सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस

  • श्रीमानले पाल्छ भन्ने मानसिकता हटाएर आत्म विश्वास बढाएका पनि छौं, जसले गर्दा हाम्रा पुस्ताका महिलाहरुले चाहे देशमा होस् या विदेशमा परम्परागत जिम्मेवारीलाई पनि संहाली परिवार, बालबच्चा, घरको रेखदेख सफासुग्गर देखि बाहिरी सामाजिक र व्यवशायिक गरी विभिन्न क्षेत्रमा हात फैलाउन सफल भएका छौं

  • मार्च ८, तथा फागुन २५ यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस अथवा १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ” Be bold for changes”    नाराका साथ विश्वभरी मनाईयो । संयुक्त राष्ट्रसंघले पनि यसवर्ष “Women in the changing world of work- Planet 50:50 by 2030”  अथवा “बदलिदो परिवेसमा कामकाजी महिला सन् २०३० सम्ममा बराबरी पाईला” नाराका साथ महिला र वालवालिका विरुद्ध भेदभाव र हिंसाको अन्त गरी समान सहभागिता र अवसर पैदा गर्ने लक्ष्य लिएको छ भने नेपालमा पनि महिला “सम्भावनाको आधार सीपयुक्त हात र स्वरोजगार” भन्ने नाराका साथ देशका बिभिन्न भागमा छुट्टा छुट्टै कार्यक्रहरु आयोजना गरी यसवर्षको नारी दिवस कार्यक्रम मनाईयो ।

    सन् १९०९ मा  पहिलो पटक अमेरिकाको न्यूओर्कमा कपडा कारखानामा कामगर्ने महिलाहरुले आँफुमाथि भएको शोषण असमानता र बढी समय काम गर्नुपर्ने वाध्यताका विरुद्ध सडकमा अन्दोलन गरेका थिए । त्यसपछि सन् १९१० मा  अन्तर्राष्ट्रिय समाजबादि समूले Denmark को Copenhagen मा महिलाहरुको अधिकार र उनीहरुको अन्दोलनको समर्थनमा सम्मेलन गरेका थिए । जसमा १७ देशका १०० भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो र त्यसको एकवर्ष पछि सन् १९११ मा Austria, Denmark, Germany Switzerland लगायता देशमा महिला दिवस मनाईएको थियो । त्यसपछि विस्तारै विश्वका अरु देशहरुमा पनि एक अभियानको रुपमा मार्च, ८ मा महिला दिवस मनाउने परम्पराको शूरुआत भयो । यसै क्रममा नेपाली महिलाहरुले पनि आफ्नो अधिकार र स्वतन्त्रताको माग गर्दै यो दिवस मनाउने गरेका छन् ।

    परापूर्व कालदेखि पुरुष प्रधान रहेको हाम्रो देशमा नारीहरुले जतीसुकै चर्को स्वरमा आफ्नो अधिकार र स्वतन्त्रताको लागि आवाज उठाउदै आएतापनि व्यवहाकि रुपमा महिला र पुरुष बिचको भेदभाव र असमानता अझैपनि धेरैहदसम्म विद्यमान रहेको पाईन्छ । आजको २१ सौं शताब्दीमा पनि शिक्षा, सामाजिक चेतना, आधुनिकताको बाबजुद पनि लैङ्गिक हिसाबले छोरा प्रतिको मोह उत्तिकै छदैछ । आँफूलाई शिक्षित, सभ्य र सुसस्कृत भएको घोषणा गर्ने हाम्रो समाजमा नारी पुरुषका असमानताका उदाहरणहरु थुप्रै छन् जुन हामीलाई गर्वबाटै शुरुहुन्छ । नारी हितका सवालमा जती आवाज उठाए पनि वास्तविक व्यवहारमा अझै पनि नारी हुनुको बिडम्बना यस्तो छ ।

