भ्रष्टाचार रोक्न सयकडा दस

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ १५, २०७५

रामशरण पाठकद्वारा निर्देशित फिल्म सयकडा दस दोस्रो पटक देश दौडाहामा हिँडेको छ । वुटवल, पोखरा, नारायणगढ, धनगढि, नेपालगन्ज आदि सहरमा फिल्मको प्रचार सकेर टिम अहिले पुर्वी जिल्लाहरूमा व्यस्त छ । एक साताअघि यो फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो । मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने आदि कलाकारद्वारा अभिनित फिल्म सयकडा दस फेब्रुअरी १ का दिन प्रदर्शनमा आउँदैछ ।