तीन चलचित्रको टक्कर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५

जुलाइको अन्तिम शुक्रवार अर्थात जुलाई २७ मा ठूलो बजेटका तीन वटा नेपाली फिल्मबीच टक्कर भएको छ । चिँ मुसी चिँ, रोमियो एण्ड मुना तथा सुकुलगुण्डा एकै दिन प्रदर्शन भएपछि  दर्शकहरु बाँडिएका हुन् । चिँ मुसी चिँ मा सुशान्त कार्की, सुनिल क्षेत्री तथा अलिशा शर्मा मुख्य भूमिकामा छन् भने रोमियो एण्ड मुनामा विनय श्रेष्ठ तथा सृष्ट श्रेष्ठको जोडीले अभिनय गरेको छ । मधुसुदन भट्टराईद्वारा निर्देशित सुकुलगुण्डामा भने जीवन भट्टराई, खुश्बु खड्का तथा श्रीदेव भट्टराई मुख्य भूमिकामा छन् ।