    एउटा नारीको गर्वमै भ्रूणहत्या हुन्छ ,

    अलि ठूली भएर बलात्कृत हुन्छे ।

    दाईजोको निहुमा जिउदै जलिन्छे,

    घर व्यवहार धान्नलाई आफन्त बाटै कोठीमा बेचिन्छे ।

    सन्तानको ईच्छा पूरा गर्न देह व्यापार गर्न वाध्य हुन्छे ।

    विधुवा भएर अलच्छिनी र बोक्सी बनेर हेपिन्छे

    त बुढी भएपछि अपहेलित हुन्छे र कुटिन्छे ।

    हुनपनि अझै हाम्रो समाजमा ठूलाबढा मान्यजनबाट आशिर्वाद लिदा पाउदा “छोरै पाएस्” भन्ने वाणिहरु निस्कन्छ्न् जसले मेरो मन कता कता चिसो हुन्छ । अनि हाम्रा भविष्यका छोरीहरुले मनमा पनि ठाउ पाएका हुदैनन् र शब्दमा पनि जन्मन सकेका हुदैनन् भन्ने लाग्छ । अझैपनि कसैले “छोरी जन्मियोस्” भनि आशिर्वाद दिएमा त्यो श्राप दिएझै ठान्दछौ । वंश जोगाउन त “छोरै चाहिन्छ” भन्ने मानसिकता बोकेका हामी गर्भ बसेको केहि सातामै हामी भ्रुणको लिंग परिक्षण गराई छोरा भए राख्ने र छोरी भएमा तुरुन्तै गर्भ पतन गराउने संस्कृतिमा हुर्कदैछौं । वास्तवमा भ्रूणको परिक्षण नेपाली कानूनद्वारा निषेधित नै रहेछ । जस अनुसार गर्वमा रहेको भ्रुणको लिंग पहिचानमात्र गराउनेलाई तीनदेखि ६ महिनासम्म कैद र पहिचान गरी गर्व पतनसम्म गराउनेलाई ६ महिनादेखि २ वर्षसम्मको कैदको सुजाय हुने व्यवस्था रहेछ तर गर्भवती महिलाको १२ हप्तासम्मको गर्भ तथा बलात्कार अथवा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानको खतारा हुने अथवा मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्ने सम्भावना भएमा जुनसुकै समयमा पनि गर्भ पतन गराउन सकिने व्यवस्था रहेछ । यती हुदाहुदै पनि हामी महिलाहरु ईच्छा र कतिपय अवस्थामा श्रीमान् र घरपरिवारको दवाबले छोरै जन्माउनु पर्ने र गर्भपतन गराउनु पर्ने स्थितिमा गुज्रेका हुन्छौ । पैसाको लोभ र लालचामा चिकित्सकहरु पनि यस्ता अवैधानिक काम कार्यमा बिना हिचकिचावट संलग्न भएका हुन्छन् । वर्षेनी हजारौं र लाखौ यस्ता अवैधानिक भ्रूण पहिचान, भ्रूण हत्या र गर्भपतन गराईए तापनि फितलो कानुनका कारण अपसोच अदालतमा कुनै यस्ता प्रकारका मुद्दा दर्ता गराईएका हुदैनन् ।

    हाम्रो समाजमा ५/६ बर्षदेखिका बालिका बलात्कृत हुन्छन् । आर्थिक रुपले विपन्न समाज र परिवारका चेलीहरु  समाजका अगुवा र शिक्षित भनाउदाहरुको साथमा घेलु कामदारको रुपमा प्रयोग गरिन्छन् र उनीहरु शारिरिक, मानसिक र आर्थिक रुपमा शोषित भईरहन बाध्य हुन्छन् । अलिक ठूली भएपछि मानव तस्करीमा संलग्न विभिन्न मेनपावरहरुद्वारा बेचिएर विदेशका नरकमा सड्न पुगेका हुन्छन् । त्यतिमात्र नभएर समाजमा खुलेआम समूहमा रहेका मानव रुपी नरपिचासहरुद्वारा सामुहिक रुपमा बलात्कृत हुने गरेको त भर्खर मात्रै नयाँ दिल्ली स्थीत पाण्डव सहरमा फागु पुर्णिमाका दिन बलात्कृत भएकी ३० वर्षीय नेपाली चेली ज्वलन्त उदाहरणनै छिन् भने स्वदेशमा पनि यस्ता घटनाहरु दिनहूँ कतिपय स्थानमा घटिरहेका हुन्छन् ।

