बिशेषत: नेपालमा तीन प्रकारका आर्थिक अबस्थाका नेपालीहरू बसोबास गर्छन् । नं १–अत्यन्तै न्यून आर्थिक अबस्था, नं २ मध्यम आर्थिक अबस्था र नं ३ उच्च आर्थिक अबस्था । प्रष्ट शब्दमा भन्नु पर्दा न्यून आर्थिक अबस्थाका नेपाली २०/२२ लाख रुपैया लगानी गरेर पश्चिमा मुलुकमा आफ्ना छोराछोरी अध्ययनका लागि पठाउने क्षमता राख्दैनन् । मध्यम बर्ग र उच्च आर्थिक हैसियत भएका नेपालीको लागि मात्र युरोप, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता बिकसित राष्ट्रसम्म पहुँच हुने गरेको देखिन्छ ।
ठूलो आर्थिक लगानी गरेका नेपाली बिद्यार्थीको गन्तब्य मुलुक पुगिसकेपछि उच्च शिक्षा हाँसिल गर्नुको साथसाथै आर्थिक लाभ प्राप्त गर्नु नै मुख्य उदेश्य हुन आउँछ । अत: शिक्षा र आर्थिक लाभको लागि ति मुलुक पुगेका कतिपय बिद्यार्थीले सफलता हाँसिल गर्छन भने कतिपय सहि मार्ग निर्देशनको अभावमा असफलताको भुमरीमा फस्ने गर्छन् । र परिस्थितो दलदलमा फसेर आफुलाई बर्बाद पारिरहेका पनि छन् ।
सन् २००७ पछि अष्ट्रेलियाले नेपाली बिद्यार्थीलाई प्रबेशाज्ञा खुकुलो पार्यो, त्यसपछि अष्ट्रेलिया अध्ययनका लागि आउने बिद्यार्थीको चाप एक्कासी बढ्यो । ब्यबहारिक शिक्षाको लागि बिश्वमै प्रख्यात अष्ट्रेलियाको शिक्षा हाँसिल गर्न जो कोहिले पनि पक्कै रुचि राख्छ त्यसमा पनि नेपलको बिकसित राजनैतिक घटनाक्रमले देशको चौतर्फी माहौल पूर्ण रुपले बिग्रिरहेको अबस्थामा नेपाली बिद्यार्थीका लागि अष्ट्रेलिया पहिलो रोजाइमा पर्नु नौलो कुरो भएन नै ।
२००७ पछि बिद्यार्थी भिसामा अष्ट्रेलिया आएका कतिपय बिद्यार्थीले आफुलाई अब्बल साबित गर्दे आफ्नो जीबनयात्रालाई प्रगतिको मार्गमा डोहोर्याइ सकेका छन् भने कतिपय अझै सघर्षरत नै छन् । नेपालमा हुर्के बढेकालाई एक्कासी पश्चिमा संस्कारको यस मुलुकमा आउँदा यहाँको हावापानीमा घुलमिल हुन पक्कै पनि सहज छैन नै तर पनि समय,काल र परिस्थितीलाई आत्मसाथ गर्नु बाहेक पराइभुमिमा अर्को बिकल्प पनि छैन् ।
प्रष्ट भन्नु पर्दा केहि छाडेर औसत नेपाली नेपालबाट १५ देखि २० लाखसम्म एकैपटक आफ्नै नगद लगानी गरेर छोराछोरीलाई बिदेश पठाउन सक्ने हैसियतका छैनन् । ऋणधन गरेर नै अभिभावकले आफ्ना छोराछोरी अष्ट्रेलिया पठाउने गर्छन् । नेपालमा ं२, ब्याचलर वा मस्टर्स नै गरेर आउने बिद्यार्थी पहिलो चोटि अष्ट्रेलियाको धर्तीमा पाइला टेक्दा ऊ संग घर–परिवार, आफन्त र समाजको उत्तरदायित्वका साथमा आउँदाको सम्पूर्ण आर्थिक लगानीको बोझ एकैसाथ लिएर आएको हुन्छ । मैले अघि नै प्रसंग उप्काइसकेको छु कि नेपालको परिबेशमा जीबन बिताइरहेकाहरू लाई यहाँको ‘डिजिटल लाईफ’ ले एकपटक अबस्य नै झट्का दिन्छ । नेपालमा कल्पना गरे भन्दा बिलकुल फरक पाउँछ उसले । कामको खोजी, बसोबासको ब्यबस्थापन, कार्य स्थान, बसाइ शुल्क, अध्ययन शुल्क, यातायात खर्च त्यति सजिलो पक्कै छैन । अझ समय ब्यबस्थापन गर्न एउटा बिद्यार्थीलाई सबै भन्दा कठिन हुन जान्छ ।
