पत्रकारिता भन्ना साथ सूचना प्रबाहका लागि प्रतिबद्द एउटा आकृति आँखा अगाडि आउनु पर्ने हो त्यो अलिकति मधुर हुन लागेको सबैले महसुस गरिरहदाँ प्रबासको पत्रकारिता झन् यस मानेमा चुकेको हो कि जस्तो देखिन्छ । त्यसो त आहिलेको सोसियल मिडिया वा सामाजिक संजालले धेरै मानेमा पत्रकारितालाई ओझेल पारेको देख्न सकिन्छ । यसरी सामाजिक संजालमा आउने धेरै भन्दा धेरै कुराहरू को विश्वासनीयता र आधिकारिकता निक्कै कम हुने तर्फ सबै जना सचेत हुदाँ हुदै पनि बेला मौकामा यसैको शिकार धेरै भन्दा धेरै व्यक्तिहरू समुदाय समेत परेको देख्न सकिन्छ ।

आधिकारीक सूचना पाउनु नागरिकको हक हो भने आधिकारिक र वास्तविक सूचना दिनु पत्रकार र संचारकर्मीको धर्म पनि हो । तर यो सन्दर्भ या तथ्यमा संधै टेकेर समाचार या सूचना सम्प्रेषण गर्दा त्यो प्रयोगात्मक रुपमा धेरैका लागि लाभदायक हुन्छ भन्न पनि सकिंदैन । एक फरक प्रसंगमा बन्द हड्तालले आजित भएका एक व्यक्ति भन्दै थिए यदि सामाजिक संजाल र मिडियाहरू यति धेरै हुदैनथे भने यो नेपाल बन्द भन्ने कुनै पनि हालतमा सफल हुदैनथ्यो । यसको सिधा अर्थ भनेको अहिलेको मिडियाले दोहोराउँदा दोहोराउँदै हुदै नहुने कुरा पनि हो कि जस्तो लाग्छ, भने जनमानसमा एक किसिमको त्रास र संशय उत्पन्न गराईदिन्छ । त्यसो भनेर संचार र सूचनाको जगमा टेकेको आहिलेको सभ्यतालाई नजर अन्दाज गरेर संचारकर्मीको भूमिकालाई अबमूल्यन गर्न खोजेको किमार्थ होइन ।

फेरी पनि प्रबासको पत्रकारिताको प्रकृति र स्वरूपले, लक्षित समुहका कारण खोजेको र आउने नतिजा अन्य कुराहरू भन्दा निक्कै फरक देखिंदैछ । किनकि प्रबासमा रहेका नेपालीको समुह आँफैमा देशको प्रतिनिधित्व गर्ने एउटा सानो समुह हो । त्यो समुह आँफैमा जति सकारात्मक सोचले अनुबन्धित हुन सक्यो उतिनै त्यहाँको समुदाय एक आपसमा जोडिन सक्छन् । अर्को तर्फ प्रबासको पत्रकारिता जति सक्यो धेरै सकारात्मक सन्देश सहितको हुन सक्नु पर्दछ । त्यसो भनेर समाचारलाई नै तोड मोड गर्ने भन्ने पनि होइन तर बिषय बस्तुलाई सनसानीपूर्ण बनाउन कै लागि मात्र या क्षणिक पाठक संख्या बढाउँनका लागि भन्दा बस्तुपरक बन्दै घटेको घटनालाई सम्भाव्य परिणाम र त्यसले पार्न सक्ने असर सहित त्यो घटना क्रमसँग जोडिएका सुधारका प्रायसलाई लिपिबद्द गर्न सके त्यसले सूचना दिंदैं गर्दा समाधान र अन्यौलता पनि कम हुँदों हो भन्ने हो ।

अधिकांश बिद्यार्थी रहको अष्ट्रेलियामा गत केहि हप्तादेखि २ समाचारले निक्कै चर्चा बटुल्यो । अष्ट्रेलियाका दुई कलेजहरू बन्द हुने सूचना जसलाई एउटै झुत्तोमा राखेर धेरै ठाउँमा धेरैले दलेको देखियो, जुन बिल्कुल फरक प्रकृतिका थिए । अर्को तर्फ यहि अन्यौलताका बीच जस मात्र लिने होइन फाइदा नै लिने किसिमले उद्दत पनि धेरै देखियो जुन आँफैमा अर्को दूर्भाग्य नै भन्नु पर्दछ । एक घटनामा कलेज बन्द हुँदै गर्दा त्यसले असर पार्न सक्ने नेपाली समुदायका विद्यार्थीहरूले कसरी निकास पाउन सक्छन सूचना त्यसमा केन्द्रित हुनु पर्नेमा उल्टो एक खालको त्रसादी मात्र दिएको देखियो । अर्को तर्फ कानुनी राज्यमा खोज या अनुसन्धानको क्रममा या समय सीमा तोकेर के भएको हो नत्र कारबाहीको स्वरूप यस्तो हुन्छ भनेर गरिएको निर्णयहरूलाई आरोप प्रमाणित झैँ जसरि मिडियामा कलेज नै बन्द भनेर समाचारहरू आए त्यसले खासै भन्ने हो भने न लक्षित समुह न स्वयं पाठकलाई नै सहि सूचना या समाधान दिन सक्यो । अर्को तर्फ नेपाली समुदायका सदस्यबाटै संचालित र सजिलै जानकारी पाउन सकिने संस्था र आरोपित पक्षको कुरा समेत नसमेटिएको देखिन्छ ।

फेरी पनि सूचनाको हक दिने आदर्शमा मात्र अडेर यसको प्रयोगात्मक पक्ष र त्यसले सम्भावित समुदायमा पर्न सक्ने असर तर्फ समुदाय कै प्रतिनिधित्व गर्ने पत्रकारहरू, मिडियाहरू र सामजिक संजालकर्ताहरूले दायरा फराकिलो बनाइदिने हो भने त्यसको लाभ हामी सबैलाई हुनेछ । समुदायका कुराहरू नकारात्मक नै भए पनि लुकाउनै पर्छ भनेको हुँदै होइन तर ति कुराहरू व्यक्त गर्दै गर्दा त्यसको निराकरण र ब्यबहारिक असरको बारेमा चनाखो हुन मात्र सकौं । फेरी पनि प्रबासको पत्रकारिता सनसनी पूर्ण भन्दा पनि ब्यबहारिक बनाउन तर्फ लागौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

चुनाबी संग्राममा देश

/शुक्र, मंसिर २९, २०७४