बसन्त र मञ्जुकोख्याल ख्यालमै माया बसेछ………..

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, साउन ८, २०७६

हिन्दुहरुकाे महान चार्ड हरितालिका तीजकाे आगमन संगै गाइने तीज गीतहरु आउने क्रम बढेकाे छ । यसै शिलशिलामा  गायक बसन्त लम्साल र गायिका मञ्जु भट्टाराईको संयुक्त आवाजमा ‘गोरखपुरे रेल’ नामक तीज गीतको भिडियो सार्वजनिक भएको छ । बिक्कु कुँवरको शब्द तथा गायक बसन्तकै संगीत रहेको उक्त गीतमा बिश्वास नेपालले संगीत संयोजन गरेका छन् ।

गायक तथा मोडल रामजी खाँण, बिश्वास नेपाल र सलिना नेपालीको अभिनय रहेकाे साे भिडियाे एड फिल्मसको युट्युब च्यानलमार्फत  सार्वजनिक गरिएको छ । काजिश श्रेष्ठले  निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन तथा दिपक बिष्टको सम्पादन रहेकाे छ । मौलिक शब्द समावेश गरेर गीतको भिडियो बजारमा ल्याएको निर्माण पक्षले जनाएका छन् ।