    सरसर्ती हेर्दा हामी नारीहरु दुई पाटामा उभिएका छौं  । छोरी नारी र बुहारी नारी । हामी जुन पाटामा उभिए तापनि हाम्रो जिन्दगी नियन्त्रणै नियन्त्रणमा रहेको हुन्छ । सानो छदा बाबुआमा तथा अविभावकको, जब परिपक्व हुन्छौं त बुहारीको रुपमा घर परिवार र श्रीमानको नियन्त्रणमा । श्रृष्टिलाई निरन्तरता दिई चल्न र चलाउनको लागि नारी पुरुष दुबै एक रथको दुई पाग्रा भएर रहनु पर्छ । त्यसैले हामी हाम्रो हिन्दु धर्म संस्कृति र परम्परा अनुसार आफ्नै बाबु आमा तथा अविभावकका हातबाट कन्यादान भई अर्काको घर जाने, उतैको मानो खाने भन्दै बाजा बजाएर रुदै र रुवाउदै विदा हुन्छौं ।  हो हामी दान हुन्छौं “कन्यादान” यो कति अप्रिय शब्द । हामी नारीका लागि सम्झदाखेरी पनि मुटु कठाग्रिंन्छ । मन अमीलो भएर भक्कानिन्छ अनि आँखाबाट आँसुको वर्षात् हुन्छ । यसरी दान गरिन्छौं पराईको घरमा जीवन भरका लागि, अनि छोरी नारीबाट बुहारी नारीमा परिणत हुन्छौं । मलाई यदाकदा सोच्नमा आउछ के अरु धर्म र संस्कृतिमा पनि यो शब्द र समारोह होला जहाँ विवाहमा “कन्यादान” भन्ने हुन्छ ?? त्यसैले त कता कता उनीहरु हिन्दू नारी भन्दा केहि हदसम्म भएपनि स्वतन्त्र छन् घर परिवार र श्रीमान्को नियन्त्रणबाट । हाम्रो संस्कार र परम्परामा पनि आधुनिकीकरणले केहि कुराहरु संशोधन र परिमार्जन हुदै आएको पाइन्छ भने के यो “कन्यादान शब्द र कन्यादान समारोह”हटाएर विवाहको समारोह पूरा गर्न सकिन्न होला ? जेहोस् कसैले भनेका थिए “परिवर्तन आफ्नो समयमा आँफुबाटै हुनुपर्छ”। त्यसैले छोरीलाई दानमा दिने र बुहारीलाई दानमा ल्याउने काम नगरदा कस्तो होल |

    त्यतिमात्रै काँ हो र ? यो कन्यादान संगै बहुमुल्य गहना दान, लत्तदन, भूमिदान, भौतिक सुविधाका सामानहरुको दानले पर पुरुष र उसका परिवारको मन जित्न सक्नु पर्छ । नसकेको खण्डमा घरपरिवारमा छोरी अपहेलित हुने, घरपरिवारबाट निकाला हुने, आत्महत्या गर्न वाध्य हुनुपर्ने र कतिपय अवस्थामा मटितेल खन्याएर जीउदै जलाउने गरेका समाचारहरु पनि त सामान्य लाग्दै छन् । यस्ता घटनाहरुलाई नियाल्दा धेरैजसो अशिक्षित, पिछडिएको वर्ग, दूर्गम पहाडि जिल्ला र तराईमा मात्र सिमित नभएर राजधानी काठमाडौंका शिक्षित परिवारमा पनि हुने गरेको तथ्य त भर्खरै मात्र गोकर्णेश्वर नगरपालिकामा बस्ने राजधानीमै सेनामा कार्यरत उप सेनानी दर्जाको व्यक्ति जसले देश र जनताको सुरक्षाको लागि कसम खाएका हुन्छन्, उसैले व्यक्तिगत र पारिवारिक तहबाट पारिवारिक बन्धनमा बाँधिएकी आफ्नी श्रीमतीलाई दाईजो थोरै ल्याएको निहूँमा विवाह भएको दुई हप्तामानै अनेक दुव्र्यबहार गरी बाक्सीको आरोप लगाई घरबाट निकाला गरेको  समाचार संचार माध्यमका भित्तामा ताजै छन् भने यस्ता घटनाहरु दिनहूँ असंख्य मात्रमा घटिरहेका हुन्छन् तर ती सबै समाचार भने बन्न सकेका हुदैनन् ।