उल्लेखित सबै कुराहरूको सहि ब्यबस्थापन भएको खण्डमा र केहि नौलो गर्ने जोस जाँगर एवं आँट भएको खण्डमा नेपालबाट अष्ट्रेलिया आउने बिद्यार्थीहरूले राम्रो प्रगति गर्न सक्छन् ।
नेपालमा मध्यम र उच्च आर्थिक हैसियत भएका बिद्यार्थी अष्ट्रेलियामा दैनिकजसो आइरहेका छन् । मुलत: अष्ट्रेलियन सरकारले निर्धारण गरेको क्राइटेरिया पार गरेको खण्डमा बिद्यार्थी भिसामा अष्ट्रेलिया आउन त्यति कठिन छैन ।
हाम्रो नेपाली समाजमा छोराछोरी बिदेश पठाउनु आत्मसम्मानको रुपमा हेरिन्छ । छोराछोरीलाई बिदेश पठाउदा निकै गर्व गर्ने अबिभावक धेरै छन् नेपालमा । हाम्रो सामाजिक र सांस्कृतिक संरचना पनि त्यस्कै किसिमको छ । सामाजिक देखासिकीको र अघोषित प्रतिश्प्रर्धाका कारणले पनि धेरै नेपाली बिद्यार्थी अष्ट्रेलिया हानिने गर्छन् ।
लेख्दा दु:ख लाग्छ तर बास्तबिकता यो नै सत्य हो कि अष्ट्रेलिया आफ्ना छोराछोरी पठाइसकेपछि उनीहरूले के गरिरहेका छन् भन्ने बारेमा नेपालमा कमै अविभाबकले चासो दिएको पाइन्छ चासो मात्र पैसामा दिइन्छ । पठाउँदा लागेको खर्च कसरी उठाउने भन्नेमा मात्र अधिकांशको चासो हुने गर्छ र त्यसै अनुसारको नेपालबाट प्रेसर हुन्छ त्यहि प्रेसर नै यहाँ आउने बिद्यार्थीको मुख्य बाधक हुन जान्छ । अधिकांश समय आफुलाई काममा लगाउने, कलेजमा कम उपस्थिती जनाउने, नजिकैको छिमेकीको छोराको भन्दा बढि कमाउने लोभमा भिसा बिगार्ने मात्र नभइ दैनिक अत्याधिक मादक पदार्थ सेबन, अत्याधिक धुम्रपान, काम धेरै गर्नको निमित्त अत्याधिक शक्तिबर्धक पेयपदार्थको सेबन एबं खानपिन र आराममा ध्यान नदिने कारणले एकातिर भिसाको अबस्था बिग्रिसकेको हुन्छ भने अर्कोतर स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ । त्यस्तै लागूपदार्थको कुलतमा पनि कतिपय नेपालीहरू संलग्न भएको पाइएको छ । राति सकुशल सुतेको र बिहान उठ्दा मृत भेटिएको खबरहरू यस्तै गतिबिधिको कारण हुनेगरेको स्वास्थ्य बिज्ञहरू बताउछन् ।
अर्को कुरा कतिपय नेपाली बिद्यार्थी धेरै कमाउने लोभमा जुवाको लतमा पनि फसेका छन् । यो बिषयलाई कमै मात्र मिडियाले प्रकाशन र प्रसारण गरेका छन् । ठूलो मात्रामा नेपाली बिद्यार्थी च्क्ी क्लब तथा क्यासिनोहरूमा दैनिकजसो भेटिन्छन् जुवाको लत लागूपदार्थ भन्दा खतरनाक हुनेमा कुनै दुईमत छैन् । यसबाट श्रृजित अबस्था झनै बिकराल हुनेगरेको छ । सम्पूर्ण पैसा जुवामा हारेपछि कतिपयले आत्महत्याको बाटो पनि समातेका छन् ।
अत: लगभग एक दशकदेखि अष्ट्रेलिया बसाइका क्रममा देखिएका एबं भोगिएका बिषय बस्तुहरू संक्षेपमा राख्ने कोशिस गरेको छु । आफ्नो आफ्नो बुझाइ फरक फरक हुन सक्छ । कसैलाई पनि ब्यक्तिगत आक्षेप एबं आरोप लगाउन पक्कै पनि खोजिएको होइन । उमेर पुगेर बिदेश आउने प्रत्येक बिद्यार्थीले आफुलाई सहि रुपमा संहालेर अगाडि बढेको खण्डमा यहाँ धेरै अबसरहरू छन् जस्ले तपाँइको भबिष्य उज्वल बनाउन सक्छ । नभए बिग्रने र नासिने संग कसैको पनि केहि लाग्दैन । नेपालबाट पनि अविभाबकले आफ्ना हुर्किएका छोराछोरीको अस्थाका बारेमा निरन्तर खबरदारी गरिरहनु अत्यन्तै लाभदायक हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार