पवनको सिमा पारी सार्वजनिक

अभिनेत्री ऋचा शर्माको अभिनय
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस ९, २०७४

काठमाडौं– गायक पवन थिङको स्वरमा तयार भएको ‘सिमा पारी…’ गीतको म्युजिक भिडियोले दर्शक तथा स्रोताको मन जितिरहेको छ । उक्त गीत गायक थिङको केही अघि सार्वजनिक भएको एकल गीति एल्बम ‘फ्लाई’ मा समावेश छ । गायक थिङले आफ्नै आधिकारिक यूट्युब च्यानल ‘पवन थिङ’ मार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन् । गायक थिङकै शब्दको उक्त गीतमा सुसन लामाको संगीत निर्देशन छ । दिपेश प्रधान उक्त गीतका संगीत संयोजक हुन् ।
पासाङ योञ्जनको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा अभिनेत्री ऋचा शर्माले अभिनय गरेकी छिन् । गायक थिङले अभिनेत्री शर्मालाई अभिनयमा साथ दिएका छन् । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् ।

यस्तो छ सिमा पारीको म्युजिक भिडियो