ईश्वरले नै “कति बज्यो भनेर सोधम कि.……… ”  भने पछि

( भिडियो सहित ) 
-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख १९, २०७५
 
सिड्नीलाई कर्मभूमि बनाएर संगीत साधनामा लागिरहेका ईश्वर पोख्रेलले अर्को कर्ण प्रिय गित लिएर आफुलाई माया गर्ने दर्शक श्रोता माझ आएका छन् ।  “कति बज्यो भनेर सोधम कि, घर कहाँ पर्यो भनेर सोधम की” बोलको यो गीत म्युजिक भिडियोको रुपमा हालैआफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको हो। उक्त गीतमा  ईश्वर पोख्रेलको एकल स्वरमा रहेको छ भने गीतका शब्द र संगीत एकनारायण भण्डारीको हो। 
निकेश खड्काले निर्देशनमा रहेको यस गीतको म्युजिक भिडियोमा आकाश श्रेष्ठ र वर्षा शिवाकोटीले शसक्त अभिनय गरेका छन् ।  म्युजिक भिडियोमा बुद्ध थापाको छायाँकन र रिकेश खड्काको सम्पादन रहेको जनाइएको छ। 
भर्सटाइल गयाकको परिचय बनाउन सफल गायक  ईश्वर पोख्रेलको ‘काली मोरीले’ बोलको गीत पनि निकै लोकप्रिय बनेको थियो।  
गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला-