एलिजाबेथको अवार्ड प्रेम

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, चैत्र २८, २०७६

अमेरिकी अभिनेत्री एलिजाबेथ मोसले आफ्नो अभिनय करियरमा तीन गोल्डेन ग्लोब्स र दुई एमी अवार्ड जितिसकेकी छिन् । ती अवार्डलाई उनी निकै सुरक्षित किसिमले राख्न चाहन्छिन् । उनले ती अवार्डहरू कुनै दराजमा राख्नुभन्दा अझ राम्रो स्थानको विकल्प सोचेको बताएकी छन् । उनले भनेकी छिन्— ‘मेरो अपार्टमेन्टमा केही यादगार वस्तु दराजमा थन्किएका छन् । ती यादगार वस्तुलाई कुनै ग्लास क्याबिनेटमा राख्नुपर्ने अवस्था आइसकेको छ, जहाँ यी वस्तु सुरक्षित हुन्छन् ।’ मोसले हालैमात्र साइन्टिफिक हरर थ्रिलर फिल्म ‘द इनविजिबल मेन’ मार्फत अभिनयमा पुनरागमन गरेकी छन् ।