प्रसिद्ध चिनियाँ युक्ति छ ‘तिमि साथी रोज्न सक्छौ तर छिमेकि रोज्न सक्दैनौ’  त्यसको मतलब साथीसँग  मन मुटाब भए अर्को साथी बनाऊँला तर छिमिकीको हकमा त्यो लागु हुदैन । यसको एउटै सन्देश हो आपसी मतमतान्तर न्यून गर्दै छिमेकीसँग मिलेर बस्नुको बिकल्प छैन । त्यसैले पनि घर शान्त हुन् आफ्नो घरको बाताबरण बाहेक छिमेकीको रबैया र बाताबरण पनि सहज  हुन जरुरी छ । यहि कुरा देशको सन्दर्भमा पनि लागु हुन्छ । देश बिकास, शान्ति र दिगो पूर्वाधारहरुका लागि असल छिमेकीको ठूलो भूमिका हुन्छ ।

अझ भूपरिबेष्ठित हाम्रो जस्तो देशका लागि छिमेकी देशको भूमिका झन् महत्वपूर्ण हुन्छ । नेपाल भौगोलिक रुपमा दुवै बिशाल र शक्तिशाली महाराष्टझको बीचमा छ । जुन कसैले रोजेको होइन, उत्तरतिरको भौगोलिक विषमता र भारत वर्षका अनेकौ धर्म युद्द र साम्राज्य विस्तारका युद्दहरुबाट खारिएर सदियौंदेखि स्वतन्त्र राष्टझको पहिचान बनाएर बसेको देश हो नेपाल । इतिहासकारले, धूर्त राजनीतिज्ञहरु र सामाजिक अभियान्ताहरुले समय सुहाउदो यसलाई विविध परिभाषा दिए कसैले दुइ ढुंगा बीचको तरुल भने, कसैले दुइ देश बीचको सम्भाव्यताको सूचक माने । जसले जे भने पनि प्रष्ट छ नेपालका छिमेकी यी दुवै राष्ट्रहरु एसियामा मात्रै होइन पुरै ग्लोबमा प्रबिधि र बिकाशका दृष्टिकोणले शसक्त र जबरजस्त पहिचान भएका महाराष्ट्रहरु  हुन् । त्यसैले जसरी हाम्रो लागि यो सम्बन्ध बिशेष छ त्यसै गरि शान्ति, सुरक्षा र सम्मुन्नत कुटटनीतिकको लागि दुवै देशलाई हामी संगको सम्बन्ध उतिकै महत्वपूर्ण छ ।

नेपालका प्रधानमन्त्री के पी ओलीको ४० दिनको अन्तरमा गरेका छिमेकीको भ्रमण यति बेला फेरि चर्चाको बिषय छ । संबिधान घोषणा पछाडि भारतले गरेको अघोषित नाकाबन्दी, नेपालले भूपरिबेष्ठित हुनको कारणले चुकाउन परेको ठूलो मुल्य र लगतै भएको प्रधानमन्त्रीको भ्रमणले गर्दा हाम्रा राजनीतिक दल, मिडिया र नागरिक समाज छिमेकी तौलने र कहिले यता कहिले उता फर्कदै ञदेखिस तु भन्ने पारामा गएको देखियो । जुन हाम्रोलागि दुखद बिडम्बना हो, पहिलो बिडम्बना हाम्रो राजनीतक संस्कार हो जुन सुध्रिनु एकदम जरुरी छ किनकी जब हाम्रा विदेश नीतिहरु नेपाली मनले एकरुपताका साथ आफै प्रतीरक्ष्यात्मक हुदैन तबसम्म हामीमा प्राहर भइ रहन्छन, आफ्नो अनुकुल थपडी बजाउन भन्ने दुवैको चाहना भइरहनेछ ।

भौगोलिक रुपमा र संस्कृतिक हिसाबले नेपालको सम्बन्ध भारतसँग सधै बिशेष रह्यो । यो सम्बन्ध फेरि पनि हजारौ बर्ष देखि स्थापित हुदै यहाँ सम्म आएको हो त्यसैले यो त्यति सहज धरमराउन सक्दैन । त्यसो भनेर हाम्रा सम्भाव्यतालाई नजर अन्दाज गरेर हामी यहि सम्बन्धका कारण सधै ‘यस म्यान’ हुन सक्दैनौ । हामीसँग भएका अथाह प्राकृतिक श्रोत यो वा त्यो विषम सन्धि र सम्झौताले संधै बाँधिनु पर्ने अनि सस्तोमा धान बेचेर महंगोमा चामल कुन्नु पर्ने बिडम्बना हामीले गत महिनाहरुमा भएका नाकाबन्दी ताका भोग्यौं । अर्को तर्फ त्यसो भन्दैमा नेपालीले आफ्नो राष्टझवाद वा देशभक्तिको आधार भारतको विरोधलाई बनाउनु पर्छ भन्ने सोच नितान्त गलत हो ।

भारत भ्रमण पश्चात संयुक्त बक्तब्य समेत आउन नसकेको स्थितिमा हाल प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग विभिन्न १० बुंदामा सम्झौता तथा समझदारी भएको बताइएको छ । चीनले अबका केही वर्षभित्र आफ्नो अत्याधुनिक रेल्वे सेवालाई हाम्रो उत्तरी सीमासम्म ल्याइपुर्याऊँदैछ । पछिल्लो पटकको नाकाबन्दीपछि नेपालले रेल र तेलका निम्ति चीनसँग पनि जोडिनु उचित हुने देखियो । चीनिया रेलसँग काठमाडौ, पोखरा र लुम्बिनी जोडिने खाका सहमतिहरुले कोरेका छन् । तिनलाई कार्यान्वयन गर्ने हो भने नेपाल पक्कै पनि आधुनिक यातायातले संसारसँग जोडिनेछ ।

तर सहमति बुंदामा मात्र होइन केकस्ता पूर्वाधार नेपालले तयार गर्नु पर्ने हो त्यसबारे हेक्का नराख्ने हो भने त्यस्ता सम्झौता कागजमै सीमित हुनेछन् । चीन सरकारसँग सहमति गर्नेबित्तिकै हामी यसको प्रतिफल लिन सक्छौं भन्ने होइन । चीनसँग काठमाडौको चक्रपथ विस्तारका निम्ति भएका यसअघिका सम्झौता समेत कार्यान्वयन हुन नसकेको स्थितिमा अहिलेका महत्वाकांक्षी आयोजना सोत पुरा हुनेमा आशंका हुनु स्वाभाविक हो । त्यसैले सर्वप्रथम छिमेकी मुलुकसँग गरिएका अघिल्ला सम्झौताहरुको कार्यान्वयन अवस्था कस्तो छ भनी समीक्षा गरेरमात्रै अघि बढ्नु जरुरी छ ।

हाम्रो विकल्प भारत वा चीन एउटा देशसँग टाँसीनु हुदै होइन, हामीले त दुवै  देशसँग राजनीतिक र आर्थिक सहकार्यका भिन्नाभिन्नै मापदण्ड तयार पार्न सक्नु पर्दछ । चीनसँग आर्थिक सहकार्यका जुन चरणहरु सिर्जना हुदैछन्, हाम्रो उन्नतिको लागि सुखद संकेत पनि हुन् । हाम्रा निम्ति दुवै मुलुक उत्तिकै महत्वपूर्ण छन् र हामी दुवै सँग मित्रताको हात बराबरी बढाउछौ भन्ने भावनाको सञ्चार गर्न सक्नुपर्दछ  । आशा गरौ छिमेकी सहयात्री हुन् भन्ने बिश्वास हाम्रो छिमेकीले पनि लिइदियोस्, संगै यात्रा गर्दा गन्तब्यमा पुगिन्छ र बाटाका समस्या सहज हुन्छन भन्ने बुझोस् । छिमेकी आसल छन् भनेर दैलो खुल्लै छोडेर हिड्दा हामीलाई पनि संकोच नहोस् । अन्त्यमा, आफ्नो संबिधान आफै लेखेर, भूकम्पको पीडाबाट जेन तेन तंग्रिएर पुनर्निर्माणमा जुटन सबैको सदासयता चाहिने नेपाललाई कसैले गिद्दे दृष्टि नलगाउन, नब बर्ष २०७३ हामी सबैका लागि शुभ बनोस्, शुभकामना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

चुनाबी संग्राममा देश

/शुक्र, मंसिर २९, २०७४