अष्ट्रेलियामा ‘बिपी कोइराला युवा नेतृत्व विकास मञ्च’को बिधिबत घोषणा 

रमेश अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, बैशाख ६, २०७८
नेपाली राजनीतिका बहुआयमिक व्यक्तित्व बिपी कोइरालालाई सम्झने, सम्मान गर्ने र कोइरालाले सिकाएको पथमा युवा पुस्तालाई लैजाने उदेश्य सहित गठन भएको  बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको अष्ट्रेलिया शाखाको बिधिबत गठन भएको छ ।  सिड्नीको विलोडेल पार्कमा १८ अप्रिलको एक बृहत भेलाले अष्ट्रेलिया भरि कै युवाहरु लाई समेटर मञ्चको गठन संगै रमेश अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । मञ्चको उपाध्यक्षमा  बिष्णु कोइराला, धन तामाङ र कृष्ण पौडेल रहेका छन् ।  मञ्चको एनएसडब्लु संयोजक सगुन बिक्रम राणा, भिक्टोरिया संयोजकमा तिलक सापकोटा, क्वीन्सल्यान्ड संयोजकमा सुनिल बस्नेत, साउथ अस्ट्रेलिया संयोजकमा बैकुण्ठ सिग्देल, एसीटी संयोजकमा बिनोद उप्रेती, तास्मानिया संयोजकमा सुरज अधिकारी, नर्दन टेरोटेरीमा केशव वाग्ले र वेस्ट्रन अष्ट्रेलियामा उमेश पौडेल संयोजकको जिम्मेवारीमा छन् । यसैगरी कार्यसमितिका अन्य पदाधिकारीमा महासचिव क्षीतिज कार्की, सचिव भुपाल कार्की, कोषाध्यक्षमा सुजाता सिग्देल, मञ्चको कार्यसमिति सदस्यहरु मा रविन्द्र सापकोटा, एकनाथ सुबेदी, नेत्र पौडेल, तारा दान्ही, सोभितजंग कुँवर, पुष्पा रिमाल, सुवासचन्द्र अर्याल र अर्जुन तिमल्सिना रहेका छन्।
बिपी कोइराला युवा नेतृत्व विकास मञ्चका ओसेनिया संयोजक प्रज्वल भट्टराईको सभापतीत्वमा सम्पन्न सो कार्यक्रममा एनआरएनएका केन्द्रिय उपाध्यक्ष मन केसी प्रमुख अतिथिको रुपमा उपस्थिति थिए भने, एनआरएनएका बिभिन्न पदमा रहेका अभियन्ताहरु जनसम्पर्क समितिका विदेश बिभाग देखि जनसम्पर्क समिति अस्ट्रेलियाका पदाधिकारीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थिति थिए । कार्यक्रममा बिपी कोइराला युवा नेतृत्व विकास मञ्च अष्ट्रेलियाको गठनमा सक्रिय युवा हरि अधिकारीले सबैलाई स्वागत गरेका थिए भने, नवनिर्बाचित अध्यक्ष रमेश अधिकारीले मञ्चलाई अष्ट्रेलियाका युवाहरुको साझा मञ्चको रुपमा स्थापित गर्दै अष्ट्रेलिया देखि नेपाल सम्म युवा पुस्तालाई उर्जा थप्दै बिबिध परोपकारी कार्यहरु गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए ।
उक्त अबसरमा हाल सम्म राजनीतिक रुपमा स्वतन्त्र रही आएका महेश भट्टराईलाई जन सम्पर्क समिति न्यु साउथ वेल्सका अध्यक्ष इथान शाक्यले नेपाली कांग्रेस पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
पत्रकार प्रकाश हुमागाईले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथि एबं बक्ताहरु ले  बिपी कोइरालाको राजनीति र साहित्यक देन र  सक्रियताको चर्चा गर्दै नब गठित बिपी कोइराला युवा नेतृत्व विकास मञ्चको अष्ट्रेलियाको सफलताको कामना गरेका थिए।