आप्पाको हावा सरर

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

दयाहाङ राई अभिनित फिल्म आप्पाको पहिलो गीत हावा सरर सार्वजनिक भएको छ । उक्त गीतमा अभिनेता राई प्रसन्न मुद्रामा कुहिरोबीच गाडी हुइ“क्याइरहेका देखिन्छन् । थुप्देन भुटिया तथा स्नेहाश्री थापाको स्वरको उक्त गीतमा अनमोल गुरुङको संगीत छ । योजना प्रधानले कोरियोग्राफी गरेको यो गीतको भिडियो पूर्वी नेपालको सन्दकपुरमा खिचिएको हो ।