इन्टु मिन्टु लण्डनमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, भदौ २, २०७५

लण्डनमा छायांकन गरिएको नेपाली फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनका लागि तयार भएको छ । कोरियोग्राफर रेनाशा वान्तवा राईद्वारा निर्देशित उक्त फिल्मको पहिलो गीत ‘उडायो हावाले..’ भरखरै सार्वजनिक भएको छ । उक्त गीतमा हर्कुलस बस्नेत तथा निखिता थापाको स्वर छ । फिल्ममा नयाँ अभिनेता धीरज मगर तथा साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छन् । यो फिल्म सेप्टेम्बर २१ का दिनदेखि प्रदर्शन हुनेछ । फिल्ममा साम्रँज्ञी र धीरजसंगै शारुक ताम्राकार, दिलभूषण पाठक, विजय लामा, रुबी राणा आदि कलाकारले अभिनय गरेका छन् ।