पद्मावतको टक्कर

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

बलिउड निर्देशक रामगोपाल वर्मालाई चर्चामा कसरी आउनु पर्छ भन्ने कुराको राम्रो ज्ञान छ । थुप्रै फ्लप फिल्म दिएर समेत चर्चामा आउने यी निर्देशकले निर्देशन गरेको फिल्म हिट नभएको वर्षौं भयो । यति हुँदा–हुँदै पनि यी निर्देशक प्राय: चर्चामा आइरहन्छन् । यतिबेला रामू ‘गड, सेक्स एण्ड ट्रूथ’ शीर्षकको फिल्ममार्फत चर्चामा छन् । यो फिल्ममा उनले पोर्न स्टार मिया माल्कोवालाई लिएका छन् । फिल्मको ट्ेरलर तथा पोस्टर पनि निकै बोल्ड छ । यो फिल्मलाई रामगोपालले २६ जनवरी बिहान ९ बजे रिलिज गर्दैछन् । रमाइलो कुरा के छ भने उक्त मितिमा दिपिका पादुकोणको फिल्म पद्मावतसंगै प्रदर्शन हुने छ ।