फ्लोरमा प्रेमगीत–३

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १०, २०७६

नयाँ नेपाली फिल्म ‘प्रेम गीत–३’ को छायांकन सुरु गरिएको छ । काठमाडौंको दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर यो फिल्मको छायांकन थालिएको हो । फिल्म आगामी चैत २८ मा प्रदर्शन हुनेछ । काठमाडौंमा निर्मित सेटबाट छायांकन सुरु गरिएको फिल्म मनाङका रमणीय स्थलमा समेत खिचिनेछ । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, कृष्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, माओत्से गुरुङ, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहने यो फिल्म पुर्ण प्रेम कथामा आधारित रहनेछ । फिल्मलाई निर्माता तथा कलाकार सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् । निर्देशक गुरुङ र मन्दिप गौतमले फिल्मको कथा लेखेका हुन् । यो फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहनेछ । फिल्ममा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सेन र ओएसआर डिजिटल सह–निर्मातामा छन् ।