माया जदौमा कलाकारको भीड

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३०, २०७६

हास्य प्रधान फिल्म ‘हिजो आजका कुरा’ को पहिलो गीत ‘माया जदौ’ को भिडियो सार्वजनिक भएको छ । साकार पन्तको डेब्यु निर्देशनमा हास्य अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । उक्त गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, कुनै पनि नेपाली गीतमा यति धेरै कलाकारहरुले एक पटक अभिनय गरेको यो पहिलो अवसर हो । अप्रिल २४ का दिनदेखि प्रदर्शन हुने यो फिल्ममा भने सन्तोष पन्त, साकार पन्त,रमा थपलीया,लक्ष्मी भुसाल,केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव पन्त, रिमा विश्वकर्मा, जयनन्द लामा, जेबिका कार्की, रमेश अधिकारी, बिनय कुइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य आदि कलाकारले अभिनय गरेका छन् । शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुावर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुाइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका कलाकारहरुले अभिनय तथा नृत्य गरेका छन् ।