म स्तम्भ लेख्छु र स्तम्भसँगै आफ्नै नाम पनि लेख्छु । नाम लेख्नु मेरो बाध्यता नै बनिसकेको छ । भूलवश कुनै दिन नाम लेख्न छाड्दा एउटा साप्ताहिकले मेरो स्तम्भलाई बेनामी छापिदिएको नजिर ताजै छ । त्यसैले नाम लेख्नु मेरो बाध्यता हो । म उक्त साप्ताहिकमा कहिलेकाहीं मात्रै मेलबाट स्तम्भ पठाउँछु, अन्यथा सधैं हस्तलिखित नै पठाउँछु । यो क्रम दशक नाघिसकेको छ तर पनि त्यो साप्ताहिकका टाइपिस्ट, सम्पादक कसैलाई पनि मेरो प्रभुले हस्तलिखित स्तम्भ चिन्न सक्ने बनाइदिएनन् । के गर्नु ।

मधेशका कुरा गर्नुपर्दा पनि झण्डै झण्डै यस्तै प्रसङ्ग अगाडि आउँछ । मधेश नेपालभित्रै पर्छ भन्ने कुरा वर्तमान सरकारलाई राम्रोसंग थाहा छ, तर मधेशीहरू नेपाली हुन् कि हैनन् भन्ने कुरामा वर्तमान सरकार अलमलमा छ । सदियौंदेखिका नेपालीलाई नेपाली हुन् कि हैनन् भनेर नचिन्ने सरकारलाई प्रभुले चिन्न सक्ने बनाइदिऊन् । यही शुभकामना ।

दक्षिणी सीमानाकामा ६ महिना धर्ना बसेर कुनै प्रतिफलविना पछाडि फर्केका मधेशीहरू यतिबेला मधेशबाट लखेटिएर काठमाडौं पसेका छन् । उनीहरूको आन्दोलनले सिंहदरबार, बालुवाटार, शान्तिवाटिका, लगनखेल, बानेश्वर, सीतापाइला, जोरपाटी–गौशाला, कीर्तिपुर, भक्तपुर क्षेत्रमा चक्कर मार्दै छ । मधेशमा जति सजिलो छैन, उनीहरूलाई काठमाडौंमा आन्दोलन हाँक्न । यहाँका जनता छिट्टै प्रतिकारमा उत्रिनेछन् । यो कुरा उनीहरूले बेलैमा बुझ्दा राम्रो हुनेछ । मधेशमा पहाडियाविरुद्ध चालिएको ताण्डव लीलालाई काठमाडौंले बिर्सेको छैन र बिर्सन्न पनि, मधेशीहरू नेपाली हुन् कि हैनन् ? भनेर खुट्याउन नसक्ने वर्तमान सत्ता गठबन्धनले मधेशी आन्दोलनलाई सडकमा निकालिएको तमासाको संज्ञा दिएको छ । पंक्तिकार एक हदसम्म त्यो विशेषणलाई सही ठान्दछ । मधेशीको माग दाइजो नपाएसम्म विवाहै गर्दिनँ भन्ने बेहुलाको जस्तो छ । दाइजो दिनै नसक्ने कन्या पक्षले कसरी दाइजो दिन्छ ? संविधान पुनर्लेखन गरिनुपर्ने । पहाड र मधेश मिलाएर बनाइएको प्रदेश नस्वीकार्ने । अंगीकृत नागरिकले राष्ट्राध्यक्ष, सरकार प्रमुख जस्ता पद पाउनुपर्ने जस्ता माग राखेर आन्दोलन गर्नु तमासा नभएर के हो ? मधेशमा पहाडलाई मिलाउनै नहुने माग राखेर पाँच महिनासम्म पहाडलाई नाकाबन्दी गरेर थाकेका मधिसेहरूलाई यतिबेला तिनै पहाडेहरूले साथ दिएर नाक जोगाइदिएका छन्, अन्यथा सडकमै कुटिने थिए उनीहरू । पहाडे समुदायमा त्यत्रो आक्रोश छ मधेशी तथा भारतीयहरूप्रति । यस मानेमा चाहिं उनीहरूले बुद्धि पुर्‍याएकै हुन् जनजाति पार्टीहरूलाई गोलबन्द गरेर ।

मधेश आन्दोलनको अर्को नराम्रो पक्ष के हो भने उनीहरू फगत आफ्नै लागि लडिरहेका छन् । वर्गीय स्वार्थका लागि लडिरहेका छन् । जातीय स्वार्थका लागि लडिरहेका छन् । भारतको मोहरा बनेर लडिरहेका छन् र पहाडे समुदायप्रति आक्रामक बनिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा मधेशबाटै बढारिएका नेताहरू आफ्नो गुमेको शाख फिर्ता गर्न सिधा–साधा जनतालाई गुमराहमा राखी सडक आन्दोलन गरिरहेका छन् । पाँच/छ महिना लामो मधेश आन्दोलनबाट मधेशी जनता थिलथिलो भएका छन् । उनीहरूको रोजीरोटी गुम्दा नराम्रोसँग गरिबीको पीडा भोग्दै छन् तर पनि पढेलेखेका, टाढाबाठा मधेशीहरू लाजशरम नै नमानी वक्तव्यबाजी गर्छन्, लेख लेख्छन्, कि– ‘दक्षिणी सिमानाको आन्दोलन काठमाडौंलाईं आलिंगन गर्न पुगेको छ । अब त्यो आन्दोलन रित्तो हात काठमाडौंबाट फर्किनु हुँदैन ।

