्नी, छोरा, छोरी कोही नभएको त मलाई थाहै थियो । उनलाई म काकु भनेर संबोधन गर्छ‘ । त्यहि नाताले हालचाल सोधें । पत्ता लाग्यो कि त्यो घर उनको नभई उनी त्यसको हेरालु रहेछन् । सधै निधारमा ठाडो टिका लगाउने काकुको निधार रित्तो थियो । त्यसबारेमा केहि सोध्न मन लागेन । फर्किने बेलामा उनको आंगनमा रंगी बिरंगी फुलेका फूलको बोटबाट दुईथुंगा फूल टिपें । मैले फूल टिपेको देख्दासाथ काकुले फूल टिप्नाको प्रयोजन सोधे । मैले उनको घर नजिकैको शिब मन्दिरतिर इसारा गर्दै मन्दिरमा चढाउने बताएपछि उनि झर्किदै बोले, हुंदैन हुंदैन । यो चर्चहो । चर्चको बगैंचामा फुलेका फूलहरू मन्दिरमा चढाउन निषेध गरिएको छ । यो हाम्रो पादरीको आदेश हो । गाँठो कसरी कसीदैछ भन्ने यो पनि एक नमुना हो । मुलुक हिन्दू राष्ट्र छँदा नभएका, नघटेका, नसुनेका घटनाहरू देख्नु सुन्नु परिरहेकोछ । राजा आउ देश बचाउको नारा सघन बन्दैछ । राजतन्त्र पुन:स्थापनाका लागि सर्वप्रथम त सेना सकृय बन्नै पर्छ । इतिहासले त्यो कोर्ष नलेला भन्नपनि सकिंदैन । देशलाई सिक्किम बन्नबाट बचाउन सक्ने व्यक्तित्व नै कतै देखिदैन, नत गाँठो फुकाउन सक्ने अनुहार नै ।

 मधेसीहरू पाहाडे समुदाय प्रति आक्रामक बन्दै गएका छन् । आमसभाहरूमा दिनदहाडै पाहाडेहरूमाथि लाठी, भाला, खुंडा खुकुरीले आक्रमण गर्न उक्साइ रहेका छन् । प्रहरी चौकी जलाउने र प्रहरी तथा तिनका परिवारलाई मधेसमा डेरासमेत नदिन उर्दिजारी गरिरहेका छन् । मधेसबाट पहाडे लखट्ने अभियानलाई तिब्रता दिइदैछ । मधेसी नेताहरूले काठमांडौलाई नाकाबन्दी गर्ने धमास दिइरहेकांछन भने भारतीय नागरिकलाई समेत नाका नाकाबाट आपुर्ती ठप्प पार्न अुरोध गरिरहेका छन् । रौतहटको गौरबाट कार्यालय प्रमुखहरूनै असुरक्षाको कारण दर्शाउंदै काठमांडौ फर्किरहेका छन् । मधेसमा मधेसी चिकित्सकका गाडी जलाइएका छन् । न्ययाधिशको निवासमा आगजनिको प्रयास गरिएकोछ । आन्दोलनमा आपराधिक चरित्रका मानिसको घुसपैठ ब्यापक रूपमा भएको छ । कैलालीमा प्रहरीलाई जिउँदै जलाएको देखासिकी स्वरूप मधेशमा पनि त्यहि असफल प्रयास गरियो । मधेसी र थारू सभासदले पार्टीको ह्वीप नमान्ने घोषणा गरिसकेका छन् । मधिसी र थारू सभासदले मात्र हैन पहाडे समुदायका सभासद समेत दलको निर्णय प्रति असन्तुष्ट छन् । यसरी गाँठो यति गुजुमुजु परिसक्यो की फुकाउन सक्ने सीप भएको नेता कोही देखिदैन । यो गाँठो हाम्रै नेताले गुजुल्टाएका हुन् अथवा सिमापारीबाट नै गुजुल्टाउनमा सहयोगीको भूमिका खेलिंदैछ त्यसको समेत अध्ययन भै नसकेको अवस्था छ । गाँठो जसरी गुजुल्टिएको होस, गुजुल्टिएकै छ र फुकाउनु पनि त्यत्तिकै जरूरी छ तर फुकाउने कसले ? सबै तमासे मात्र बनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार