नेपाल–अफ्रिका चलचित्र महोत्सव

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६

काठमाडौंमा सम्पन्न आठौं संस्करणको नेपाल अफ्रिका चलचित्र महोत्सव तीन उत्कृष्ट फिल्मलाई पुस्कृत भएको छ । यो महोत्सवमा लघू चलचित्र विधाबाट सुनिल पाण्डे निर्देशित लघु चलचित्र ‘अनन्त यात्रा’, आशिष भण्डारी निर्देशित लघू चलचित्र ‘पेन्सिल’ पुरस्कृत भए । यस्तै लघू बृत्तचित्रबाट भीमलाल श्रेष्ठ निर्देशित मकै विवाह पुरस्कृत भयो । यी तीन फिल्मलाई महोत्सबमा सहभागी मध्य उत्कृष्ट घोषणा सहित पुरस्कृत गरिएको हो ।  महोत्सवमा सहभागी फिल्मबाट यी तीन फिल्मलाई उत्कृष्ट चयन गर्दै निर्णयक समितिले पुरस्कृत गरेको हो । पुरस्कृत फिल्मका निर्देशकहरुलाई ‘आदिप प्रतिभा चलचित्र पुरस्कार–२०१९’बाट पुरस्कृत गरियो । पुरस्कार स्वरुप जनही पाच/पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो । यसपटक महोत्सवमा अफ्रिकाको नाईजेरिया, केन्या, घाना, साउथ अफ्रिका, जिम्बाबे, सेनेगल, मालवी, इजिप्टी/नर्वे/जर्मनी, बेलायत र नेपाल सहित १२ देशका २५ ओटा फिल्म थिए ।