सिड्नी फेशनिस्टा २०१९ को सम्पूर्ण तयारी पुरा 

सबै कलाकारहरु अष्ट्रेलिया आइपुगे 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १४, २०७५
विदेशी र नेपाली मोडलहरु, अनि नेपालका राष्ट्रिय कलाकारहरु लाई एउटै र्याम्पमा हिडाउदै नेपाली कलकारका प्रतिभालाई प्रबासमा उजगार गर्ने उदेश्य सहित हुदै गरेको बहुप्रतिक्षित सिड्नी फेशनिस्टा २०१९ को सम्पूर्ण तयारी पुरा भइ सकेको आयोजक संस्था एसएपी ईन्टरटेन्मेन्टको निर्देशक सन्तोष अधिकारीले बताए।  अधिकारीका अनुसार आउदो ३० मार्च शनिबार साँझ हुने लागेको यो कार्यक्रमका लागि चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच सनुप पौडेल तथा चर्चित गायिका आश्रा कुँवर मोडेल तथा नृत्याङगना एन्जल श्रेष्ठ, कर्पोरेट क्विनकी विजेता शितल थापा, ड्रेस डिजाइनर सुपी रसाइली लगायत सबै सिड्नी आइपुगीसकेका र सबैलाई भेट्न आतुर रहेका छन्।
यस अगाडी पनि  अष्ट्रेलियामा दुइ पटक सम्म निक्कै स्तरिय कार्यक्रम, त्यसै गरि पोखरामा कर्पोरेट कनेक्शन, कर्पोरेट क्विनजस्ता सफल कार्यक्रमको आयोजना गरि हजारौ-हजार दर्शकहरु को मन जित्न सफल एसएपी ईन्टरटेन्मेन्टले यस पटकको कार्यक्रम अझ बृहत्तर रुपमा आयोजना गर्न लागेको पनि आयोजकले जनाएको छ। सिड्नी फेशनिस्टा २०१९ मा  मोडेल तथा कोरियोग्राफर अर्चना शर्माको कोरियोग्राफी रहेको र फेशन शोमा विदेशी तथा नेपाली मोडलहरुले नेपालका विभिन्न पहिरनमा क्याटवाक गर्ने छन, यसको लागि मोडेलहरु निक्कै लामो समयदेखि अभ्यासरत रहेको र अब सबै ३० मार्च कै प्रतिक्षामा रहेको पनि मोडेल तथा कोरियोग्राफर अर्चना शर्माले जनाईन।
शनिबार मार्च ३० साँझ पाँच बजे बाट सिड्नी हर्ष्टभिलको मराना अडिटेरियममा हुने उक्त कार्यक्रमको अझै केहि टिकटहरु बाँकि रहेकाले अन लाईन टिकटका लागि  ticketplus.com वा  asapticket.com.au लग इन गरि टिकट किन्न सकिनेछ।