राज के गोस्वामीको ‘रंग बिनाको होली’ सार्बजनिक 

भिडियो सहित 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४
अष्ट्रेलियाका प्राय सबै सांगेतिक कार्यक्रमहरुमा देखिने र यहाँका श्रोताको मन जितेका युवा गायक  राज के गोस्वामीले रंगहरुको पर्ब होलीको अवसर पारेर  ‘रंग बिनाको होली’ गीत सार्बजनिक गरेका छन् । युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको उक्त गीतको अष्ट्रेलियालाई नै कर्म भूमिको रुपमा रोजेका अर्का प्रतिभा शाली संगीतकर्मी  किरण भण्डारीको शब्द संगीत रहेको छ भने गीतको एरेन्ज पनि किरणले नै गरेका हुन्।
आफ्नो र टिमको निक्कै नै मिहनेत पछाडी यो रुपमा गीत सार्बजनिक भएको र यसलाई सबैले मन पराइदिनु हुने बिश्वास आफुले लिएको पनि गयक राज कुमारले बताए । म्युजिक भिडियोको रुममा सार्बजनिक यस गीतमा  प्रेमीका विनाको आफ्नो सादा जीवनलाई रंग विनाको होलीसँग तुलना गरेर देखाउन खोजिएको छ ।  नेपाल टच अष्ट्रेलियाको प्रस्तुतिको  यस  म्युजिक भिडियोमा अनिल थापा र सुरक्षा पन्तको जिवन्त अभिनय देख्न पाईन्छ भने यसको यसको निर्देशन शान थापा र नृत्य निर्देशन राजिप समरले गरेका हुन् ।