एकहप्ता अघिमात्रै तयभएको प्रोग्राम अनुसार २०७२/१२/१ गते बिहान सातै बजे ऊ आफ्नो निवास सिर्जनाकुटीबाट सोह्रदिने लामो यात्रामा निस्किन्छ । उसका साथमा बाहुन क्षेत्री नेवार समुदायका मान्छे मात्रै हुन्छन् । दुई चार जनाबाहेक सबै ऊ भन्दा पाका उमेरका हुन्छन् । साढे सात बजे उसको गाडीले गन्तब्य मार्ग पकडछ । घरबाट हल्का चिया नास्ता गरेर निस्केको उसको टोलिले बनेपा–बर्दिबास (बिपी) मार्गको दुम्जामा खाना खान्छ र त्यहांबाट हिडि लाहानको मारबाडी सेवा सदनमा बास बस्छ ।

मधेसको ठाऊँ, भर्खरै बढदै गरेको गर्मि, लामखुट्टेको बिगबिगी भएपनि धर्मशाला ब्यवस्थित भएकाले ति सब कष्टबाट त्राण पाउँछ । धर्मशालामा तातो चिसो पानीको ब्यवस्था भएकाले स्नानगरिवरि ऊ दोस्रो दिनको यात्रामा निस्किन्छ । त्यहांबाट हिडदा उसले हातको घडिसोहि धर्मसालामै कसैकालागि चिनो छाडेर हिंडछ र कंकालिनीमाईको दर्शन गर्छ ।

लाहानबाट हिंडेको ऊ सुनसरीको झुम्काबाट ऊत्तर तर्फ लाग्छ र चतरा नहरलाई कहिले दांयां त कहिले बायां पार्दै दस बजे बराहा क्षेत्र पुग्छ । बराहा क्षेत्र हिन्दुहरूका लागि एक तीर्थस्थल हो । त्यो ठाउँ सुनसरी उदयपुर र धनकुटाको सीमा क्षेत्र पनि हो, जहां सप्तकोसी र कोका नदी आएर मिसिन्छन् । उसका साथीहरू सप्तकोसी र कोकाको संगममा स्नान गर्न थाल्छन् तर ऊ चांहि हातमुख मात्रै धुन्छ, शरिरमा पानी छर्किन्छ र त्यहां अवस्थित मन्दिरहरूको दर्शन गर्न तर्फ लाग्छ ।

ऊ आस्तिक पनि हैन, नास्तिक पनि हैन । मन्दिर दर्शन गर्छ तर फूल अक्षता, भेटी चढाउँदैन । ढोका बाहिरैबाट दर्शन गर्छ, ढोका भित्र जांदैन । नछुटाईकन सबै मन्दिरको दर्शन गर्छ,तर निधारमा टिका पनि लाउँदैन र प्रसाद पनि बोक्दैन । बराहा क्षेत्र वरपरका सबै मन्दिरको दर्शन गर्छ र ऊ त्यहिंको एक तमु होटेलमा बसी यात्रा संस्मरणको टिपोट लेख्छ । यात्रामा उसको मिल्ने साथी भनेका काजी मात्रै हुन् । अरूसंग ऊ खासै घुलमिलै गर्दैन । यो उसको पुरानै बानी हो ।

बराहा क्षेत्रबाट हिंडेको ऊ धरानको बुढा सुब्बा, दन्तकाली, र पिण्डेश्वरको दर्शन गर्छ । सुनसरी जिल्लाको धरानमाथि बिजयपुर छ । त्यहिं बुढासुब्बाको मन्दिर छ । मन्दिर के भन्नु धमिराको गोलो जस्तो भुक्कपरेको माटाको ढिकुरो लाईनै बुढा सुब्बाको मन्दिर (समाधि) मानिन्छ । त्यसैमा पूजा गर्ने चलन छ । त्यसका पुजारी मगर हुन् । त्यहां सुंगुर र कुखुराको बलि चढाइन्छ । बुढासुब्बा लिम्बुहुन् भन्ने मान्यता छ ।

धरानकै दन्तकालीलाई सतीदेबीको दांत पतन भएर भगवती उत्पन्नभएको पनि भनिन्छ । मंन्दिर निकै ठूलो छ । सांझ बिहान पूजा चल्छ । बली पनि चढ्छ । भक्तजनहरूलाई दांतको दर्शन पनि गराइँदो रहेछ ।

सुनसरीको धरान मै पिण्डेश्वरको मन्दिर छ । त्यसको शिवलि∙ चार अंगुल जतिको मात्रै छ जसलाई बनावटी नभई प्राकृतिक नै रहेको विश्वास गरिन्छ । त्यहां गणेश पार्वती, बेदब्यास, कालभैरव, दक्षिणकाली, पशुपति जस्ता अनेक देवदेवीका मूर्ती पनि छन् । ति सबैलाई नछुटाईकन दर्शन गरी ऊ अगाडि बढछ र झापाको बिर्तामोंडमा गएर बास बस्छ । भोलि बिहानै उठेर पूर्बको पशुपतिनाथका रूपमा परिचित अर्जुधारा पुग्छ र दर्शन गरी अघि बढ्छ । यो उसको तेस्रोदिन हो ।

त्यहांबाट हिडेको उ टिष्टा पुल पार गरी भारतको आसाम प्रबेस गर्छ । आसाम चिया खेतीकालागि प्रसिद्धि कमाएको ठाँउ पनि हो । ऊ आसामका केहि चिया बगान घुम्छ, खाना खान्छ र सांझको बास आसामको गोसाइं गाउं स्थित एक धर्मशालामा गएर बस्छ । त्यसका ब्यवस्थापक एक नेपाली भाषी हिन्दुस्तानी रहेछन्, जसले बस्ने प्रबन्ध राम्रो गरी मिलाईदिए । बासस्थानमा पुग्नासाथ उसको परिचय एक बोरो जातिसंग हुन्छ जसले त्यहां स्वतन्त्र बोरोल्यान्डको मांग गर्दै आन्दोलन समेत चलाईरहेको छ र नेपाली तथा बंगाली भाषिहरूलाई लखेटी रहेका छन् । ती बोरो जातिसंग केहिबेरको भलाकुसारी पछि ऊ बासस्थान तर्फ लाग्छ ।

भोलि बिहानै उठेर गोहाटी स्थित कामरू कामख्या मन्दिर दर्शनका लागि प्रस्थान गर्नु पर्ने भएकाले ऊ समयमै सुत्छ । भोलि पल्ट गोसाई गाऊँबाट हिंडेको ऊ कहिं कतै बिश्राम नगरी बेलुका तिर कामरू कामाख्या पुग्छ र त्यसै दिन कामाख्या माताको दर्शन गर्न भ्याउँछ । उसको साथमा रहेका अरूले पनि दर्शन गर्छन् । कामाख्या देबी एक शक्तिपिठ पनि हुन् । स्वस्थानी ब्रतकथाका अनुसार यो स्थानमा सतीदेबीको योनी पतन भएको स्थान भएकाले यसको ठूलो महत्व छ । यस मन्दिरमा बलीदिइएका बोकाको मासुसमेत पकाएर प्रसादका रूपमा बितरण गरिंदो रहेछ । यो अनौठो परम्परा देख्दा ऊ छक्क पर्छ ।

 

द्रब्ये च सर्बे बस

कामाख्या माताको दर्शनका क्रममा उसले एउटा अनौठो दृष्य देख्यो । उसको अगाडि दर्शनमा लाइनमा बसेकी महिला उसैसंग गएकी महिला थिईन् । सबैले दस, बीस, पचास, भेटी चढाएर दर्शन गरिरहेका थिए । पुजारीले तिनलाई मुस्किलले दुई, तीन सेकेन्ड भन्दा समय दिंदैनथे । धकेलेर पठाई हाल्थे तर ती महिलाले शुरूमै एकसयको भेटी चढाएकाले पुजारीले टाउको थपथपायो । पिठ्युंमा धाप मार्यो । उनले अर्को सय फ्यांकिन । त्यसपछि त पुजारीले माला लगाईदियो । जल दियो । कानमा मन्त्र सुनायो । पांच छ जनाले दर्शन गरेर भ्याउने समय ती महिलाको द्रब्यले किन्यो । महिलाले मज्जाले दर्शन गरिन ।

दर्शनको कार्यक्रम पछि यो चर्चाको बिषय बन्यो । हांसो मजाक पनि चल्यो । तर ति महिलाले यसलाई आफ्नो इन्सल्टका रूपमा लिइन र सबै संग बाझ्न थालिन् । बाझ्नु उनको मौलिक चरित्र । ऊ यो दृष्यलाई नजिकैबाट नियाली रहेकोछ । ऊ संग भने त्यतिबेला सम्म संबन्ध सामान्य नै छ । त्यो दिन ऊ कामाख्यामै बस्छ र त्यस छेउँछाउँका घुम्न लायक ठाउं घुमी भोलि बिहानै त्यहांबाट प्रस्थान गर्छ ।

दोस्रो पटक स्टिमरको यात्रा

ऊ जीबनमा पहिलो पटक गंगासागर जांदा स्टिमर चढेको थियो । यसपटक ऊ दोस्रो पटक स्टिमर चढ्यो । ब्रम्हपुत्र नदीको बीचमा एउटा टापु रहेछ । त्यो टापुमा उमा महेश्वरको मन्दिर रहेछ । त्यो मंन्दिर दर्शन गर्न स्टिमर चढेर जानु पर्दो रहेछ । स्टिमर चढेर ऊसले उमा महेश्वरको दर्शन गर्यो । फर्किदा लंगुर बांदरसंग जम्काभेट भयो । त्यो साह्रै सोझो रहेछ । संगै बसेर फोटो सेसन गर्न समेत दियो ।

 

परशुराम कुण्डको यात्रा

कामाख्या र उमा महेश्वरको दर्शन पछि ऊ परशुराम कुण्ड तर्फ लाग्यो । त्यहां पुग्न उसलाई सातसय किलोमिटर यात्रा तयगर्नु पर्यो । यात्राको सातौं दिनमा ऊ परशुराम कुण्ड पुग्यो । यात्रादलका सबैले कुण्डमा स्नान गरे तर उसले स्नान गरेन किनकी ऊ धार्मिक यात्रीका रूपमा गएको नभइ धार्मिक पर्यटकका रूपमा हिंडेको छ । अवलोकन गर्छ, टिपोट लेख्छ । यहिनै उसको उद्देश्य हो ।

धार्मिक कथानानुसार परशुराम कुण्ड भनेको जमदग्नी ऋषिका पुत्र परशुरामले मातृ हत्या र भातृ हत्याको पापबाट मुक्ति प्राप्त गर्नका लागि ब्रम्हपुत्र र मानसरोबरको संगममा अवस्थित कुण्डमा स्नान गरी मुक्ति प्राप्त गरेको स्थान हो । मानसरोबरबाट बगेर आएको नदी र ब्रम्हपुत्र नदी मिसिएर बनेको कुण्डमा परशुरामले स्नान गरी आफ्नो फर्साले काटी नदीको निकास दिएपछि ब्रम्हपुत्र नदी बनेको भन्ने भनाईछ ।

परशुराम कुण्ड स्नान पछि ऊ जुनबाटोबाट गएको थियो सोहि बाटो हुंदै फर्किने कार्यक्रम छ । ऊ आसामको तीनसुकिया धर्मशालामा आएर बास बस्यो । उसको आगामी कार्यक्रम सिक्किम ग्यान्टोक, दार्जिलि∙, कालि∙पोंग, इलाम, पाथीभरा घुमघाम रहेको छ । तीनसुकियाको बिश्राम पछि ऊ पश्चिम बंगालको डुअर्समा आएर एक भुटीया जनजातीको घरमा बासबस्यो । बासस्थान पुग्नु अघि ऊ चिया पिउनको लागि एउटा रेस्टुरेन्टमा बसेको थियो । सिमसिम पानी परिरहेको थियो । चिसो मौसम थियो । एकठाउंमा गाडी अडिएको थियो । कोही दुईकप, कोही तीनकप, त कोही कोहीले चारकपसम्म चिया पिएका थिए । ऊ पनि एक कप चिया पिउंदै एक्लै बसेर डुअर्सको लमतन्न फैलिएको चिया बगान नियाल्यो ।