    यसरी विवाह पश्चात् आँफुलाई चटक्क विर्सेर लोग्ने र उसको घर परिवारको नियन्त्रणमा रहनु, रातभर श्रीमान रिझाउनु, बिहान झिसमिसेमा उठेर घर परिवार खुशी पर्ने होडले ढिकी जाँतो, पानी पधेरो, चुलाचौका, गाईवस्तु, घाँसपात भ्याउनु र एकपेट खाएको भरमा दिनभर मेलापात संहाल्नु, दूर्गम क्षेत्र, गाउघरमा रहेका बहुसंख्यक नेपाली चेलीहरुका दैनिकी नै हुन् भन्ने कुरा मैले प्रत्येक्ष नदेखेकी पनि होईन ।  जुन दैनिकी धान्न्दा धान्दै र केहि हदसम्म गर्न नसक्दा श्रीमानकै कुटाईबाट घाईते भएर उपचारको क्रममा निधन भएकी रोल्पाकी ४८ बर्षीय सुनकुमारीको घटना पनि हामी सामु नै छ ।

    अर्कोतर्फ आँफुलाई शहरीकरण र आधुनिकताको बाटोतिर लम्कानउन खोज्दाखोज्दै केहि बर्गका नारीहरु घरव्यवहार धान्नलाई बाबुआमा बाटै कोठीमा बेचिन पुगेका छन् भने कोहि आफ्ना सन्तानको ईच्छा पूरा गर्न देह व्यापार समेत गर्न वाध्य हुने गरेका छन् । छिमेकी मुलुक भारतीय घर मालिकको शोषणमा परी नारकीय जीवन बिताउन बाध्य किशोरीहरुदेखि अवैध रुपमा साउदी अरब, कुवेत र यमन लगायतका खाडि मुलुकहरुमा घरेलु कामदारको रुपमा लगिएका चेलीहरुको दर्दनाक कथा त हामीले दिनहुँ सुन्दै र देख्दै आएका छौं ।

    थोरै संख्यामै भएपनि हामी महिलाहरु पनि शिक्षित भएका छौं । आर्थिक रुपले पनि आफ्नो स्वाभिमानमा बाँच्न थालेका छौं । श्रीमानले पाल्छ भन्ने मानसिकता हटाएर आत्म विश्वास बढाएका पनि छौं, जसले गर्दा हाम्रा पुस्ताका महिलाहरुले चाहे देशमा होस् या विदेशमा परम्परागत जिम्मेवारीलाई पनि संहाली परिवार, बालबच्चा, घरको रेखदेख सफासुग्गर देखि बाहिरी सामाजिक र व्यवशायिक गरी विभिन्न क्षेत्रमा हात फैलाउन सफल भएका छौं भने हाम्रा पुस्ताका पुरुषहरुको मानसिकता अझै पनि परम्परागत रुपमा रहेको छ जसले गर्दा दोहोरो जिम्मेवारी बहन गर्ने विषयमा त्यति उदार हुन सकेको पाईदैन ।

    देशका मुख्यमुख्य सहरहरुको वर्तमान परिचयलाई नियालेर यसको स्वरुपलाई हेर्ने हो भने सन् २०१५ को भूकम्प पश्चात् विस्थापित भएर सहर पसेका महिला र बालबालिकाहरु व्यवशायिक यौन र दव्र्यवहारमा  संलग्न हुन वाध्य भएको पाईन्छ । सहरका डान्स बार, रेष्टुरेण्ट, मसाज पार्लर, गेष्ट हाउस, होटेल, खाजाघर तथा ईटाभट्टाहरुमा बालबालिका र किशोरीहरुको प्रयोगको स्थिति नियाल्दा  आर्थिक रुपमा विपन्न वर्गका चेलीहरुनै यौन शोषणमा पर्नेहरुको संख्या दिनप्रतिदिन बढेको देखिन्छ ।

    एउटी नारी जब विधवा हुन्छे बोक्सी र अलच्छिनी भनेर हेपिएर समाजबाट तिरस्कृत हुन्छे भने बुढेस कालमा छोरा बुहारीाटै अपहेलित हुनु, स्याहार सम्भार गर्नु पर्दा बोझको रुपमा लिईनु जस्ता समस्याहरु समाजमा गाजिदो छ । त्यसैले नारी हितका सवालमा जती आवाज उठाए पनि जती तडकभडक साथ सहरमा नारी दिवस मनाईए तापनि वास्तविक व्यवहारमा अझै पनि नारी हुनुको बिडम्बना यस्तो छ हाम्रो देशमा । हुनत केहि शिक्षित वर्ग, आधुनिकीकरण र सहरी क्षेत्रमा हेर्दा अहिलेको परिवेसमा केहि सामाजिक परिवर्तन आएको अनुभव पनि नगरिएको होईन । थोरै संख्यामै भएपनि हामी महिलाहरु पनि शिक्षित भएका छौं । आर्थिक रुपले पनि आफ्नो स्वाभिमानमा बाँच्न थालेका छौं । श्रीमानले पाल्छ भन्ने मानसिकता हटाएर आत्म विश्वास बढाएका पनि छौं, जसले गर्दा हाम्रा पुस्ताका महिलाहरुले चाहे देशमा होस् या विदेशमा परम्परागत जिम्मेवारीलाई पनि संहाली परिवार, बालबच्चा, घरको रेखदेख सफासुग्गर देखि बाहिरी सामाजिक र व्यवशायिक गरी विभिन्न क्षेत्रमा हात फैलाउन सफल भएका छौं भने हाम्रा पुस्ताका पुरुषहरुको मानसिकता अझै पनि परम्परागत रुपमा रहेको छ जसले गर्दा दोहोरो जिम्मेवारी बहन गर्ने विषयमा त्यति उदार हुन सकेको पाईदैन । कतिपय आधुनिक परिवारमा श्रीमान् श्रीमती उत्तिकै तहको शिक्षित र कमाउने भएतापनि  पुरातन पितृसत्तात्मक ढाँचाबाट चलिरहेको हाम्रो समाज विभिन्न प्रचलन र मान्यताले पुरुषवादि अहंकारका कारण परिवार आफ्नो हिसाबले चल्नुपर्छ भन्ने पुरुषहरुको मान्यता रहेको पाईन्छ । आजको बदलिदो समाजले पनि यो मान्यता उछिन्न नसक्दा समाजमा अझै शिक्षित नारीहरु घरभित्रै पिडीत छन् ।

    नेपालको प्रसंगमा जनसंख्या तथ्यांकको आधारलाई हेर्दा करिब ५१.५ प्रतिशत महिला र ४८.५ प्रतिशत पुरुषको जनसंख्या रहेको छ । जस अनुसार पुरुषको तुलनामा नारीहरुको संख्या करिब आठ लाखले बढी छ तर आधाभन्दा बढी जनसंख्या महिला रहेको देश नेपालको कूल राष्ट्रिय आयमा महिलाको योगदान एक तिहाई पनि रहेनछ । भनिन्छ कुनै पनि समाजको प्रगती मापनको लागि त्यो समाजको महिलाको प्रगती नापे पुग्छ । त्यसैले अविकसित समाजको असफलाको मुख्य कारणनै महिलाहरु पछाडी पर्नु हो । विश्वव्यापी अनुसन्धानलाई नियाल्यौं भने जुन समाज र घरमा महिला सक्षम छन् त्यस घरका र समाजका बच्चा र भावि पुस्ताहरु बढी सक्षम, शिक्षित र अनुशासित भएको पाईन्छ । जुन समाजमा महिलाहरु धेरै पिछडिएका छन् त्यहाँ धेरै द्वन्द र अस्थिरता भएको पाईएको छ । त्यसैले युद्धको चपेटा र राजनैतिक अस्थिरताले थिलथिलिएका हामी नेपाली चेलीहरुले अझै पनि छोरा सरहको अधिकार पाउन नसक्नुले नै हामी सक्षम हुन सकेका छैनौं । ठूलो संख्यामा रहेको अशिक्षित नारीहरुको समूह दिनभर घरायसि काममा नै संलग्न हुन्छौं तर जसको कुनै आर्थिक मुल्यांकन नै छैन । कतिपय अवस्थामा आर्थिक हिसाबले पुरुषले जत्तिकै महिलाले योगदान पुर्याउन सकेकै खण्डमा पनि उचित मुल्यांकन हुदैन र उनीहरुको हातमा अझै पनि संपति र त्यसको नियन्त्रण गर्ने कुनै अधिकार भएको पाईदैन । त्यसैले हामी लगायत विश्वको बहुसंख्यक समाजमा मुख्य समस्या भनेको महिलाहरुको कामको उचित मुल्यांकन र कदर नहुनु हो ।

