अर्घाखाँची समाज अष्ट्रेलियाको दोश्रो साधारण सभा सम्पन्न
मिनराज भुसालको अध्यक्षतामा नयाँ कार्य समिति गठन

नेपालको अर्घाखाँची जिल्लाबाट अष्ट्रेलियामा आएर बसोबास गरेका अर्घाखाँचीबासीहरु को संस्था अर्घाखाँची समाज अष्ट्रेलियाको दोश्रो बार्षिक साधारण सभा गत फेब्रुअरी २० का दिन सिड्नीमा सम्पन्न भएको छ।
साधारण सभाले आउने कार्यकालको लागि मिनराज भुसाल अध्यक्षतामा सर्बसम्मत नयाँ कार्य समिति गठन छ। समाजले दिएको जानकारी अनुसार उपाध्यक्षमा बेद बहादुर केसी (ज्योति), सचिवमा मधुसुदन खड्का, कोषाध्यक्षमा गिता रायमाझी क्षेत्री, सह कोषाध्यक्षमा कमल क्षेत्री, संस्थाको सहसचिब कार्य समितिको बैठकले चयन गर्ने छ भने पब्लिक रिलेशन अफिसरमा पशुपति पोखरेल चयन हुनु भएको छ। यसै गरि संस्थाले कार्यसमिति सदस्यहरु मा सुदर्शन भुसाल, बाबुराम पोखरेल, हरि प्रसाद पाण्डे, लेखनाथ खनाल, अविनाश खनाल, भोजराज खत्री, प्रशान्त कुमार, कृष्ण प्रसाद पोखरेललाई चयन गरेको छ।
द नेपाली टाईम्स अष्ट्रेलियाको कुराकानीमा नवनिर्बाचित अध्यक्ष मिनराज भुसालले बिगतमा जस्तै संस्थाले अष्ट्रेलियाको नेपाली समुदाय देखि नेपाल सम्म बिबिध परोपकारी सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउने साथ साथै हिजोका दिनहरु मा जिल्लामा गरिएका बिबिध परोपकारीकार्यहरु लाई निरन्तरता दिने बताए। आफुलाई यो जिम्मेवारीको लागि चयन गरेकोमा संस्थाका सबै सदस्य एबम अग्रजहरु लाई समेत भुसालले धन्यबाद दिए। स्थापनाको छोटो समय मै अर्घाखाँची समाज अष्ट्रेलियाले अष्ट्रेलियाको नेपाली समुदाय देखि नेपाल सम्म बिबिध परोपकारी एबम सामाजिक कार्यहरु सक्रिय सहभागिता जनाउदै आएको छ।

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...

मेलबर्न, अष्ट्रेलिया । १५ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले...

काठमाडौं– चैत्र कृष्ण औंशीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइन्छ । यस पटक...

काठमाडौं– नयाँ वर्ष २०७८ पूर्व सन्ध्या पारेर गायिका रचना रिमाल तथा गायक...

लण्डन– विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा रहेका...

आफ्ना छोरा–छोरीले युट्युबमा के–के सामाग्रीहरु हेर्छन् भन्ने कुरा अभिभावकले नियन्त्रण तथा निगरानी...

ब्याट्रीको खराबीका कारण आगो लाग्ने समस्या देखिएपछि दक्षिण कोरियाली कार निर्माता कम्पनी...

काठमाडौं– काठमाडौं नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो)...