डुअर्शमा बासबसेको भोलिपल्ट ऊ टिस्टापुललाई तीन पटक पारगर्दै सिक्किम पुग्यो । सिक्किममा पाच सात बर्ष अघिमात्रै निर्माण गरिएका चारधाम, द्वादश ज्योतिर्लिंग, शिव र बुद्धका भिमकाय मूर्तिको दर्शन गर्यो र त्यो दिन सिक्किममै बास बस्यो । भोलि पल्ट कालिंगपोंग, ग्यान्टोक र दार्जिलि∙ घुमघाम गरि दार्जिलि∙मै बास बस्यो ।

नेपाल जस्तो सम्पदाका दृष्टिले सम्पन्न मुलुकको बासिन्दा उसलाई सिक्किम दार्जिलि∙, कालि∙पों∙ले आकर्षित गर्न सकेनन बरू निर्धारित समय भन्दा एकदिन अगावै नेपाल फर्केर इलाममा बास बस्यो । ईलामको कन्याम, फिक्कलले उसलाई लोभ्यायो । पांचथरको फिदिमले लोभ्यायो । तेह्रथुमको पाथिभराले लोभ्यायो । ईलामबाट बिहानै हिडेको ऊ काबेली खोलामा स्नान गरी त्यहिं खाना खाइवरी पाथिभराका लागि प्रस्थान गर्यो र सुकेटार गएर आफ्नो गाडी त्यहिं छाडेर भाडाको ट्याक्सी समाती तल्लो फेदी तर्फ लाग्यो । तल्लो फेदीमा ट्याक्सी छाडी ऊ उपल्लो फेदीमा गएर बास बस्यो । चैत मांसको महिनामा पाथिभरा माताको काखमा भएको चिसोले त उसलाई एकछिन तर्सायो पनि । राति दुईवटा सिरक र एउटा कंबल ओढन नपाएको भए उसले बाउको बिहे देख्दो हो ।

 

पाथीभरा माताको दर्शन :

उपल्लो फेदीबाट सखारै कालो चिया पिएर उकालो लागेको ऊ ठीक दुई घंटामा माताको मन्दिरमा पुग्यो । पन्ध्र बीस मिनेट माताको पूजाआजा गरि सुस्ताएको मात्र के थियो मौसम बिग्रिदै गयो । चिसो स्यांट चल्न थाल्यो । हुस्सुले ढाक्यो । ऊ तर्सियो र ओरालो लाग्यो । ऊक्लिंदा दुईघन्टामा उक्लेको ऊ ओर्लिंदा एकघन्टामै ओर्लिलो र राती बास बसेकै ठाउंमा आएर खानाखायो । मौसम झन झन बिग्रिदै गयो । उसलाई बस्न मन लागेन र त्यहांबाट पनि ओरालो लाग्यो । उक्लिदा एक घण्टामा उक्लेको उसलाई ओर्लिंदा आधा घन्टा मात्रै लाग्यो । ट्याक्सीको कमिका कारण चार घन्टा ऊ तल्लो फेदीमै बस्न बाध्य भयो । चार बजे लल्लोफेदीबाट हिडेको ऊ सुकेटार आएर बास बस्यो ।

रातीबाटै मौसम बिग्रिदै गयो । पानी पर्न थाल्यो । हावा हुरी चल्न थाल्यो । सुन्नमा आयो पाथीभरामा ब्यापक हिमपात भएछ । हिंजो दर्शन गर्न नभ्याएको भए पाथीभरा माताको दर्शन गर्ने उसको इच्छा अधुरै रहने रहेछ । ग्यान्टोकको बसाईलाई कटौती गरेर उसले ठिकै गरेछ ।

सुकेटारबाट हिंडेको ऊ झापाको अर्जुनधारा स्थित मन्दिर परिसरमा आएर बास बस्यो । असिना पानीले बिर्तामोंडलाई पनि नराम्ररी क्षतिपुर्याएको रहेछ । मन्दिरका पुजारी अग्नी गुरू र ब्यवस्थापक मनोज जोसीका कृपाले त्यहांको बसाइ सुखद बन्यो । भोलिपल्ट सखारै हिंडेको ऊ राति नौ बजे सोह्रौ दिनमा घर भित्रियो । त्यो ऊ पात्र अरू कोहि नभई यसै स्तम्भको स्तम्भकार थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार