होलि मेला -३ भोलि शनिबार सिड्नीको लिड्कम्बमा 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र ८, २०७५
रंगहरुको पर्ब होलि भोलि २३ मार्चका दिन सिड्निको लिड्कम्बमा हुदैछ ।  कलाकारहरु को उपस्थितिमा कार्यक्रमको तयारी बारे जानकारी दिने उदेश्यले कार्यक्रमको पुर्ब सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेप्लिज स्कावद इन्टरटेन्मेण्ट होलि मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पुर्ब संचारकर्मी दिपेश श्रेष्ठले संचालन गरेको उक्त पत्रकार भेटघाटमा आयोजक संस्थाको तर्फबाट गगन बिडारीले कलाकारहरु लाई स्वागत गर्दै सम्पूर्ण स्पोन्सर र मिडियाहरु लाई धन्यवाद दिएका थिए ।  उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको र लामो प्रतिक्षा पछाडीको यो कार्यक्रममा सबै नेपाली दाजु भाई दिदि बैनी हरुलाई स्वगात गर्न आफुहरु आतुर रहेको बताए।
कार्यक्रममा नेपालबाट आएकी गायिका आस्था राऊतले आफु भोलि कार्यक्रमको लागि उत्साहित भएको र सबै सिड्नीबासी नेपालीहरु लाई कार्यक्रम स्थलमा आइ होलिको मज्जा लिदै आफु लागयत सबै आदरणीय कलाकारहरु को प्रस्तुतिमा रम्न अनुरोध गरिन ।  त्यस्तै कार्यक्रममा सहभागी हुन आएकी नायिका केकी अधिकारीले पनि भोलिको कर्यक्रम बिशेष हुने भन्दै सबै लाई निम्ता गरिन ।  कार्यक्रममा नेपालका Bryan Adams का रुपमा परिचित सबिन राई  र The Pharoah ब्याण्डको पनि बिशेष प्रस्तुति हुनेछ ।  पत्रकार भेटघाटमा गयाक सबिन राईले बिल्कुलै नयाँ एबम पुराना प्रस्तुतिहरु सहित आफुहरु उत्साहका साथ अष्ट्रेलिया आएको बताउदै आफ्नो ब्याण्डको तर्फबाट सबैलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरे । कार्यक्रमको मुख्य प्रायोजक रहेको इनरिच एजुकेसनका तर्फबाट मनोज अधिकारीले कार्यक्रमको एक हिस्सा हुन पाएकोमा प्रसन्नता ब्यक्त गर्दै नेपालकै प्रसिद्द हस्तीहरु सहित बिस भन्दा धेरै स्थानीय प्रतिभाहरु को प्रस्तुति रहने होलि मेला -३ सबैको लागि स्मरणीय हुने बताए।
निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा गित, संगीत, नृत्य, नेपाली खानाका परिकार सहित बिबिध जनाकारी मुलक स्टलहरु पनि रहनेछन्।  कार्यक्रम स्थल भित्रै रंगहरु सेतो टिशर्टको ब्यबस्था रहेको आयोजकले जानेको छ ।  कार्यक्रम लिड्कम्बको वयेत पार्क ( Wyatt park Lidcombe ) मा बिहान ११ बजे देखि राति १० बजे सम्म चल्नेछ।