यी टाढाबाठाहरू सिमानाका अवरोध गर्दा पनि यसै वक्तव्यबाजी गर्थे र उधारो सम्झौता मान्ने छैनौं, अबको सम्झौता नगदमै गरिनुपर्छ भन्थे । कति नगद पाए, कति उधारो पाए जगजाहेरै छ । पश्चिमका थारुलाई भड्काएर गराइएको हिंसाको मारमा थारुहरू नै परेका छन् । सीमानाकामा गराइएको नाकाबन्दीको मारमा स्वयं मधेशीहरू नै परे । सडक आन्दोलनका क्रममा पहाडे समुदायलाई खोजी–खोजी आक्रमण गरेबाट स्वयं मधेशीहरू नै लज्जित भए । तैपनि मधेशीहरू यतिबेला काठमाडौंका बासिन्दाबाट नैतिक समर्थनको पर्खाइमा छन् । प्रोत्साहनको अपेक्षा गरिरहेका छन् । योभन्दा तमासा अरु के हुन सक्छ ? लाज पचेकाहरूको ?

भारतको बलमा नाकाबन्दी गर्ने, दिल्ली र विहार धाउने, रक्सौलको दानापानी खाने, पहाडे समुदायलाई देखिनसहने, राष्ट्रिय झण्डा जलाउने अनि भारतको झण्डा छात्तीमा लगाउने नेपाल आमालार्इं वेश्या भन्ने मधेशीलाई सत्ताले के भनेर चिन्ने ? मधेशीहरूले नै जवाफ दिंदा राम्रो होला । ५/६ महिने लामो नाकाबन्दी कुन माग पूरा भएपछि टुंगियो ? त्यसको जवाफ पनि मधेशीहरूले नै दिंदा राम्रो होला । अहिले पुन: राजधानी केन्द्रित आन्दोलन गर्न कुन शक्तिले हौस्याएको छ ? त्यो पनि मधेशीहरू नै जानून् । हामीले जानेको यत्तिमात्रै हो कि संविधानको पुनर्लेखनको माग राखेर आन्दोलन गर्नु भनेको नाजायजै हो । मधेशलाई पहाडबाट अलग्याएर संघीयता देऊ भन्नु पनि नाजायजै हो । अंगीकृतले संवैधानिक पदको माग राख्नु त झन् नाजायज हो । यी माग न त काँग्रेसले पूरा गर्न सक्छ न एमालेले, एमाओवादीले नै पूरा गर्न सक्छ । न त माथि उल्लिखित तीन दल मिलेर नै दिएर दिइन्छ । जनतासँग प्रत्यक्ष सरोकारको विषय जबर्जस्ती लादेर लादिंदैन । मधेशीले बुझ्न जरुरी छ ।

खेत खलियानमा काम गरिरहेका मधेशीलाई भाडाका आन्दोलनकारीका रुपमा उठाएर ल्याउँदैमा काठमाडौं झुक्ने छैन । भारतले दबाब दिंदैमा काठमाडौं डराउने छैन । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्ने वैद्य माओवादीले त्यतिबेला कुन कुकृत्य गरेन ? तर आज लाज पचाएर आफू छायामा रहेर बादलको नेतृत्वमा एकीकरणमा किन पठायो ? त्यसको जवाफ कसले दिने ? मधेशीहरूले पनि ५/६ महिना आन्दोलन र नाकाबन्दी किन गरे ? किन फिर्ता लिए ? जनतालाई जवाफ दिनुपर्दैन ?

हाल भइरहेको काठमाडौं केन्द्रित आन्दोलन पनि बाह्य इसारा र डिजाइनमा सञ्चालित छन् । मधेशी आन्दोलन पनि बाह्य इसारा र डिजाइनमा सञ्चालित छन् । मधेशी आन्दोलनहरू त्यति नै लामो हुनेछ जति लामो काश्मिर आन्दोलन र प्यालेस्टिनी आन्दोलन । जनता तवाह हुनेछन् । मधेश ध्वस्त हुनेछ । भकुण्डोरुपी मधेशी उफ्रिमात्र रहनेछन् । उफ्रिमात्र रहने भकुण्डोले गोल कतै गरेको छ र ? विकाउ चरित्र बोकेका मधेशी नेताले मूल्य राम्रो नपाउँदासम्मका लागि मात्रै आन्दोलन गर्नेछन् । मूल्य राम्रो पाएमा रातारात गायब हुनेछन् । यो दृश्य विगतमा देखे–जानेकै हो ।

छिमेकीको त थोर बहुत बुद्धि फिरेजस्ता छ तर भकुण्डोको बुद्धि किन फिथ्र्यो । भकुण्डो उफ्रिरहेको छ । छिमेकीले उफारिरहेको छ । मधेशबाट लखेटिएका मधेशीहरू काठमाडौंमा उफ्रिरहेका छन्, उफ्रिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार