हेरिटेज अफ फेसन नेपाल २०२० आयोजना हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, फाल्गुन १९, २०७६
नेपाली पोशाक र नेपाली कला संस्कृतिलाई प्रबासमा प्रबर्द्दन गर्ने र नेपालका कलाकारहरु लाई नेपाली भेषभुषा सहित र्याम्पमा उतार्ने उदेश्य सहित हेरिटेज अफ फेसन नेपाल २०२० आयोजना अष्ट्रेलियामा हुदैछ । एएसएपी ईन्टरटेन्मेन्टको आयोजनामा हुदै गरेको उक्त कार्यक्रममा नेपाली फेशन क्षेत्रमा छुटै उचाइ बनाउन सफल फेसन डिजाइनर, गयाक गायिका र श्रष्टाहरुले बिशेष प्रस्तुती जनाउने छन् ।
एएसएपी ईन्टरटेन्मेन्टको निर्देशक सन्तोष अधिकारीका अनुसार  गत  आगाडी देखि अष्ट्रेलिया आगजानीको संकटमा परेका लगाएत बिबिध कारणले  पुर्बनिर्धारित कार्यक्रम केहि पछि सारिएको थियो। कार्यक्रमको नयाँ तालिका अनुसार  हेरिटेज अफ फेसन शो को कार्यक्रम आउदो मार्च १४ मा गर्न लागिएको छ।  सिड्नीको सोफेटल ( पाँच तारे ) होटेलमा आयोजना गर्दै गरेको यस कार्यक्रमको टिकट बाट उठेको रकम को केहि हिस्सा अष्ट्रेलियन रुलर फाइर फाइटरलाई सहयोग गरिनेछ।  उक्त शोमा नेपाली लगाएत चिन, इन्डिया, फिलिपिन्स, साउथ अमेरिका, इंग्ल्याण्ड, युरोप लागाएतका मोडेलहरु ले सहभागिता जनाउनेछन्।  बिभिन्न  नेपाली कला संस्कृतिका कार्यक्रममा सक्रिय  एएसएपी ईन्टरटेन्मेन्टले हालै अष्ट्रेलियामा नेपाली कथानक चलचित्र आमाको सफल पर्दर्शन समेत गरेको छ । कार्यक्रम सम्बन्धि थप जानकारीका लागि  एएसएपी ईन्टरटेन्मेन्टको सन्तोष अधिकारिलाई 0431 442 794 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।