आउँदैछ लभ यू हमेशा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६

प्रेम कथामा आधारित नयाँ फिल्म ‘लभ यू हमेशा’ नोभेम्बर २९ का दिन प्रदर्शन हुने भएको छ । गत नोभेम्बर १ देखि भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका सिनेमा हलमा प्रदर्शन भएको उक्त फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । यवन गुरुङको निर्माणमा बनेको यो फिल्ममा निर्देशक प्रधानकै लेखन रहेको फिल्ममा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ,सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।