गजल गायनमा एउटा छुट्टै मौलिक पहिचान सहित स्थापित गायक राज सिग्देल आउदो २३ डिसेम्बर सिड्नीमा हुने ‘राज सिग्देल गजल साँझ’ का लागि सिड्नी आइपुगेका छन् ।  नेपालमा गरिब,जेहन्दार र टुहुरा बिधार्थीहरु लाई तिनका शिक्षामा सहयोगी बन्दै आएको We Educate (WE ) टिमको आयोजना हुन लागेको उक्त कार्यक्रममा जोडिन पाउदा आफुलाई निक्कै खुशी लागेको गायक राज सिग्देलले बताए । परोपकारी सहित नेपाली गीत संगीतलाई माया गर्दै कार्यक्रममा सहभागी भइ दिनु हुन पनि गयक सिग्देलले सिड्नीबासि सबै नेपाली दाजु-भाई दिदि बैनीहरु लाई अनुरोध गरेका छन्।
आफ्नो एकल प्रस्तुति बाहेक राज सिग्देलले सिड्नीका दुइ लोक प्रिय गायक/गायिका ईश्वर पोख्रेल र सुजाता उपाध्याय संग बिशेष प्रस्तुति हरु दिने छन् ।  एउटा भिन्न सांगेतिक स्वाद सहितको यस कार्यक्रमको सम्पूर्ण तयारी पुरा भाइ सकेको र यो बिशुद्द परोपकारिता संग जोडिएको कार्यक्रममा धेरै भन्दा धेरैको सहभागिताको लागि आयोजक संस्था वि टिमले सबैलाई अनुरोध गरेको छ । कार्यक्रम हर्स्ट्भिल स्थित सिभिक थिएटरमा आउदो २३ डिसेम्बर शनिबार साँझ  ५ बजेबाट हुदैछ ।  टिकट एबं कार्यक्रम सम्बन्धि थप जानकारीका लागि प्रकाश- 0450 589 550 प्रेम – 0411 797 356 वा किशोर- 0466 059 004 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।
सिड्नी पछि राज सिग्देल आफ्नो प्रस्तुतिहरु लिएर २४ डिसेम्बर क्यानबेरा, ३० डिसेम्बर मेलबर्न र ६ जनवरीमा ब्रिसबेन जादै छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार