जय श्री दाम

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, माघ १२, २०७५

जनवरी ४ का दिन प्रदर्शनमा आउने फिल्म जय श्री दाम टिमले फिल्मको अघिल्लो १५ मिनेटको दृश्य सार्वजनिक गरेको छ । निर्देशक विप्लव उप्रेतीले दर्शकलाई लोभ्याउन र नझुक्याउन १५ मिनेटको प्रिभ्यु भिडियो सार्वजनिक गरेको बताएका छन् । १५ मिनेटको उक्त प्रिभ्यु भिडियोमा अभिनेता अमृत ढुङ्गाना तथा अभिनेत्री जेबिका कार्कीको प्रेममा परिवार बाधक हुँदा उत्पन्न हुने समस्या देखाइएको छ ।