    राजनैतिक हिसाबल हेर्दा अहिले हामी विश्वमै एउटा अलग पहिचान बनाउन सफल भएका छौं भने ईतिहास पनि रचेका छौं । राष्ट्रका तीनवटै अंगका प्रमुख नेतृत्व राष्ट्रपती, प्रधान न्यायाधिस र सभामुख एकसाथ पदासिन भएको मुलुक भनेर चिनिएका छौं जुन एउटा ठूलो परिवर्तन, सफलता र  ईतिहासको सुखद घडी भएतापनि यसलाई निरन्तरता दिने कुरामा भने भविष्य चुनौतिपूर्ण नै रहेको देखिन्छ । जसका लागि हामी महिलाहरुपनि सक्षम हुन सक्नु पर्दछ । संविधानले दिएको हक र अधिकारको प्रयोग गर्दै हामी आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रुपमा पनि समान रुपमा अगाडि बढ्नु पर्ने आवश्यकता देखिन्छ । हुनत अहिले नेपाली नारीहरुलाई अंश र बंशमा मात्रै समान अधिकार स्थापना नगरेर राज्यका सबै निकायमा कम्तीमा ३३ प्रतिसत सहभागिता सुनिश्चित गरिएको रहेछ । तर यो सहभागितालाई प्रतिस्पर्धीत बनाउने र आधुनिक युग सुहाउदो दक्षताको विकास गरी नेतृत्व स्थापना गराउने काम भने चुनौतिपूर्ण नै देखिन्छ । यस संविधान मार्फत महिलाका लागि थुप्रै हकहित र अधिकारहरु सुनिश्चित गरिएतापनि ब्यवहारमा के कसरी लागू हुदै जान्छ भन्ने कुरा हेर्न बाँकीनै छ । त्यसैले यस्ता महिला अधिकारहरुलाई प्रत्येक्ष रुपमा महिलाले नै अनुभूति हुनेगरी कार्यान्वयन गर्न सक्नु पर्दछ । यसका लागि महिला आफै सक्षम र अग्रसर हुनु पर्दछ । महिला शिक्षा, स्वास्थ्य, सुरक्षा शसक्तिकरण जस्ता विषयमा लगानी गर्न सक्नु पर्दछ । नेतृत्व गर्ने पदहरुमा सक्षम नारीहरुलाई पु¥याउन सकियोस् र नारीले पनि नेतृत्वकारी भूमिका निर्वाह गर्न सकुन् न कि नतावाद, कृपाबाद र आरक्षणबादबाट चुनिएका नेतृत्वहरु प्रतिनिधिको रुपमा मूर्ती बनेर खिल्ली र हाँसोको पात्र नबनुन् ।

    महाभारतमा स्वयम् कृष्णले भनेझै “अन्याय सहनु धर्म होईन तर अधिकार खोज्नु र सुरक्षित राख्नु पाप होईन” । भनेझै हामी नारीहरुले पनि आफ्नो अधिकार गर्भबाटै सुरक्षित गराउन सिकौं । घरभित्रै तथा आफन्तबाटै हुने शारीरिक, मानसिक, दुव्र्यवहार, भावनत्मक तथा घरेलु हिंसालाई ईज्जत र प्रतिष्ठासंग जोडेर आफ्नो परम्परा ठानेर नबसौं, आफ्ना अधिकारका लागि लडौं, परिवर्तन आफैबाट शुरु गरौं, सोच बदलौं, मेहनत गरौं परिवार बदलिन्छ र समाज पनि बदलिन्छ । धर्मशास्त्र अनुसार बेदमा पनि भएिको रहेछ “मानिसको मेहनेत त्यो चाबि हो जसले भाग्यको ढोका आफै खोलिदिन्छ” ।

    त्यसैले मेरो बुझाईमा नारी एक छोरी हुन् मायाँ गर, एक दिदि हुन् सम्मान देउ, एक बहिनी हुन् स्नेह देउ, एक पत्नी हुन् प्रेम गर, एक भाउजु र बुहारी हुन् आदर गर, आमा, हजुर आमा र सासु हुन् पूजा गर, दया, सहानुभूित र आरक्षण नदेउ । शिक्षा, उत्साह, उत्प्रेरणा, जिम्मेवारी, सहभागिता र मौका देउ ।

    अन्तमा यस दिवशले हामी सबै महिलाहरुको हक अधिकार, समानता शसक्तिकरण तथा महिला मानव अधिकार सुनिश्चित गर्ने दिशामा एकिकृत हुने पहलको लागि प्रेरणा मिलोस्, वर्षमा एक दिनमात्रै होईन हरेक दिन नारी सम्मानको दिन बनोस् यहि छ मेरो शुभकामना, यहि हो मेरो लागि नारी दिवस ।

     

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार