रोशन गुरुङको गीतमा साराको अभिनय

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४

कठमाडौं– पोखराका गायक रोशन गुरुङको स्वरमा रेकर्ड भएको ‘यो आँखाको….’ शीर्षकको गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यालनबाट सार्वजनिक भएको छ । उक्त गीतमा संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीत निर्देशन छ । राजनराज शिवाकोटीलाई हरिहर आचार्यले पनि गीत रचनामा सहयोग गरेका छन् । साहास शाक्यले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा गायक रोशन गुरुङ आफैंले अभिनय गरेका छन् । पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा सुन्दर अभिनेत्री सारा शिर्पालीले गायक गुरुङलाई अभिनयमा साथ दिएकी छिन् । निशान घिमिरेद्वारा सम्पादन गरिएको भिडियोलाई सरोज अधिकारीले छायांकन गरेका हुन् । दर्शन रानाभाटले निर्माण संयोजन गरेको भिडियोमा साजन कोइरालाले ड्रोन सञ्चालन गरेका छन् ।

यस्तो छ यो आँखाको…गीतको म्युजिक भिडियो