ब्रेकअपमा पुरानै गीत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर १४, २०७५

साढे दुई दशकअघि प्रदर्शन भएको फिल्म ज्वालाको ‘आज हाम्रो भेट भा’को दिन’ को रिमेक भर्सनलाई फिल्म द ब्रेकअपमा समावेश गरिएको छ । तिहारको पूर्व सन्ध्या पारेर उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ जसमा सरोज खनालदेखि आशिरमान देशराज जोशीसम्मले कम्मर मर्काएका छन् । विराज गौतम र मेलिना राईको स्वरमा रेकर्ड भएको उक्तमा बुद्धबिर लामाको शब्द तथा शिलाबहादुर मोक्तानको संगीत निर्देशन छ । हेमराज बिसीद्वारा निर्देशित यो फिल्ममा खनाल र जोशीसहित शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की आदि कलाकारले अभिनय गरेका छन् ।