‘हाइ हेल्लो…’ भन्दै आए गायक राज तामाङ

काठमाडौं– हङकङ आइडलको उपाधि विजेता गायक राज तामाङ आफ्नो एउटा नयाँ पप गीतको म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । आफ्नै शब्द तथा संगीतको ‘हाइ हेल्लो…’ शीर्षकको उक्त गीत डान्सिङ शैलीको छ । सञ्जीव बराइलीद्वारा संगीत संयोजन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई पार्टि थिममा छायांकन गरिएको छ । भिडियोमा क्रिस्टिना थापा तथा साजन तामाङले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । साजन नृत्यमा आधारित रियालिटी शो...

अष्ट्रेलियाका सुरेन फोटोग्राफी तथा समुहको नयाँ भिडियो सार्वजनिक

काठमाडौं– गायक सम्भोज मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् । मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन । साँचो मायाको सधै जित हुन्छ ।...

नेपाली ठिटोज र एलिशाको सान्नानी सार्वजनिक

काठमाडौं– गायक नारायण गजमेरको स्वरको नयाँ गीत ‘सान्नानी‘’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोमा नृत्यांगना एलिसा राई तथा नेपाली ठिटोजका कलाकारहरुले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । प्रकाश क्षणिकका शब्दहरुको उक्त गीत ‘निश्चल’ शीर्षकको एल्बममा समावेश छ । सञ्जीव बराइली उक्त गीतका संगीत संयोजक हुन् । सेलिब्रेटी म्यानेज्मेन्ट नेपालले व्यवस्थापन गरेको उक्त म्युजिक भिडियोको निर्देशन...

नभेटी नभेटी नै श्वेताले  भनिन् ‘बर्षौ भो छोडेको’ 

नेपाली संगीतका अति नै चर्चित र भर्सटाइल गायक तथा संगीतकार शिव परियारको स्वरमा  गीतकार तथा कवि श्वेता मैनालीको कर्णप्रिय गित दशैँको शुभ मुहर्त पारेर, एनसेल नेपालको सपोर्टमा सार्बजनिक भएको छ । आफ्ना सम्पूर्ण दर्शक तथा स्रोताहरुका लागि दशैँ उपहारको रुपमा चर्चित गीत ‘नभेटी नभेटी’ को  भाग दुईको रुपमा  “बर्षौं भो छोडेको” गीत भिडियो सार्वजनिक भएको गीतकार मैनालीले बताइन। मैनालीका अनुसार यस गीतमा बिशेष गरि नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद...

समाजसेवी गायक पूर्ण लिम्बुको प्रेरणादायी भिडियो

काठमाडौं– समाजसेवामा समेत सक्रिय रहेका गायक पूर्ण लिम्बु तथा गायिका अन्जु पन्तको स्वरको सुगम संगीतमा आधारित एउटा कारुणीक गीत ‘यी आँखाले’ को प्रेरणादायी म्युजिक भिडियो काठमाडौंमा सार्वजनिक भएको छ । चलचित्र निर्देशक मिलन चाम्सद्वारा निर्देशन गरिएको उक्त भिडियोमा अभिनेत्री प्रियंका कार्की तथा गायक लिम्बुसंगै अपाङ्गता भएका महिला तथा पुरुषहरुले अभिनय गरेका छन् । शारीरिक रुपमा असक्तहरुलाई समेटेर समाजसेवी समेत रहेका गायक लिम्बुले यो गीतको भिडियो...

रहिनन् स्टीभ रायन

इन्टरनेट स्टार तथा टेलिभिजन अभिनेत्री स्टीभ रायनलाई जुलाइको पहिलो साता लस एञ्जलसको उनकै अपार्टमेन्टमा मृत पाइएको छ । उनी केवल ३३ वर्षकी थिइन् । प्रहरीका अनुसार जुलाइ १ का दिन उनले फाँसी लगाएर आत्महत्या गरेकी हुन् । स्टीभले यूट्युब च्यानल तथा बीएच वन कमेडी सिजिरबाट दर्शकको मन जितेकी थिइन् । उनको निधनप्रति अधिकांश हलिउडकर्मीले समवेदना व्यक्त गरेका छन् । उनका पूर्व प्रेमी ड्रयाक बेलले...

यामीको चर्चा

रितिक रोशनद्वारा सुपर हिरोको भूमिका निर्वाह गरिएको फिल्म ‘कृष’ निर्माण भएको ११ वर्ष भयो । रितिकले ट्वीट गर्दै कृषको चौथो श्रृंखलाको तयारी भएको समेत अवगत गराएका छन् । यतिबेला रितिक उक्त चलचित्रको स्क्रिप्टमा काम गर्दैछन् । यसैबीच पछिल्लो फिल्म काबिलमा रितिकसंग अभिनय गरिसकेकी अभिनेत्री यामी गौतम कृषको यो नयाँ श्रृंखलामा प्रस्तुत हुने सम्भावना छ । यामीले समेत ट्वीट गर्दै कृषको प्रसंसा गरेकी छिन् ।...

दसैंको पूर्व सन्ध्यामा गायक कमल के क्षेत्रीको ‘कोदो कोला’

काठमाडौं– गायक कमल के. क्षेत्रीले दसैंको पूर्व सन्ध्या पारेर एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘कोदोकोला..’ शीर्षकको उक्त गीतमा गायक क्षेत्रीकै संगीत निर्देशन छ । तुलाराम थापाका शब्दहरुको उक्त गीतलाई तास स्टुडियोका बिजेश्वरराज तण्डुकारले संगीत संयोजन गरेका हुन् । सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा गम्भिर विष्टको कोरियोग्राफी छ । अनिल के.मानन्धरद्वारा छायांकन गरिएको उक्त भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन्...

चलचित्र ‘२ रुपैयाँ’ सिड्नीमा प्रदर्शन हुँदै

‘कुटुमा कुटु सुपारी दाना …….’ गीतको लोकप्रियतासंगै नयाँ नेपाली फिल्म ‘२ रुपैयाँ’ स्वदेशमा मात्र होइन, विदेशमा समेत प्रतिक्षाको विषय बनेको छ । नेपालमा सेप्टेम्बर ८ का दिन रिलिज हुने यो फिल्म अष्ट्रेलियाका विभिन्न शहरमा समेत प्रदर्शन हुँदैछ । अष्ट्रेलियाको सिड्नीमा यो फिल्म सेप्टेम्बर ८ का दिन जर्ज स्ट्रिटको टाउन हलस्थित इभेन्ट सिनेमाजमा रिलिज हुँदैछ भने सेप्टेम्बर ९ का दिन बर्उडको वेस्टफिल्डस्थित इभेन्ट सिनेमाजमा तथा...

अमेरिका निवासी गीतकार गुरुङको शब्दमा झल्कियो मातृत्वप्रेम

काठमाडौं– समाजसेवीको समेत छवि बनाइसकेकी गीतकार अम्बिका गुरुङ गीत रचनामा समेत लोकप्रिय नाम हो । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी गीतकार गुरुङ यतिबेला नेपाली गीत–संगीत सिर्जनामा सक्रियतापूवर्क सहभागि भैरहेकी छिन् । आफ्नै गीति एल्बम भावसागरको शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी स्थापना गरेर संस्थागत रुपमै नेपाली गीत–संगीतको प्रवद्र्धनमा सक्रिय गीतकार गुरुङद्वारा रचित एउटा नयाँ गीत ‘हाँस भने…’ को म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । गायिका...