रवि लामिछानेकाे साहसलार्इ गीत मार्फत प्रस्तुत गर्दै गायक बसन्त लम्साल( भिडियो सहित )

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, असार १६, २०७५

जनतासँग सिधा कुराका प्रस्तोता तथा प्रखर पत्रकार रबि लामिछानेकाे शाहसलाई सम्मान गर्दै लाेक गायक बसन्त लम्सालले गीत मार्फत चिनाउने काम गरेका छन् । लामिछानेकाे कामलार्इ प्रस्तुत गर्दै “रबि लामिछाने” गीत बजारमा आएको छ । बुलबुल मिडियाद्वारा सन्चारकर्मी कृष्ण बाबु पान्डेले यो गीत बजारमा ल्याएका हुन । पछिल्लो समय रबि लामिछानेलाई विभिन्न षड्यन्त्र गरि काम गर्न अबरोध पुर्याईरहेको अबस्थामा यो गितले लोकप्रियता पाएको छ ।

नेपालमा भ्रष्टाचार अनियमित र अन्यायमा परेका जनतालाई रबिको पत्रकारिताले ठूलो काम गरेको भन्दै गितको माध्यमबाट रबिलाई करोडौं जनताको साथ रहेको समेत बताएका छ्न ! छोटो समयमै नेपालिको मनमुटुमा बस्न सफल रबि लामिछानेलाई लिएर यो गित पहिलोपटक सार्बजनिक भएसँगै यसले चर्चा बटुलेको छ ।