काठमाडौं– गायिका सिर्जना कार्कीको नयाँ पप गीत ‘माया…’ को लिरिकल भिडियो सार्वजनिक भएको छ । प्राय: सबै गीतमा कर्णप्रिय सुनिने गायिका कार्की यो रोमान्टिक गीतमार्फत दर्शक तथा स्रोताको मन जितिरहेकी छिन् ।
आफ्नै संगीतको यो गीतका शब्दहरु गायिका कार्कीले भाइ अर्पण कार्कीसंग सहकार्य गर्दै रचना गरेकी हुन् । गायिका कार्की पछिल्लो समय आफ्ना गीतमा आफैंले संगीत भर्दै आइरहेकी छिन् ।
यो गीतमा उनले प्रेमीको मायामा आफू हराएको कुरा गरेकी छन् । हर्कुलस बस्नेतको संगीत संयोजन रहेको यो गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । रामकुमार केसीले भिडियोलाई छायांकन गरेका छन् ।

यस्तो छ मायाको भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार